NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए

शनिबार भदौ २९ , २०८१
Reading Time: 1 min read
A A
युक्रेनलाई लामो दूरीको हतियार दिन अमेरिका–बेलायत हच्किए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ भदौ , विराटनगर ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनीका बीच अमेरिका र बेलायतले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र दिने संकेत गरेपनि त्यसमा निर्णय गरिहाल्न भने हच्किएका छन् । यद्यपि, यसैका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री केइर स्मार्टरबीच ह्वाइट हाउसमा भेट भएको थियो ।

स्थानीय समयअनुसार शुक्रबार भएको भेटमा दुई नेताले युक्रेनले माग गरेअनुसार रुसी भित्री क्षेत्रहरुमा युक्रेनलाई दिइएका मिसाइलहरु हान्न दिनेमा सहमति जुटाउन सकेनन् । यो बैठकपछि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बाइडेनलाई स्टार्मरले युक्रेनलाई हतियार प्रयोग गर्न नदिने कुरामा मनाएको हो भन्ने प्रश्न गरिएको थियो ।

LS Auto

जवाफमा स्टार्मरले ‘युक्रेन, मध्यपूर्व, हिन्त प्रशान्त क्षेत्रका विभिन्न विषयमा लामो र उत्पादनमुलक छलफल भएको छ मात्रै भनेका छन् । बाइडेन र स्टार्मरको भेट भन्दा अगाडी पुटिनले रुसी भूमिमा लामो दूरिका मिसाइल प्रहार गर्न युक्रेनले गरेको आग्रह अस्विकार गर्न पश्चिमा देशहरुलाई चेतावनी दिएका थिए ।

उनले पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्ने प्रतिक्रिया दिएका थिए ।शुक्रबारको बैठकमा निर्णय गर्न नसकेपनि यसअघि भने, अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गरेका थिए ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पश्चिमा साझेदारलाई सीमापारि रहेका निसानामा आक्रमण गर्न उपलब्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन् । उनले अनुमति मागेको मिसाइल स्टोर्म साडो मिसाइल हो । यो मिसाइल विमानबाट प्रक्षेपण गरिन्छ र यसको गति लगभग ध्वनिको गति बराबर हुन्छ ।

यो मिसाइलको अधिकतम दायरा लगभग २५० किलोमिटर छ । यो एउटा मिसाइलको मूल्य १० लाख अमेरिकी डलर छ । यस्तो मिसाइल बंकरहरू भेट्टाउन उपयोगी मानिन्छ । रुसले युक्रेनविरुद्ध यस्तै मिसाइल प्रयोग गरेको छ । तर यता अमेरिका र बेलायतले यसमा सहमति जुटाउन सकेनन् ।

यद्यपि बेलायतका प्रधानमन्त्री स्टार्मरले रुसले लडाइँ शुरु गरेको र अहिले पनि उसले गैरकानुनी काम गरेको बताउँदै आएका छन् । खासगरी इरानको क्षेप्यास्त्र प्रयोग गरेको भन्दै उनले अब युक्रेनलाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सोच्ने बेला आएको बताएका थिए ।

तर उनैले बाइडेनलाई समेत अघि नबढ्न मनाएको विभिन्न संचारमाध्यमले लेखेका छन् । वाशिङ्टनबाट फर्किएपछि स्टारमर इटलीका प्रधानमन्त्री जोर्जा मेलोनीसँग भेट गर्न रोम जाने तयारी छ । त्यसको एक हप्तापछि संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन विश्वका नेताहरू न्यूयोर्कमा भेला हुने छन् ।

यसैबीच रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । यता बेलायतको विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको प्रतिक्रिया जनाएको छ । यता अमेरिकाले पनि रुसको चर्चित समाचार च्यानल आरटीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त च्यानल रुसी खुफियातन्त्रको हिस्सा बनेको भन्दै प्रतिबन्ध लगाएको प्रतिक्रिया दिए । पत्रकार सम्मेलन गरी ब्लिंकनले रुस सरकार समर्थित मिडिया आरटीले अमेरिकी लोकतन्त्र कमजोर बनाउने प्रयास गरेको भन्दै प्रतिबन्ध लगाएको बताए ।

उनले आरटीमा साइबर परिचालन क्षमता र रुसी खुफिया जानकारीसँग सम्बन्धित युनिट समावेश गरिएको आरोप लगाएका छन् । ब्लिंकनको उक्त टिप्पणीसहित प्रतिबन्ध लगाउने घोषणा कार्यक्रम आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् लाइभ गरिरहेको आरटीले उक्त निर्णयलाई अमेरिकाको नयाँ चालबाजीको संज्ञा दिएको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले रुसमाथि प्रतिबन्ध लागू गर्ने विषयको विशेषज्ञ बनेको अमेरिकासँग नयाँ काम हुनुपर्ने भन्दै व्यंग्य गरेका छन् । अमेरिकाले आरटीका प्रधान सम्पादक मार्गरिटा सिमोनियन र अरु केही कर्मचारीलाई अमेरिकाका चुनाव प्रभावित पार्ने प्रयास गरेको भन्दै गत हप्ता प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले आरटी (पहिलेको नाम रसिया टुडे) यसलाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशमा सूचना संकलन, गुप्त प्रभाव र सैन्य खरिदमा संलग्न भएको आरोप लगाएका छन् ।

एन्टोनी ब्लिन्केनले युक्रेनमा लडिरहेका रुसी सेनाका लागि बडी आर्मर, स्नाइपर राइफल, ड्रोन र अन्य उपकरण किन्न आरटीले अनलाइन फन्डरेजर चलाएको आरोप पनि लगाएका छन् । यसबीच युक्रेनी राष्ट्रपतिले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गरेका छन् ।

युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पारेनन् तर एएफपीका पत्रकारहरूले पहिले रुसी युद्धबन्दीहरूलाई सीमा नजिकैको बसमा राख्दै गरेको देखेका थिए ।

रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ । जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’लगायतका सर्वसधारणहरू फर्किएका थिए ।

उनले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताएका छन् । यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#मिसाइल स्टोर्म साडो#रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.