NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?

बिहिबार अशोज १० , २०८१
Reading Time: 1 min read
A A
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१० असोज , एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन् । न्यूयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन्।

महासभामा सहभागी हुन गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन् । हिजो मात्रै प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेटवार्ता भयो ।

युनुस बंगलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारको प्रमुख बनेका हुन् । ओली र युनुसबीच ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान–प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाइएको छ ।

बंगलादेशले नेपालको विजुली किन्ने अन्तिम तयारी गरिरहेको अवस्थामा भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

सो भेटवार्तामा अमेरिकाको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको बारेमा कुराकानी भएको थियो । न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार उक्त अवशरमा प्रधानमन्त्री ओलीले एमसीसीमार्फत नेपाललाई गरेको सहयोगलाई लिएर धन्यवाद दिएका छन् ।

कुराकानीमा उच्च गुणस्तरमा ट्रान्समिसन लाइन र सडक पूर्वाधार परियोजना निर्माण समयमै सक्ने आशा गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए । अमेरिकी पक्षले भने समयमै ऊर्जा र सडक पूर्वाधार निर्माणको काम पूरा गर्ने वाचा गरेको थियो ।

त्यसअघि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिसकेका छन् । ओलीले फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतलाई भेटिसकेका छन् ।

यस्तै बुधबार प्रधानमन्त्री ओलीले प्रमुख राष्ट्रहरुलाई जलवायु परिवर्तनमा जिम्मेवारी लिन आग्रह गरेका थिए । न्युयोर्कमा नेताहरूको जलवायु जोखिम फोरमको बैंठकमा सम्बोधन गर्दै भने,‘विश्वव्यापी जलवायु न्यायका लागि कार्बन उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरूलाई जलवायु परिवर्तनमा आफ्नो योगदानको जिम्मेवारी लिनु अनुरोध गर्दछु ।’

ओलीले जलवायु परिवर्तनले नेपालजस्ता जोखिममा परेका मुलुकमा परेको असमान प्रभावमा जोड दिएका थिए । उनले भने,‘जलवायु परिवर्तन हाम्रो समयको परिभाषित संकट हो । हिमाल र अल्पविकसित मुलुक भएकाले नेपालले बढ्दो मात्रा र तीव्रतामा जलवायुजन्य प्रकोपको सामना गरिरहेको छ ।’

उनले हिमालयमा हिमनदीको डरलाग्दो परिस्थितीलाई जोड दिँदै हिमालय क्षेत्रमा विशाल हिउँको भण्डार रहेको प्रस्ट पारे । उनले त्यो हिउँले एसियाका अरबौं मानिसहरूको लागि महत्त्वपूर्ण जीविकोपार्जन बनेको र विश्वव्यापी तापक्रम बढ्दै जाँदा त्यसलाई अभूतपूर्व रूपमा हिउँको दर घट्दै गएको पनि उल्लेख गरे ।

उनले हालैका महिनाहरूमा नेपालमा जलवायु प्रकोपले २०० भन्दा बढीको ज्यान लिनुका साथै सम्पूर्ण समुदाय र स्थानीय अर्थतन्त्रलाई ध्वस्त पारेको जानकारी पनि विश्व समुदायलाई दिए ।

ओलीले एउटा प्रतिवेदनलाई उल्लेख गर्दै सन् २००० देखि २०१८ सम्म विभिन्न जलवायु सम्बन्धि घटनामार्फत सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा नेपाल १० औं स्थानमा रहेको बताए ।

उनले पेरिस सम्झौतामा नेपाल प्रतिबद्ध रहेको बताए । उनले उक्त सम्झौतमा उल्लिखित ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विश्वले तत्काल कदम चाल्नुपर्ने प्रस्ट पारे ।

उनले जलवायु कार्यका लागि निष्पक्ष र सुलभ वित्तीय संयन्त्रको आवश्यकतामा रहेको पनि औंल्याए । प्रधानमन्त्रीले जलवायु कार्यका लागि जोखिममा परेका राष्ट्रहरूलाई दिगो ऋण उठाउनबाट जोगाउन जलवायु वित्त सहुलियतमा हुनुपर्नेमा जोड दिए ।

यस्तै प्रधानमन्त्रीको नेतृत्वमा गएको टोलीमा सहभागिपरराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई आग्रह गरेकी छन् ।

महासभाका दौरान भएको विश्वका शक्तिशाली २० मुलुकहरुको विदेशमन्त्रीस्तरीय बैठकमा एलडीसीको अध्यक्षको हैसियतले बोल्दै परराष्ट्रमन्त्री राणाले एलडीसी मुलुकहरूलाई सहयोग बढाउनको लागि जी–२० मुलुकहरूलाई आग्रह गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले विश्वका बहुपक्षीय संस्था र शासन गर्ने संस्थाहरुमा एलडीसी मुलुकको प्रतिनिधित्वलाई पनि जोड दिन आग्रह गरिन् । उनले एलडीसी मुलुकहरुलाई कोभिड–१९, जलवायु परिवर्तन र भूराजनीतिक उतारचढावले गर्दा असर गरेको बताइन् ।

एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी व्यहोरेको छ । अहिलेको जी–२० को अध्यक्ष ब्राजिलले उक्त कार्यक्रम आयोजना गरेको थियो । यस्तै परराष्ट्रमन्त्री डा. देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो। त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली#प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा#राष्ट्र संघमा सम्बोधन

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.