NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
न्यूयोर्कमा जुर्याे ओली–मोदीको भेट, आरजु पनि ब्यस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ असोज, एजेन्सी ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा थ्रेटका कारण आफ्नो तय गरिएको कार्यक्रम नै रद्य गर्नु परेको छ । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागत गर्न आयोजित कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम आयोजना गरिएको थियो । सुरक्षा संवेदनशीलता देखाउँदै कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले नै जनाएको छ ।

संयुक्त राष्ट्र संघको महासभा, समिट अफ दी फ्युचर तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले एक सूचनामार्फत जनाएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावास दुःख प्रकट गरेको छ । यसअघि नेपालमा समेत प्रधानमन्त्री सहभागी रहेको गौरा पर्वको कार्यक्रममा नारीबाजी भएको थियो । यसैबीच ओलीले अमेरिकामा भारतीय समकक्षीसंग भेट गरेका छन् ।

ओली र नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोते प्यालेसमा भएको थियो । उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

उनले भनिन्,‘मोदीजी छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ । साथै, द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर तमाम समस्यालाई समाधान गर्ने सहमति पनि बैैैठकका दौरान भएको छ ।’ बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गरे ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राईको सहभागिता रहेको थियो ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको थियो ।

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यस अघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गरेका थिए । ओलीसँगको भेटलाई मोदीले समेत राम्रो भेटवार्ता भएको प्रतिक्रिया जनाएका छन् ।

मोदीले नेपाल र भारतको सम्बन्ध मजबुत भएको टिप्पणी गरेका छन्। सामाजिक सन्जालमा ओलीसँगको भेटको तस्बिर राखेर मोदीले यस्तो लेखेका हुन्। मोदीले लेखेका छन, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुत छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ। हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए।’

यस्तै ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले पनि शिष्टाचार भेट गरेका छन् । यस्तै भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

यसैगरी प्रधानमन्त्री ओली र कुवेतका राजकुमारबीच पनि भेटवार्ता भएको छ । कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहसंग भेटवार्ता भएको हो । यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।

मन्त्री राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गरेकी छिन् । सो भेटमा नेपाल र इन्डोनेसियाबीचका द्धिपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्यजस्ता विषयमा कुराकानी भएको थियो ।

यसैगरी उनीहरूबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो। त्यस अवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकहरुका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

सो सम्झौतापत्रमा नेपालका तर्फबाट मन्त्री राणा र इन्डोनेशियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका छन् । मन्त्री राणाले उक्त सम्झौताले इन्डोनेशियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन ।

त्यसैगरी मन्त्री राणाले आइतबर नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा राणाले कुराकानी गरेकी थिइन ।त्यस्तै आइतबार परराष्ट्रमन्त्री राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो ।

भेटमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन।

Tags: #ओली–मोदीको भेट#ओलीलाई अमेरिकामा पनि सुरक्षा थ्रेट#न्यूयोर्कमा ओली–मोदी

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.