NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?

शुक्रबार अशोज ११ , २०८१
Reading Time: 1 min read
A A
रविलाई काँध थापेको रास्वपा निर्णायक बहसमा,अब के गर्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ असोज, विराटनगर।

सहकारी प्रकरणमा आफू सहकारीको बचत अपचलन गरी गोर्खा मिडियामा ल्याउने आरोपका लागि निर्दाेष ठहर भइसक्दा समेत सरकारले आफूलाई पक्राउ गर्न खोजेको भन्दै पार्टीका नेता र शुभेच्छुकको साथ मागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा अब उनी नेतृत्वकै पार्टी निर्णायक बहसमा जुटेको छ ।

पार्टीका उपसभापतिसहित १४ जनाको टोली चीन भ्रमणमा रहेका बखत प्रहरीले आफूलाई पक्राउ गर्न लागेको भन्दै पार्टी पंक्तिको साथ मागेका रविले तत्काल भ्रमण छोट्याउन लगाएर पार्टीका नेताहरुलाई स्वदेश फर्काएका छन् ।

अब उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीका साथमा रविका विषयमा पार्टीमा छलफल हुने भएको छ । यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठकका लागि रविको विषय सहित विभिन्न ६ वटा एजेण्डा राखिएका छन् । सभापति रवि लामिछानेको सहकारी विवादको उल्झनमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार बिहान साढे ११ बजेका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाइएको जानकारी दिए।

उनकाअनुसार बैठकमा ६ वटा विषय छलफल गर्नका लागि एजेन्डा प्रस्तुत गरिएको छ । ती एजेन्डामध्ये समसामयिक राजनीति र विविध पनि हुन् । पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिक विषयमा केन्द्रीय नेताहरूले पार्टी र सरकार लगायत विषयमा धारणा राख्न पाउने छन् ।

आइतबार एक दिन मात्र बस्ने बैठकमा पार्टी सभापति लामिछानेमाथि पछिल्लो समयमा सरकारले गरेको निगरानीप्रति पनि छलफल हुने उनले बताए । सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन सम्बन्धी विशेष संसदीय छानबिन समितिले दिएको प्रतिवेदन र त्यसपश्चात् सिङ्गो रास्वपा र सभापति लामिछानेमाथि आक्रमणको प्रयास भइरहेको रास्वपाको बुझाइ छ ।

समितिले सुप्रिम सूर्यदर्शन लगायत सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड बढी पैसा गएको ठहर गरेको छ । जसमा जीवी राई र पूर्व डिआइजी छविलाल जोशीको संलग्नता भएको प्रतिवेदनमा लेखिएको छ ।

साथै सहकारीको पैसा मिडियामा पुगेपछि ‘अपचलन’ गर्नेमा राई र जोशी सहित लामिछाने पनि संलग्न भएको र उनीहरूलाई कारबाही गर्न समितिले प्रतिवेदनबाट निर्देशन दिएको छ ।

यस्तै गोर्खा मिडिया नेटवर्कमा पैसा लैजान प्रयोग भएका कागजात पनि किर्ते र नक्कली भएको समितिको प्रतिवेदनमा उल्लेख छ । यही प्रतिवेदनलाई लिएर प्रहरीले पूर्व डिआइजी जोशीलाई पक्राउ गरिसकेको छ ।

जोशी पक्राउ पश्चात् आफ्ना सभापति पनि पक्राउ पर्ने भय रास्वपामा छ । त्यसैले रास्वपाले चीन भ्रमणमा पुगेका नेताहरूलाई पनि नेपाल फर्काएको छ । नेपाल आइपुगेका नेताहरू पनि लामिछानेको बचाउमा जुटेका छन् भने सभापति लामिछानेले पनि आफूमाथि प्रतिशोध साँधिएको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

यस्तो परिस्थितिमा बस्न लागेको केन्द्रीय समिति बैठकमा यो प्रकरणमा बहस हुने र रास्वपाले केही रणनीति बनाउने आङ्कलन छ । पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीले समितिको प्रतिवेदन पश्चात् सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।

‘समितिको प्रतिवेदन पश्चात् सरकारले अधिनायकवाद लाद्न खोजेको छ । कसलाई छानेर हान्ने भनेर हिसाव गर्दै सरकार अघि बढेको छ । न्यायिक निरूपणको हिसाबले यो ठिक भएन‚’ बुर्लाकोटीले भने‚‘ कताबाट लट्ठी छिराएर रवि लामिछानेको कठालो समात्ने प्रयासमा सरकार छ ।

यो राजनीतिक प्रतिशोध बाहेक केही हैन।’ यो विषयमा पार्टीले बैठकबाट ठोस धारणा बाहिर ल्याउने बताइएको छ ।

हिजोमात्रै नेपाल फर्किनासाथ रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताए ।

उनले भने, ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’

उनले अगाडि भने, ‘यो भ्रमणलाई नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ,’ ‘हामी पनि घटनाक्रमबारे अवगत थियौँ। यो अप्ठेरो घडीमा पार्टीमाथि प्रहार भएको छ भने एकमतका साथ निर्णय गरेर फर्किएका हौँ।’

यस्तै कार्यवाहक प्रवक्ता मनिष झाले पनि सहकारी ठगीमा सभापतिको संलग्नता नभएको प्रतिवेदन आइसकेपछि अहिले राजनीतिक रूपमा प्रतिशोध राख्न खोजेको जिकिर गरे। उनले भने, ‘सहकारीमा सभापतिले आफैँ व्यक्तिगत रूपमा संलग्न भएर रकम लिएको छैन भनेर प्रतिवेदनले स्पष्ट पारिसकेको छ ।

यो विषय हामीले तीन महिना अघि नै प्रष्ट पारिसकेका थियौँ। अहिले कानूनी प्रक्रियाले नै टुंगिएको छ । तर, कसैको राजनीति जोगाउने उद्देश्यले षड्यन्त्र हुँदैछ । कुण्ठा र इगो राखेर जान खोजिन्छ भने हामी प्रतिवाद गर्छौँ। कानूनी प्रक्रियामा सक्दा दुई तिहाइको शक्ति दुरुपयोग भए जनता पनि छन् भन्ने सरकारले बुझोस्।’

सहकारीमा डुबेको ८७ अर्ब छाडेर रवि लामिछानेको पछि लागेको भन्दै आपत्ति जनाएका छन् । यसअघि फेसबुक लाइभमा आएर रविले गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको बताएका थिए ।

उनले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरेका छन् ।उनले भनेका छन्, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

उनले अन्याय पर्दा आफ्ना लागि जनताले बोल्ने बताएका छन् । लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदन अनुशार गोर्खा मिडियामा आएको ६५ करोडको जिम्मा लिन आफू तयार रहेको घोषणा गरेका छन् । उनले यसको नैतिक, कानुनी र आर्थिक जे जिम्मवारी लिनुपर्ने भए पनि जिम्मेवारी लिने बताएका छन् ।

उनले ठगेर आएको पैसा तैँले किन चलाइस् भन्ने प्रश्न उठेको भन्दै आफूले त्यसको जिम्मेवारी लिने बताएका छन् । उनले गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको भन्दै सहकारीको रकम अपचलनमा भने आफ्नो सहभागिता नरहेको समितिको प्रतिवेदन अनुशार नै सबैले स्वीकार गर्नुपर्ने बताएका छन् ।

छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राख्दै उनले आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको बताएका छन् । उनले एपिवान टेलिभिजनमा पनि सहकारीको रकम आएको प्रतिवेदनमा उल्लेख रहेको भन्दै यो विषयमा मौनता साँधिएको टिप्पणी गरे ।

आफूलाई मात्रै टार्गेट गर्न खोजिएको उनले बताएका छन् । संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।

साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । २०८० फागुन तेस्रो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री भएपछि नेपाली कांग्रेसले सहकारीको मुद्धा उठाएको थियो ।

सहकारीको रकम गोर्खा मिडियामा भएको अपचलनमा लामिछाने संलग्न रहेको, तर उनी गृहमन्त्री भएपछि प्रहरीको छानबिन रोकिएको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि १५ जेठमा संसदीय छानबिन समिति बनेको थियो ।

कांग्रेसको यो आरोप पछि छानविन समितिको प्रतिवेदनमार्फत गलत सावित भइसकेको भन्दै यसलाई स्वीकार गर्न आग्रह गरेका छन् । उनले आफूले गृहमन्त्री रहेका बेला सहकारीको बचत अपचलनको प्रहरीको छानविनमा कुनै दबाब र प्रभाव नपारेको पुष्टि भएको बताएका छन् ।

महामन्त्री निष्काशन र पार्टी सभापतिमाथि मडारिरहेको सहकारीको वचत दूरुपयोगको बादलका बीच बस्न लागेको रास्वपाको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक गतिविधि बाहेक अन्य विषय पनि समावेश गरेको छ ।

पार्टी उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमण गएको टोलीले भ्रमणको विषयमा जानकारी गराउने छ । त्यहाँ भएको भेटघाट‚छलफल र उपलब्धि बारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी छ ।

यस्तै‚ बैठकमा असोज १ र २ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय भेलाको विषयमा पनि छलफल हुनेछ । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा भेलाको समीक्षा गर्ने तयारी पार्टीको छ ।

यस्तै‚ बैठकमा स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल हुनेछ । उपनिर्वाचन गर्न दल दर्ता आवश्यक हुन्छ । दल दर्ताको विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले दल दर्तका लागि असोज १६ गते सम्मलाई समय दिएको छ ।

स्थानीय तह उपनिर्वाचन मङ्सिर १६ मा हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । साथै‚ बैठकमा महाधिवेशन केन्द्रित गतिविधि तथा विविध विषयमा छलफल हुने पनि कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।

रवि ब्यक्ति नभई संस्था भएको बताउने रास्वपाका नेताहरुले पार्टी स्थापनाको २७ महिनामा पार्टीसभापति माथि आएको यो जटिल मोडलाई अब कसरी पार लगाउँछन् त्यसको प्रतिक्षा रास्वपा भित्रै मात्र होइन देशले गरिरहेको छ ।

Tags: #nepaltimestrending#रविलाई काँध थापेको रास्वपा#रास्वपा#सहकारी प्रकरणNepalTimes

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

World News: Indiaसंग Americaले वार्ता गर्ने, Qatarमा Israelको आ*क्र*मण || Nepal Times

00:16:07

World News: नेपालको प्रदर्शनमा ७ देशको ध्यानाकर्षण, अमेरिकामा विशाल समर्थन || Nepal Times

00:13:12

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.