NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

दशैँमा पनि ब्यालेन्स डाइट आवस्यक छ ?

बिहिबार अशोज २४ , २०८१
Reading Time: 1 min read
A A
रामधुनीमा ८० लाखको लागतमा बधशाला निर्माण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ असोज , काठमाण्डौ।

यतिबेला दशैँको माहोल छ । मांसाहारीका लागि दशैंको विशेष परिकार मासु हो । यतिबेला घरघरमा आआफ्ना गक्षअनुसार खसी, बोका, रागा, कुखुराको काट्ने र खाने गरिन्छ । घरमा वा छरछिमेक तथा आफन्तकोमा जता गए पनि मासु नै खाने चलन हुन्छ ।

यसले गर्दा अन्य समयमा भन्दा दशैँको समयमा बढी नै मासु खाने गरिन्छ । यस्तै दशैंको समयमा कार्यलय बिदा हुने हुँदा अघिकांश मानिसहरु दशैँ मनाउन गाउँघरमा फर्किने गर्छन् । आफ्ना नियमित कार्यलाई छाडेर मानिसहरु गाउँघर तथा पारिवारिक रमाइलो वातावरणमा रम्ने गर्छन् ।

जसले गर्दा उनीहरुको शारीरिक व्यायाम तथा काम नियमित नहुने पनि हुनसक्छ । दशैँको महोलले शारीरिक व्यायाम नगर्ने र अन्य समयमा भन्दा अघिक मात्रामा खानेकुरा तथा मासु खाने बानीले मानिसहरुको स्वास्थ्यमा तत्कालिन तथा दीर्घकालिन समस्या निम्तिन सक्छ ।

त्यसैले दशैँ लगायत चाडपर्वको समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । दशैँको समयमा विशेषगरी उच्च रक्तचाप मुटु रोग भएका तथा दीर्घ रोगका बिरामीहरुले खानपानमा विशेष ध्यान दिनुपर्ने मुटुरोग विशेषज्ञहरु बताउँछन् ।

यस्तै मुटुरोगका बिरामीले धेरै मात्रामा बोसो भएको चिल्लो, अजिनामोटा प्रयोग गरिएका खानेकुरा तथा मासु खान नहुने उनीहरुको भनाइ छ । त्यसैले अब कुरा आयो, दशैँको समयमा मुटुको स्वास्थ्यमा कसरी ख्याल राख्ने ? कस्तो खानपानले मुटुमा असर पर्दैन ? कस्तो समस्या देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा जाने ?

अब यसबारे चिकित्सकहरुले सुझाएका कुराहरु यस्ता छन् । सबैभन्दा पहिला मुटुरोगीका लागि स्वस्थकर खाना के हो भन्ने विषयमा बुझ्न अति आवश्यक छ । स्वस्थकर खाना हुनका लागि हामीले खाने खानामा कार्बोहाइड्रेडको मात्रा, प्रोटिनको मात्रा र बोसोको मात्रा मिलेको हुनुपर्छ ।

नेपालीको बानी भात धेरै खाने तर तरकारी तथा गेडागुडी थोरै खाने छ । भातमा कार्बेहाइड्रेड हुने भएकाले भात मात्र खाँदा कार्बोहाइड्रेड बढी हुन्छ । मुटुलाई स्वस्थ राख्न शरीरमा कार्बोहाइड्रेडको मात्रा बढी हुनु हुँदैन । मुटुलाई स्वस्थ राख्न भातको मात्रा कम र सागसब्जी तथा फलफूल धेरै खाने र बोसोजन्य पदार्थ कम खानुपर्छ ।

बनस्पती घ्यूमा बनेको खानेकुरा खानु हुँदैन । मुटुलाई स्वस्थ राख्न बोसोयुक्त मासु खानु हुँदैन । दसैँमा मासु खाने चलन हुन्छ । त्यतिबेला बोसोयुक्त मासु नखानु नै उपयुक्त हुन्छ । मासु पकाउँदा सकेसम्म तोरीको तेल प्रयोग गर्न सकिन्छ । घ्यूमा पकाएको खानेकुरा समेसम्म खानु हुँदैन ।

खानामा कार्बोहाइड्रेड, बोसो, प्रोटिनको मात्रा बराबर मात्रामा खानु उपयुक्त हुन्छ । कस्तो खाना खाने भन्ने कुरा रोग अनुसार फरक हुनसक्छ । जस्तो उच्च रक्तचापको समस्या भएका व्यक्तिले धेरै अचार, पापड, मसला, धेरै नुनिलो, बट्टामा प्याक गरेर राखेका खानेकुरा, अचार तथा अजिनामोटो प्रयोग गरिएको खानेकुरा खानु हुँदैन ।

बट्टामा राखिएको खानेकुरामा धेरै सोडियम हुन्छ। सोडियम भएका खानेकुरा धेरै खानुहुँदैन । पोटासियम धेरै भएका खानेकुराहरु फलफुल, सागसब्जी धेरै मात्रामा खानुपर्छ ।यस्तै मधुमेहका बिरामीले पनि गुलियो पदार्थ कम खानुपर्छ । जनमानसमा चिल्लो खान हुने तर गुलियो खानेकुरा खाँदा केही फरक पर्दैन भन्ने भ्रम छ ।

तर, यस्तो होइन । चिनी भएको खानेकुरा शरीरमा गएर बोसोमा परिणत हुन्छ । त्यसैले चियामा खाने चिया देखि कोल्डडिङ्क, मिठाइ कम खानुपर्छ । यस्तै जीवनशैलीलाई स्वस्थ राख्न दैनिक शारीरिक व्यायाम गर्नुपर्छ । धुम्रपान गर्नु हँुदैन ।

यस्ता बानी अपनाउने हो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ । दिनमा यति नै मासु खानुपर्छ भन्ने हुँदैन । महत्वपूर्ण कुरा के छ भने सानो उमेरका व्यक्तिहरुको शारीरिक क्रियाकलाप बढी हुन्छ । उनीहरुले खाएको खानेकुरा सहजै पचाउन सक्छन् ।

तर जति उमेर बढ्दै गयो, त्यति नै जीवनशैली पनि निस्क्रिय हुँदै जान्छ । उमेर बढ्दै गएपछि कामको लोड र अन्य पारिवारिक जिम्मेवारीका कारण पनि मान्छेले आफूलाई समय दिन शारीरिक व्यायाम गर्न सकिरहेको हुँदैन ।

मासु वा कुनैपनि खानेकुरा कति मात्रामा कसरी खाने भन्ने कुरा उसको जीवनशैली र सक्रियतामा पनि भर पर्छ । दशैँको समयमा नेपालीहरु घरमै खसी, बोका, रागाँ काट्ने गर्छन् । बिहान देखि बेलुकासम्म मासुमात्र खाने बानी हुन्छ ।

यो बानी खासमा स्वास्थ्यका हिसाबले राम्रो होइन । यो बानी मुटुरोग भएका बिरामीलाई मात्रा होइन, स्वस्थ मानिसका लागि पनि हानिकारक छ । धेरै मात्रामा मासुमात्र खाने बानीले विस्तारै मुटुरोग लाग्ने सम्भावना पनि बढ्नसक्छ ।

विशेषगरी उच्च रक्तचापका बिरामीहरुले सकेसम्म औषधि खान नपाए हुन्थ्यो भन्ने चाहान्छन् । अनि यसका लागि उनीहरुले एकसातासम्म करेला खाने, नुन नखाने, एलोभेराको जुस पिउने गर्छन् । यसरी रक्तचाप कम गराउछन् र फेरी एकैपटक मासु, भात खाने बानी हुन्छ ।

तर चिकित्सकहरुका अनुसार डाइट भनेको जहिले पनि ब्यालेन्समा हुनुपर्छ । र डाइट ब्यालेन्स नियमित हुनुपर्छ । एकदिन एककिलो नुन खाने अनि एकदिन नुन नै नखाने गर्दा त शरीरको ब्यालेन्स झनै बिग्रन्छ । यो दशैँको समयमा पनि ब्यालेन्स डाइट गर्नु नै उपयुक्त हुन्छ । हेल्दी लाइभस्टाइल र हेल्टी न्युट्रिसन हुन आवश्यक छ ।

Tags: # ब्यालेन्स डाइट#balance diet#दशैंमा मासु कति खाने ?

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.