काठमाडौं,असोज ८
दुई वर्षअघि बंगबन्धु गोल्डकपको च्याम्पियन बनेपछि नेपाली टिमले दुई वर्ष वित्दासम्म नपाएको बाँकी रकम प्राप्त गरेको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षअघि बंगबन्धु गोल्डकप च्याम्पियन भएको बाँकी रकम २५ हजार डलर प्राप्त भएको हो ।
बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले पुरस्कार वापत नेपालले प्राप्त गर्नुपर्ने २५ हजार अमेरिकी डलर एन्फाको खातामा जम्मा गरिदिएको एन्फाले जनाएको छ । ५० हजार अमेरिकी डलर पुरस्कार पाएको नेपालले यसअघि २५ हजार डलरमात्र पाएको थियो ।
बाँकी रकम प्राप्त भएसँगै नेपालले अक्टोवर १ तारिखबाट शुरु हुने बंगबन्धु गोल्डकप खेल्ने निश्चित भएको छ ।एन्फाले बाँकी रकम प्राप्त नभए अबको संस्करणमा भाग लिने बताएका थिए । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेको छ ।
नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।