साफको फाइनलः लिबिस्टिकदेखि झण्डासम्म लैजान प्रतिबन्ध

साफको फाइनलः लिबिस्टिकदेखि झण्डासम्म लैजान प्रतिबन्ध

१३ कार्तिक , काठमाण्डौ।

नेपालमा जारी साफ महिला च्याम्पियनसिपको भारतसँगको तनावपूर्ण खेलपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनलको सुरक्षालाई चुस्त बनाएको छ । एन्फाले सुरक्षाका कारण खेल र खेलाडीमा पर्नसक्ने असरलाई मध्यनजर राख्दै रंगशालामा लैजान नपाइने सामग्रीको सूची नै सार्वजनिक गरेको छ ।

 च्याम्पियनसिपको फाइनलमा बुधबार साँझ नेपालले बंगलादेशविरुद्ध खेल्दै छ । यो खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाले मंगलबार रंगशाला परिसरमा प्रतिबन्धित सामग्रीको सूची सार्वजनिक गरेको हो ।

यी हुन् प्रतिबन्धित सामग्रीहरुमा हतियारदेखि,झण्डा र पानीका बोतल र लिबिस्टिकसम्म रहेका छन् । जसमा :

१. हातहतियार– बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार ।

२. धूम्रपान र आगो बाल्ने सामग्री– चुरोट, लाइटर, सलाई आदि ।

३.मादक पदार्थ– मदिरा र अन्य नसालु पदार्थहरू ।

४. झोला र ठूला ब्यागहरू– साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन् ।

५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू– हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू ।

६. प्रचार सामग्री– अनुमतिबिना ब्यानर, झण्डा, पोस्टर आदि ।

७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू– पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्वाइन ।

८. लेजर लाइट– खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रिंस र्

९ अन्य अवैध पदार्थ– कुनै पनि प्रकारका लागु औषधहरू

१०. छाता– लिबिस्टिक, नेल कटर, कैँची, काइयो ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले साफ महिला च्याम्पियनसिप २०२४ को टिकट बिक्री गर्ने भएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो।

आइतबार करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार ९ जना दर्शकलाई प्रवेश दिएको म्याच रिपोर्टमा सार्वजनिक भएको थियो। लगत्तै एन्फाले क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै बंगलादेश र नेपालबीच हुने फाइनल खेलको टिकट बिक्री रोकेको थियोे।

उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ । एन्फाले जावलाखेल खेलमैदान, एन्फा कम्प्लेक्स र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट बुधबार बिहान सामान्यतर्फ १० हजार टिकट बिक्री गर्ने जनाएको छ।

तनाव र रोमाञ्चकताले भरिएको खेल जितेर फाइनल पुगेको नेपालले बुधबार बंगलादेशविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेश लगातार दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन् ।

अघिल्लो संस्करणमा बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि नेपाल उपाधि जित्नबाट बञ्चित भएको थियो । बंगलादेशले भने पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउँदै जारी संस्करणको फाइनलमा स्थान पक्का गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.