NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ? आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

लंकामा कम्युनिस्ट राष्ट्रपति बन्दा प्रचण्ड गद्गगद्

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

७ असोज,एजेन्सी ।
श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन् । ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन् । जितपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको काम नभई हजारौं जनताको मेहनतको परिणाम भएको बताएका छन् ।

दोस्रो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । यस राउण्डमा दिशानायकेले ४२.३१ प्रतिशत र उनका प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे ।

यसै कारण निर्वाचन आयोगले दोस्रो चरणको मतगणना सुरु गरेपछि साँझ अनुरा दिशानायके श्रीलंकाको नवौं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।श्रीलंकाको इतिहासमा कुनै पनि उम्मेदवारले चुनाव जित्न आवश्यक पर्ने ५० प्रतिशतभन्दा बढी मत नपाएको यो पहिलो पटक हो ।

जसका कारण दोस्रो चरणको मतगणना गरिएको हो । दिशानायकेले आफूलाई मजदुरको आवाज उठाउने नेताको रूपमा व्याख्या गर्छन् ।चुनावी अभियानमा उनले भ्रष्टाचार अन्त्यका लागि कदम चाल्ने कुरा गरेका थिए ।

अनुरा कुमार दिशानायकेले मतदातालाई भ्रष्टाचार विरुद्ध कडा कदम चाल्ने र सुशासन दिने वाचा गरेका छन्। पहिलो चरणको मतगणनामा ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि दोस्रो चरणको मतगणनामा उनी विजयी भएका हुन् ।

विपक्षी नेता सजित प्रेमदासा दोस्रो र निवर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो भए । यसपछि दोस्रो राउण्डमा अनुरा दिसानायके र सजित प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो । सन् २०२२ मा देशमा चर्को विरोध भएको थियो, त्यसपछि गोटाबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिनुपरेको थियो।

त्यो बेला देशले ठूलो आर्थिक संकटको सामना गर्नुपरेको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलोपटक राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो । श्रीलंकाका नयाँ राष्ट्रपतिले दुई प्रकारका चुनौतीहरूको सामना गर्नुपर्नेछ । यसमा देशको अर्थतन्त्रलाई पुनरुत्थान गर्नु र लाखौं मानिसहरूलाई गरिबीबाट बाहिर ल्याउनु समावेश छ ।

देशको यो आर्थिक मन्दीले राजापाक्षेलाई सन् २०२२ मा राष्ट्रपति पदबाट हटाएको थियो त्यतिबेला श्रीलंकाको विदेशी मुद्रा सञ्चिति सकिएको थियो, जसले गर्दा देशले इन्धनजस्ता अत्यावश्यक वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको थियो ।

श्रीलंकाको सार्वजनिक ऋण ८३ अर्ब अमेरिकी डलर पुगेको थियो । त्यस्तै मुद्रास्फीति ७० प्रतिशतमा पुगेको थियो । जसका कारण खाद्यान्न र औषधि जस्ता आधारभूत कुराहरू देशका सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन पुगेका थिए ।

ठूला नीतिगत त्रुटिहरू, कमजोर निर्यात र वर्षौंदेखि न्यून करको दरलाई देशको यो आर्थिक संकटका लागि जिम्मेवार मानिएको छ । श्रीलंकाको अर्थतन्त्रको अत्यावश्यक हिस्सा रहेको पर्यटनलाई प्रभावित गर्ने कोरोना महामारीले यसलाई अझ नराम्रो बनाएको थियो।

तर धेरैले यसका लागि भ्रष्टाचार र कुप्रबन्धलाई पनि दोष लगाएका छन्, जसले राजापाक्षे र उनको परिवारप्रति आक्रोश बढाएको छ । जसले सामूहिक रूपमा श्रीलंकामा १० वर्षभन्दा बढी शासन गरेका छन् ।

विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट लगभग ३ अर्बबराबरको बेलआउट प्राप्त गरे, जसले महत्त्वपूर्ण अतिरिक्त कोष प्रदान गर्यो तर आर्थिक र प्रशासनिक नीतिमा कठोर सुधारहरू पनि आवश्यक थियो ।

आईएमएफको निर्देशन अनुसार श्रीलंकाले विदेशी र स्वदेशी ऋणदाताहरूसँग आफ्नो ऋण चुक्ता सर्तहरू पुनः तयार गरिरहेको छ । देशको मुख्य लक्ष्य ३६ अर्ब डलर विदेशी ऋणमा छ । यसैबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित अनुरा कुमारा दिसानायकेलाई बधाई दिएका छन् ।

प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई बधाई दिएका हुन् ।

‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

Tags: #लंकामा कम्युनिस्ट राष्ट्रपति#श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा#श्रीलंकाको राष्ट्रपति

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२

विचार

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.