NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने शनिबार कार्तिक १५ , २०८२
युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ? शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
पूर्वराजाका ज्वाइँको उदारता ? आफ्नै सम्पत्ति बेचेर बचत फिर्ता गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ असोज, काठमाण्डौ।
सहकारी ठगी प्रकरणमा वचतकर्ताको अपचलन भएको अर्बाै रकम निकाशा गर्नेबारे भन्दा पनि ब्यक्ति केन्द्रित वहस र अनुशन्धान जारी रहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ र जेलमा रहेका सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले भने पैसा फिर्ता गर्ने बाचा गरेका छन् ।

राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ हुन् । उनले पुलचोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था सकारेका छन् । उनै सिंहले बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सकिने बयान दिएका छन् ।

सहकारी छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदनमा सिंहले संस्थाका तत्कालीन अध्यक्ष भरत महर्जन फरार भएपछि सिंहले संस्था सकारेका हुन् । समितिले महर्जन समितिमा उपस्थित नभएको भन्दै उनलाई ठगको सूचीमा राखेको छ भने नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिससमेत जारी भएको छ ।

महर्जन बेलायतमा लुकेको जनाइएको छ । २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

समितिसँगको बयानमा सिंहले सहकारीमा आवद्ध विरेन्द्र महर्जनले आफूलाई सहकारीको बारेमा जानकारी दिएको र त्यसपछि यस सहकारीको वित्तीय विवरण हेरेपछि बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सक्ने लागेपछि सहकारी लिएको उनको भनाइ छ ।

‘विरेन्द्र महर्जनले मलाई साधारण सेयरबाट सुरुवात गर्न भन्नु भयो र मैले सोही अनुसार गरेँ । यस सहकारीको सम्पत्तिको बारे भन्नु पर्दा सहकारीको व्यालेन्स सिटमा सम्पत्ति र दायित्व नमिलेकोले सहकारीले यसअघि कायम गरेका सञ्चालक समितिलाई जानकारी गरी विस्तृत कुरा नबुझेसम्म म सेयर होल्डरमै बस्ने निर्णय गरेको हुँ ।’

पछिल्लो साधारणसभा पछि सहकारी संस्थालाई कालोसूचीमा राखि खाता रोक्का भएको उनले बताए । खाता सञ्चालन गर्न दिइएको खण्डमा भरत महर्जनले सहकारी बचत रकमबाट आर्जन गरेको सम्पत्ति फिर्ता दिए सहकारीको समस्या चाडो समाधान गर्न सकिने उनले बताए ।

सिंहले २०८१ जेठ १७ गते सुमेरु बचत तथा ऋण सहकारी संस्था सञ्चालनको जिम्मेवारी लिने सहमति गरेका थिए । उनले हाल सञ्चालनमा समस्या परेको सुमेरु सञ्चालनका लागि सहकारीको देखाइएको सम्पत्तिको मूल्यांकनले बचतकर्ताको रकम फिर्ता दिन सकिने बताए ।

उनले आफ्नो सम्पत्ति बचेर भए पनि बचतकर्ताको बचत सेटल गर्ने बयानमा जनाएका छन् । ‘सहकारीको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता दिनेभन्दा पनि हालका लागि आवश्यक परे मेरो निजी सम्पत्तिद्वारा बचतकर्ताको आंशिक रकम सेटल गर्ने र बचतकर्ताको विश्वास जिति क्रमिक रुपमा सहकारीलाई नियमित सञ्चाल गर्ने योजना छ ।’

भरत महर्जनविरुद्ध रेडकर्नर नोटिस जारी भएको र उनको सम्पत्तिलाई सहकारी ल्याउने बारे विरेन्द्र महर्जनले कुरा गरेको आफूलाई भनेको उनको बयानमा उल्लेख छ । उनले सहकारीलाई सरकारले कालोसूचीबाट हटाउने र समस्या समाधानका लागि कानुनी कारबाही केही समय स्थगित गरी समय व्यवस्थापन गरिदिए सहकारीको समस्या समाधानमा सहज हुने भन्दै उनले पहिला आफ्नै निजी सम्पत्ति राखि सुरुवात गर्ने सोचेको जनाएका छन् ।

भरत महर्जन परिवारका सबै सदस्य, नागागोता, आफन्त मिलेर चलाएको सहकारीको बचत विद्यालय, अस्पताल, होटल, घर जग्गा, रेष्टुरेन्ट लगायत अन्य कम्पनीमा लगानी रहेको छ । यस्तै सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका संस्थापक अध्यक्ष इच्छाराज तामाङले पनि आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिने हो भने तीन वर्षभित्र सबै बचतकर्ताको बचत फिर्ता गर्ने दाबी गरेका छन् ।

छानबिन विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएको बयानमा उनले सहकारीको समस्या समाधानको उपाय उल्लेख गरेका छन् । ‘आफू, श्रीमती र छोरीहरुमाथि लगाइएको ठगी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा सरकारले फिर्ता लिने हो भने तीनवर्ष भित्रमा सहकारीको नामामा रहेको सम्पत्ति बिक्री गरी र ऋणी सदस्यहरूबाट कर्जा रकम असुल उपर गरी सम्पूर्ण बचतकर्ता सदस्यहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ,’ उनले भनेका छन् ।

सहकारीले १५ सयभन्दा बढी बचतकर्ताको ५ अर्ब ७५ करोड ४३ लाख ६९ हजार रुपैयाँ ठगेको भन्दै दुई पटक सरकारले अभियोगपत्र दायर गरिसकेको छ । उक्त सहकारीको नाउँमा रहेको चल अचल सम्पत्ति बेचविखन गरी र सिभिल मलको सेयर र सहकारीका सदस्यहरूमा गरिएको कर्जा लगानी विषेश गरी ठूला ऋणीहरू लालकाजी गुरुङ र मिना गुरुङ समेतबाट कर्जा असूल उपर गरी समस्या समाधान गर्न सकिने उनको तर्क छ ।

‘सिभिल सहकारीको नाउमा रहेको घर जग्गा र सिभिल मल लगायतका चल अचल सम्पत्तिको बजार मूल्य करीब १९ अर्ब रुपैयाँ रहेको छ’ उनले समितिमा बयानमा भनेका छन्, ‘सिभिल सहकारीको बचतकर्ताहरूको निक्षेप दायित्व ६ अर्ब रुपैयाँ रहेको छ त्यसैले उक्त चल अचल सम्पत्ति बिक्री गरी सजिलै बचतकर्ताहरूको निक्षेप रकम फिर्ता गर्न सकिन्छ ।’

यसका लागि सरकारले आफू र आफ्नो परिवारमाथि दायर गरेको, ठगी तथा संगठित अपराध मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिइ आफूलाई कारागार मुक्त गर्न आग्रह गरेका छन् ।

सरकारले यति गरेमा तीन वर्षभित्र सहकारीमा आएको समस्या समाधान गर्न सकिने उनको दाबी छ । ‘सहकारीको सञ्चालकहरुलाई थुन्नु समाधान होइन’ उनले समितिमा बयानका क्रममा भनेका छन् ‘यसरी सबै सहकारीका सञ्चालकहरुलाई थुन्दै जाने हो भने तीन लाख व्यक्ति थुन्नु पर्ने हुन्छ जबकी नेपालको कारागारको क्षमता ४५ हजार मात्र छ ।

तसर्थ सहकारीको समस्या समाधानको उपयुक्त उपाय निकाल्न राज्यले उचित कदम चालोस् ।’ बागमती प्रदेश सहकारी मन्त्रालयबाट २०८० भदौ २१ गते उक्त सहकारी समस्याग्रस्त घोषित भएको छ । तामाङ तीन वर्षयता जेलमा छन् ।

सहकारी प्रकरणमा सूर्य थापा नेतृत्वको प्रतिवेदन कार्यान्वयन सुरु गरेको सरकारले गोर्खा मिडियाका पूर्व संचालक छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने कारबाहीको सिफारिस भएका रास्वपा सभापति तथा गोर्खा मिडियाका पूर्व संचालक रवि लामिछाने माथि पनि अनुशन्धान सुरु गरेको छ ।

यही प्रकरणमा सरकारले पक्राउ गर्न मिडिया ट्रायल गरिरहेकाले अलर्ट रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका रवि लामिछानेले यदि आफू पक्राउ परे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।

Tags: #इच्छाराज तामाङ#सहकारी ठगी प्रकरण

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

भारी वर्षा र हिमपातको संभावनाः सर्तकता अपनाउन आग्रह

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.