NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने शनिबार कार्तिक १५ , २०८२
युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ? शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

आफू बच्न छविले रविको नाम पोले, लगाए यस्तो दोष

सोमवार अशोज ७ , २०८१
Reading Time: 1 min read
A A
फरार जिबी राईका पार्टनर पूर्व डिआइजीको घरमा प्रहरीको छापा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ असोज, काठमाण्डौ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व संचालक पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा ल्याइएको थियो ।

स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ । प्रहरीले १० दिनको समय माग गरेता पनि अदालतले भने पाँच दिन मात्रै समय थपेको हो ।

संसदीय समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा जोशीलाई पनि कारबाही सिफारिस गरेको थियो । विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ ।

सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् । छानबिन प्रतिवेदनअनुसार, सुरुमा जीबी राई र जोशीले आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसअघि उनीहरू नेटवर्किङ व्यवसायमा साझेदार थिए ।

जोशीले नै बयानमा आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएको बताएका थिए । प्रतिवेदनअनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए ।

वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए । समितिले जीबी राईसहित कुमार रम्तेल, लामिछाने र जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

यता प्रारम्भिक बयानमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् ।

आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् ।

प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो । हाल मलेसियामा रहेका राईमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् प्रहरीले रेड नोटिससमेत जारी गरिसकेको छ ।

रेड नोटिस जारी हुँदा पनि पक्राउ गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका दुईजना अधिकारीलाई मलेसिया समेत पठाएको थियो । मलेसिया पुगेका प्रहरीले जीबी राई बारे भने कुनै नयाँ तथ्य फेला पार्न सकेन ।

यद्यपी मेलेसिया प्रहरीले पक्राउ गर्न आवश्यक थप कागजात भने मागेको थियो । मलेसिया प्रहरीको मागअनुसार, नै प्रहरीले जीबी राईमाथि परेको उजुरी र अन्य कागजात समेत पठाइसकेको छ । यता सहकारी ठगी प्रकरणको अनुशन्धानको केन्द्र पोखरा बन्दै गर्दा कारबाहीको सिफारिस भएका रविको पक्ष र विपक्षमा पोखरेली जनता सडकमा उत्रिएका छन् ।

जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

सँगै रविको पक्षमा समेत रास्वपाका नेता कार्यकर्ता सडकमा उत्रिएका थिए । लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरेका हुन् । पोखरा सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा विरोध प्रदर्शन गरिएको छ ।

उनीहरुले सहकारीपीडितलाई न्याय देउ भन्दै प्लेकार्ड समेत बोकेका थिए । रास्वपा गण्डकी सभापति राजन गौतमले सभापति रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको बताएका छन् । उनले सभापतिलाई गर्दै नगरेको काण्डमा फसाउन लागेको दाबी गरेका छन् ।

पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।

Tags: #छवि ५ दिन हिरासतमा रहने#सहकारी ठगी प्रकरण

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

भारी वर्षा र हिमपातको संभावनाः सर्तकता अपनाउन आग्रह

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.