NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

विपद्पछिको दशैं, विदेशीनेको दशैं

शनिबार अशोज २६ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका साइत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२६ असोज ,काठमाण्डौ ।

बडादशैं २०८१ को अवसरमा देश तथा विदेशमा रहनुभएका यहाँहरु सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उच्च प्रगतिको हार्दिक मंगलमय शुभकामना । आज विहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाइएको छ ।

तर शुभ साइत पर्खिन नसक्ने र नभ्याउनेले भने आआफ्नो अनुकुलको समयमा टीका लगाएका छन् । र आउँदो पूर्णिमासम्मै यो क्रम चलिरहने छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट टीका ग्रहण गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिले सर्वसाधारण तथा विशिष्ट ब्यक्तिहरुलाई पनि टीका लगाइदिए । यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निर्मल निवासमा सर्वसाधारण तथा शुवेच्छुकहरुलाई टीका लगाइदिएका छन् । तर प्रधानमन्त्रीले भने यसपटक सर्वसाधारणलाई टीका लगाइदिएनन् ।

देश विपद्को घडीमा रहेकाले यतिबेला आफ्नो मन भारी रहेको र टीका उल्लासपूर्ण हुन नसकेको पनि उनले जिकिर गरेका छन् ।बास्तवमै दशैं उल्लासमय पर्व भएपनि यसपटक ठूलो राष्ट्रिय विपद्पछि आएको छ । दशैंअघिको मनसुनी विनाशले अझै पनि सडकहरु राम्रोसंग सुचारु भएका छैनन् ।

जसका कारण एकातिर यात्रा जोखिमपूर्ण नै छ भने अर्कातिर धेरै मानिसहरुले सडक अवरुद्ध हुँदा, टिकट नपाउँदा र हवाई टिकटको जोहो गर्न नसक्दा यो दशैंमा परिवारको साथमा रहन पाएनन् । यस वर्ष पोहोर परारभन्दा दसैंमा घर फर्कनेहरूले बढी नै सास्ती भोग्नु प¥यो ।

यस्तै विपद्बाट प्रभावितहरुको अवस्था झनै गाहे छ । कति शोकमा छन् भने, कति घरको छाना र खाना अब कसरी जुटाउने भन्नेमा छन् । आउँदै गरेको जाडो कसरी कटाउँने, केटाकेटी, बाआमा, विरामीलाई कसरी जोगाउने भन्ने चिन्तामा छन् ।

सयौं परिवारले त आफन्तजन, घरवार, श्रीसम्पत्ति गुमाएका छन् । यस्तोमा दशैं आएरपनि उनीहरुका अनुहारमा खुसी छाएन । हामी कामना गर्छौ उनीहरूलाई दुःख सहने शक्ति प्राप्त होस् । यद्यपि केहीले आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् ।

अर्कातर्फ दशैंको टीकाको दिनमा पनि आज विदेशीनेको लर्को देखियो । टीकाकै दिन कतिपय अविभावक अमिलो मन बनाएर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा छोराछोरीलाई बिदाइका हात हल्लाउन पुगे । कतिपयले टीका घरबाट नै लगाएर विदेश जान आएका थिए । भने कतिपयले विमानस्थल बाहिर नै टीका लगाएका थिए ।

आज पनि विदेशीने कोही विद्यार्थी थिए, कोही श्रमिक । अनि उनीहरुको अभिवावको मुहारमा छोराछोरीसँग टाढिनु परेको वेदना थियो । कोही जीवनसाथी भक्कानिदै थिए । दुवैतर्फका आखाँबाट आँसु झारिहेका थिए । उल्लासमय हुनुपर्ने यो दशैं उनीहरुका लागि भने आज खल्लो खल्लो भयो ।

दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमा विशेष गरेर मान्यजनको हातबाट टीका थापेर आर्थिवाद लिने गरिन्छ । तर वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने दशैंमा पनि परिवारबाट छुटने क्रम बढदो छ ।

विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा बाह्य उडानको चाप देखिएको छ । देशमा रोजगारीको अवसर नभएपछि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढदै गएको छ । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरु विदेशिने गरेको पाइएको छ ।

सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्यो क्रम निश्चय नै रोकिने थियो ।अर्कातिर भने विश्वभर छरिएर रहेका नेपाली डायस्पोराले विभिन्न कार्यक्रम गरी दशैं मनाएको पनि सामाजिक संजाल देखियो ।

चाहे प्रवासी हुन् वा पढ्न, काम गर्न गएकाहरु एकजुट भएर विदेशमा पनि धुमधामले दसैँ मनाएका छन् । यद्यपि, उनीहरुलाई पनि आज नेपाल, आफ्नो गाउँठाउँ, परिवारको अभाव अवस्य नै खट्किएको छ ।

अर्कातिर आज दशैंका दिन हामीले सम्झनै पर्ने हाम्रा राष्ट्र सेवकहरुलाई हो जो यस्ता चाडवाडमा पनि आफ्नो ड्युटीमा खटिएका छन् । हाम्रा सुरक्षाकर्मीहरु, स्वास्थकर्मीहरु, संचारकर्मीहरु लगायतले पनि आज दशैं आफ्नो पेशामै मनाएका छन् । देश र जनताको सेवामै आज पनि रमाएका छन् ।

यस्तै दसैं नमनाउनेहरू पनि छन् । तर उनीहरु पनि यस अवसरलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाउँछन् । परिवार छाडेका परदेशी घर फर्खन दसैं नै पर्खन्छन् भने यही बेला आफन्तहरू परदेशीका बाटो हेरेर बस्छन् ।

मीठो खाने र राम्रो लगाउने रहर मेट्न दसैं पर्खने चलन पनि अझै हराएको छैन । अहिले त बिरानो थलोमा जन्मेहुर्केका कतिपय केटाकेटीका दसैं पुर्ख्यौली थलोमा फर्केर आफ्नो जरा चिन्ने र माटोसँग माया गास्ने मौका पनि बनेको छ ।

तपाइँ चाँही यो दशैंलाई कुनरुपमा लिनुहुन्छ । कसरी मनाउँदै हुनुहुन्छ ? आफ्ना भनाइ पनि हामीसंग साट्नु होला है । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Tags: #दशैंको रातो टीका र जमरा#नेपाल टाइम्स् ट्रेडिंग#विदेशीनेको दशैं#विपद्पछिको दशैं

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.