विराटनगरको बजार अनुगमनमा यस्तो भेटियो

विराटनगरको बजार अनुगमनमा यस्तो भेटियो

विराटनगर,असोज ७
चाडपर्व नजिकिएसँगै विराटनगरमा अनुगमन सुरु गरिएको छ । बाणिज्य कार्यालय विराटनगरको अगुवाईमा विराटनगरका किरान लगायतका पसलहरुको अनुगमन गरिएको छ ।

विराटनगरको तिनपैनी २ मा रहेको दिक्षा इन्टरप्राइजेज अनुगमन गर्दा एमआरपी मूल्य भन्दा बढी मूल्यमा रक्सी बेचेको पाइएको छ । यस्तै विराटनगर–२ मै रहेको भागवत किराना पसलबाट नेपालमा बन्देज गरिएको दावत तोरीको तेल भेट्टिएको छ ।

यस्तै अष्ट चिरञ्जीवी किराना पसलबाट २ लिटर दावत तेल र मूल्य सूची नभएको पाइएको थियो ।यस्तै नेपाल बजारको तिनपैनी शाखाको पनि अनुगमन गरिएको छ ।

लगातार रुपमा गरिएको अनुगमनबाट विराटनगरका बजार सुधारोन्मुख अवस्थामा रहेको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.