प्राविधिक शिक्षामा विद्यालय सञ्चालकहरुको जोड

प्राविधिक शिक्षामा विद्यालय सञ्चालकहरुको जोड

विराटनगर,असोज ८
निजी विद्यालयका सञ्चालकहरुले बदलिदो परिवेश अनुशार नै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

प्याब्सन विराटनगर महानगर कार्यसमितिको सोमबार विराटनगरमा भएको प्रथम नगर अधिवेशनमा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याब्सन)का पदाधिकारीले प्राविधिक बिषयमा जोड दिएका हुन् ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले बदलिएको विश्व परिवेशसँगै डिग्री र ग्रेड मात्र हासिल गर्ने शिक्षा महत्वहीन हुँदै गएको बताए ।

देश विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको विषयमा गृहकार्य गरेर सोहीअनुसारको पाठ्यक्रम विकास गर्नुपर्ने उनको सुझाव छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले शिक्षाको विकासमा निजी तथा संस्थागत विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दासले विभिन्न प्रकारका ऐन नियम लादेर निजी विद्यालयहरुलाई अफ्ठयारो पार्न खोजिएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.