२७ असोज, एजेन्सी ।
विपत्तिका कारण २२ हजार भन्दा बढी श्रीलंकाली विस्थापित भएका छन् ।
श्रीलंका विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अक्टोबर ७ देखि शनिबार बिहानसम्म पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएका हुन् ।
वर्षा र हावाहुरीका कारण बाढी र रुख ढल्दा मानिस विस्थापित भएको बताइन्छ ।