विराटनगर, असोज ८
सरकार गठन भएको सात महिना पछि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरमा कृषि बिकास निर्देशनालयको स्थापना गरिएको छ ।
साविकको जिल्ला कृषि कार्यालय रहेको भवनमा प्रदेश सरकारको पहिलो औपचारिक प्रशासनिक कार्यालयका रुपमा कृषि बिकास निर्देशनालय स्थापना गरिएको हो ।
प्रदेश नं १ को सरकार ३ फागुनमा गठन भएको थियो । उससंग यसअघि मन्त्रालय वाहेका अन्य काम गर्ने प्रसासनिक कार्यालय रहेका थिएनन् ।
यो कार्यालयका स्थापनासँगै प्रदेश सरकारको सम्वन्धित मन्त्रालयले प्रशासनिक काम गर्ने बाटो समेत खुलेको छ ।कृषि बिकास निर्देशनालयकमा बेनुप्रसाद प्रसाई कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका छन् ।
कार्यालयका लागि कुल ३८ जना कर्मचारीको दरबन्दी रहेपनि धेरै कर्मचारी भने हाजिर हुन बाँकी नै रहेका छन् ।