अब नेपालमा ५० वर्षसम्म एयरहोस्टेज, विश्वकै बृद्ध एयर होस्टेजको हुन् ?

अब नेपालमा ५० वर्षसम्म एयरहोस्टेज, विश्वकै बृद्ध एयर होस्टेजको हुन् ?

२० असोज , काठमाण्डौ ।
सरकारले विमान परिचारक÷परिचारिका (एयरहोस्टेज) को ४५ वर्षे उमेर हदलाई ५० वर्ष पु¥याउने भएको छ । ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनतर क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाई नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए ।

’५ वर्ष अनुभवी एयरहोस्टेजले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ । ४५ को उमेरहदलाई ५० मा पु¥याउने निस्कर्षमा पुगेका छौं। त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौं ।

उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए । मन्त्री पाण्डेले नेपालका सन्दर्भमा अहिले औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेर हद ५० वर्ष पु¥याउँदा फाइदा हुने पनि बताए ।

मन्त्रालयसँगको सहमतिसँगै छलफलमा सहभागी विमान परिचारक÷परिचारिकाहरु आन्दोलनका कार्यक्रम फिर्ता लिएर काममा फर्किने प्रतिवद्धतासहित फर्किएको मन्त्री पाण्डेले जानकारी दिए ।

क्याबिन क्रुको हड्तालका कारण नेपाल वायुसेवा निगमको शुक्रवार राति साढे ११ बजेको काठमाडौं–दुबई उडान रद्ध भएको थियो।जसकारण ३ सय २८ यात्रु अलपत्र परेका थिए ।

निगममा कार्यरत परिचारिका÷परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याविन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी २०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याविन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा थिए । विश्वमा एयर होस्टेजको उमेरको कुरा गर्ने हो भने ८६ वर्षको उमेरसम्म काम गरेको एक बृद्धाले गिनिज वल्र्ड रेकर्ड्समा नै नाम लेखाइसकेकी छन् ।

८६ वर्षीय अमेरिकी महिलालाई २०२२ मा संसारमा सबैभन्दा लामो समय सेवा गर्ने र सबैभन्दा वृद्ध उडान परिचारिकाको रूपमा मान्यता दिएको थियो । उनले ६५ वर्षसम्म एयर होस्टेसको रुपमा काम गरेकी थिइन् ।

उनको नाम बेट्टे न्यास हो। बोस्टन, म्यासाचुसेट्स, अमेरिकाकी निवासी उनको गएको मेमा ८८ वर्षको उमेरमा निधन भएको थियो । न्यासले सन् १९५७ मा एयर होस्टेसको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.