NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी

बिहिबार कार्तिक १ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१ कार्तिक , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा आन्तरिक रुपमा अक्सनबाट खेलाडी छनोटपछि विदेशी खेलाडी भित्र्याउने क्रमपनि सुरु भएको छ । फ्रेन्चाइज पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी आन्द्रेसलाई अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरसंग वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग(सिपीएल), ग्लोबल टि ट्वान्टी क्यानडा, मेजर लिग क्रिकेट, इन्टरनेशनल लिग टि ट्वान्टी लिग खेलेको अनुभव छ ।

यो वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना भएको टि ट्वान्टी विश्वकपमा गौस अमेरिकाको लागि सर्वाधिक रन जोड्ने खेलाडी रहेका थिए । उनले ६ खेलमा १५१.०३ को स्ट्राइट रेटमा २ सय १९ रन बनाएका थिए ।

प्रतियोगितामा गौसले दुई अर्धशतक समेत बनाएका थिए । टि ट्वान्टी विश्वकपमा अमेरिकाले सुपर ८ मा प्रवेश गर्दै ऐतिहासिक नतिजा निकालेको थियो । उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् ।

पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताएका छन् । यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनी चेन्नईका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् । टोलीमा कुशलसंगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ रहेका छन् ।

नेपाली खेलाडी छनोटका गत साताको आइतवार अक्सन भएको थियो । विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् । एनपीएलमा सफल विदेशी खेलाडी र प्रशिक्षकहरुको आवागमनले नेपाली क्रिकेटको व्यवसायिकता थप बढ्ने साथै विश्वको नजर समेत यसमा पर्ने विश्लेषण गरिएको छ ।

यसअघि सम्पन्न अक्सनबाट समेत नेपाली क्रिकेटरले राम्रो आर्थिक लाभ लिएका छन् । एनपीएलमा सहभागी ८ टिमले १० खेलाडीका लागि समान ९० लाखसम्म खेलाडी छनोटमा खर्चिएका छन् ।

हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् । यसबाहेक हरेक टिमले मार्की खेलाडीलाई २० लाख खर्चिएका छन् । फ्रेन्चाईज टिममा पनि ठूलो राशिमा सम्झौता भएको छ ।

क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता भइसकेको छ । तर एनपीएल भित्र विवाद देखिएको छ । एनपीएललाई लिएर पूर्व क्रिकेटर तथा व्यवसायी आमिर अख्तरले नेपाल क्रिकेट संघ क्यानलाई चेतावनी दिएका छन् ।

नेपाल प्रिमियर लिग एनपीएल कम्पनीको रुपमा आफ्नो नाममा दर्ता रहेको र सो सम्बन्धि सम्पूर्ण अधिकार आफ्नो हुने दाबी गर्दै आमिरले क्यानलाई आफ्नो सहमति बिना फ्रेन्चाईज प्रतियोगिता अघि नबढाउन चेतावनी दिएका हुन् ।

आमिर अख्तरले क्यानसामु चेतावनीयुक्त चुनौती दिएपनि क्यान भने यसको ट्रेडमार्क आफैमा रहेको भन्दै ढुक्क देखिएको छ । क्यानले अख्तरको दाबीलाई अस्वीकार गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपालभित्र क्रिकेट गतिविधि सञ्चालनको अधिकार क्यानलाई नै छ।

Tags: #अमेरिकी क्रिकेटर आन्द्रेस#आन्द्रेस गौस#नेपाल प्रिमियर लिग (एनपीएल)

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.