NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

बेरुतमा इजरेलको ठूलो आक्रमणः कसका तर्फ धेरै क्षति ?

बिहिबार अशोज १७ , २०८१
Reading Time: 1 min read
A A
इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ असोज , एजेन्सी ।

पूर्वघोषणा अनुरुप नै इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । इजरायली हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।

लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको छ । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ । यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा रहेको बताइएको छ । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए । यस्तै इजरायलले पनि आफ्ना केही सैनिकहरु गुमाएको छ ।

हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको पुरा विवरण भने अझै आइसकेको छैन ।

लेबनानी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरेलले बेहोरेको पहिलो मानवीय क्षति हो । हिज्बुल्लाहले लडाइँमा इजरेली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरेली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ ।

विवरणहरूका अनुसार छ जनालाई हिज्बुल्लाह लडाकुहरूले एम्बुसमा पारेका थिए भने अन्य दुईजना मोर्टार हमलामा परेका थिए । हिज्बुल्लाहले आफ्ना दर्जनौँ लडाकुले इजरेली कमान्डोहरूतर्फ ट्याङ्कभेदी मिसाइल प्रहार गरेको जनाउँदै बुधवार एक सीमावर्ती गाउँमा भएका लडाइँका क्रममा दर्जनौँलाई मारेको र घाइते बनाएको जनाएको छ।

यता इजरायली सेनाले भने लेबनानको ४ सय मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको ज्यान गएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।

केही ठाउँहरुबाट इजरेली सेनालाई लखेटेको पनि हिज्बुल्लाहले दाबी गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ । इजरायलको आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको ज्यान गएको थियो ।

त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । अस्ति मङ्गलवार राति एकैदिन इरानले झण्डै २ सय मिसाइल इजरायली भूमिमा आक्रमण गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।

लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । बुधवार साँझ लेबननको स्वास्थ्य मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ४६ जना मानिसहरू मारिनुका साथै ८५ जना घाइते भएको जनाएको थियो ।

तर उसले त्यसमा सर्वसाधारण र लडाकुहरूको वर्गीकरण गरेको छैन । यसबीच मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको खबरमा उल्लेख छ ।

यता इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले तेहरानमा भएको बैठकमा अमेरिका र केही अन्य युरोपेली देशविरुद्ध कडा शब्द प्रयोग गरेका छन् । उनले इजरायल–हिजबुल्लाह र हमासबीच जारी युद्ध र क्षेत्रीय तनावका लागि अमेरिका र केही युरोपेली देशलाई दोष दिँदै यी देशले यस क्षेत्रमा शान्ति ल्याउने झुटो दाबी गरेको बताएका हुन्।

उनले यस क्षेत्रमा रहेका देशहरू शान्तिमा बस्नका लागि उनीहरूलाई यस क्षेत्रबाट ’गायब’ गर्नुपर्ने बताएका छन् । खामेनीले हिज्बुल्लाह नेता हसन नसरल्लाहको हत्यामा शोक व्यक्त गरे ।

एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार इजरायलमा क्षेप्यास्त्र प्रहार गर्ने आदेश देशका सर्वोच्च नेताले दिएको बताएका छन् । यता इजरायल र उसका मित्र देशले इरानको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले इरानले आगोसँग खेलिरहेको र यो खेल उसकै लागि घातक हुने चेतावनी दिएका छन् ।

इरानी मिसाइलहरुले इजरेलको राजधानी तेल अभिभसहितका शहरमा केही क्षति पुगेको छ । अमेरिका, बेलायत, फ्रान्स, जापान, अस्ट्रेलियासहितका देशले पनि इरानलाई कडा चेतावनी दिएका छन् ।

हिजोदेखि लेबनान प्रवेश गरेर कारबाही थालेको इजरायलले सो सैन्य अभियानका लागि थप सेना पठाएको छ । आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहका अखडाहरूमा आक्रमण तीव्र बनाउन थप सेना पठाएको बताएको छ ।

३६ औं डिभिजन र अन्य समूहबाट थप सेना खटिएको बताइएको छ । हिजबुल्लाहले यसअघि लेबनानमा इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो । तर इजरायली सेनाले भने अदाइसेह शहरमा प्रवेश गरिसकेको बताएको छ ।

इजरायलले लेबनानमा एक हप्तासम्म हवाई आक्रमण गरेर हिजबुल्लाहका केही अखडा ध्वस्त बनाएपछि जमिनबाट समेत आक्रमण थालेको छ ।

Tags: #अमेरिकाविरुद्ध इरान#इजरायली रक्षा बल (आईडीएफ)

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.