NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ? बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने बिहिबार मंसिर ११ , २०८२
सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

विराटनगरमा आबद्ध भएका सन्दीप को हुन् ?

शनिबार भदौ २९ , २०८१
Reading Time: 1 min read
A A
विराटनगरमा आबद्ध भएका सन्दीप को हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ भदौ, विराटनगर ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिगआबद्ध विराटनगरको मार्की खेलाडी बनेका छन् । एसोसिएट राष्ट्रका स्टारका रूपमा पहिचान बनाएका लामिछाने विराटनगरका मार्की प्लेयर बनेका हुन् ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुँदै छ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आठ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा क्यानले ‘लक्की ड्र’ मार्फत् मार्की प्लेयरको टिम टुंगो लगाउँदा लामिछाने विराटनगरमा परेका हुन् ।

LS Auto

लामिछाने विराटनगरको मार्की प्लेयर बन्दा काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् । एनपिएल खेल्ने अरू खेलाडी अक्सनमार्फत छानिने छन् ।

अब, विराटनगरले अरू खेलाडीभने अक्सनमार्फत छान्ने छ । मार्की प्लेयर चुनिएका लामिछानेले २० लाख रुपैयाँ पाउने छन् । सम्भवतः विराटनगरले कप्तानको भूमिका लामिछानेलाई नै सुम्पिने छ ।

को हुन् त सन्दीप ?

देश तथा विदेशका विभिन्न लिगको अनुभवले निखारिएका २४ वर्षीय सन्दीप ग्लोबल आइकनका रूपमा परिचित छन् । छोटो समयमा नै ठुलो सफलता हात पारेका सन्दीपको सफलता ग्राफ आफैंमा निक्कै लोभलाग्दो थियो । उनको क्रिकेट करिअर १४ वर्षको उमेरदेखि सुरु भएको हो । सन् २०१५ को मार्च ४ मा वसन्त रेग्मीको विवाहका लागि भैरहवा जाँदैगर्दा बाटोमा पर्ने चितवन एकेडेमीमा तत्कालीन नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई भेटेका थिए । पहिलो भेटको खेलबाटै प्रभावित बनेका पुबुदुले लामिछानेलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा डाके ।

सन् २०१५ को नोभेम्बरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको मेलबर्न क्रिकेट क्लब (एमसीसी) सँगको दुई दिने क्रिकेटबाट लामिछानेले नेपाली टिमबाट ‘डेब्यू’ गरेका थिए । तथापि, नेपाली टिमबाट लामिछानेको यो आधिकारिक ‘डेब्यू’ भने थिएन । सन् २०१६ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत त्रिवि क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलबाट उनले सिनियर राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका थिए ।

त्यसयता राष्ट्रिय टिमका समेत नियमित सदस्य बनिरहेका लामिछानेले विश्व क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) को अनुभव पनि संगालेका छन् । आइपिएल खेल्ने पहिलो र हालसम्मका एकमात्र नेपाली क्रिकेटरका रूपमा रहेका सन्दीपले विश्वभरका चर्चित फ्रेन्चाइज क्रिकेट खेलेका छन् ।

अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तानको पाकिस्तान सुपर लिग, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल टी–२० खेलेका उनले २०७८ साल मंसिर २९ गते ज्ञानेन्द्र मल्ललाई विस्थापित गर्दै राष्ट्रिय टोलीको कप्तान बनेका थिए । ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले क्यानको केन्द्रीय सम्झौताप्रति असन्तुष्टि जनाउँदै ‘विद्रोह’ गरेपछि लामिछानेले मौका पाएका थिए ।

युवा अवस्थामा विश्व क्रिकेटमा सन्दीप नामलाई ‘ब्रान्ड’ बनाएका उनको चर्चा बढ्दो थियो । क्रिकेट थालेको दिनदेखि उकालो लागेको लामिछानेको क्रिकेट करिअरले २०७९ भदौ अघिसम्म कहिल्यै पछाडि फर्किनुपरेको थिएन । तर, २०७९ साल भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीमा जाहेरी प¥यो । आफ्नी समर्थक युवतीलाई आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उनी निलम्बित भएलगत्तै क्यानले रोहितकुमार पौडेललाई कप्तानको भूमिका सुम्पिएको थियो ।

बलात्कार आरोप लागेका उनलाई मुद्दाको किनारा नलागेसम्म कारागारमा राख्न काठमाडौं जिल्ला अदालतले २०७९ साल कात्तिक १८ गते आदेश दिएको थियो । तर, पुस २८ गते उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएपछि क्यानले माघ १७ गते सन्दीपमाथिको निलम्बन पनि फुकुवा गर्यो । यसपछि उनले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमै भएको नामिबियाविरुद्ध खेलबाट राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।

लोकप्रीय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

विचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?
अन्तर्राष्ट्रिय

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने
अन्तर्राष्ट्रिय

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान
अपराध

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बंगलादेशले नेपालसँग थप २० मेगावाट बिजुली किन्ने

बिहिबार मंसिर ११ , २०८२
महराको वाङसँग १० वर्षदेखिको चिनजान

सुन तस्करीका अभियुक्त कृष्णबहादुर महरा रिहा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.