NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीलाई पाइला पाइलामा असुरक्षा ! सडकभरी प्रहरी

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
‘मच्छडले हात्ती खाएको सपना देख्नु र नेपालले टर्च बालेर एमाले खोज्नुपर्छ भन्नु उस्तै’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ कार्तिक, काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा कडाइ हुँदा सोमबार विराटनगरका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । प्रधानमन्त्री ओली सोमबार काठमाडौंबाट विराटनगर हुँदै धरान जाने क्रममा यस्तो अवस्था देखिएको हो ।

आज विहानैदेखि विराटनगरको एयरपोर्ट भित्र जान समेत सर्वसाधारणलाई विगत भन्दा कडाइ गरिएको थियो । एयरपोर्ट बाहिर प्रत्येक मिटरमा जसरी प्रहरी तैनाथ गरिएको थियो । त्यसक्रममा सडकमा रोकिएका सिटी सफारी र एकल सवारी चालकलाई समेत सडकमा नरोकिन प्रहरीले निर्देशन दिइरहेका थिए ।

प्रधानमन्त्री ओली धरान स्थित बिपि कोइराला विज्ञान तथा स्वास्थ्य प्रतिष्ठानमा आयोजना हुन गइरहेको दीक्षान्त समारोहमा सहभागि हुन विराटनगर हुँदै आएका हुन् । सोमबार बुद्ध एयरको विमानमा काठमाडौंबाट विराटनगर आएका प्रधानमन्त्री ओली विराटनगर विमानस्थलमा अवतरण गर्नुभन्दा ४५ मिनेट अगाडिदेखिनै सुरक्षा निकायले विमानस्थल आसपास सुरक्षा व्यवस्थामा कडा गरेका थिए ।

जसका कारण विराटनगरका सडकमा मात्रै होइन् विराटनगरबाट काठमाडौँ उड्ने तयारीका साथ विमानस्थल पुग्न लागेका सर्वसाधारणलाई समेत आधा किलोमिटर टाढा नै आ–आफ्ना सवारी साधनबाट उत्रिएर आफै सामान बोकेर हिँड्दा विमानस्थल पुग्न सास्ती खप्नु प¥यो ।

साना साना बालबालिकासहित काठमाडौं हिडेका आमाहरु समेत सवारीबाट उत्रिएर पैदलै विमानस्थल जान बाध्य भएका थिए । यस विषयमा मोरङ प्रशासनले भने प्रशासनिक कर्तव्य मात्रै पालना गरेको बताएको छ भने कोशी प्रदेश प्रहरी कार्यालयले पनि प्रधानमन्त्रीको सुरक्षाको विगतकै प्रोटोकल अनुशारै सुरक्षा व्यवस्था अपनाइएको बताएको छ।

पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा प्रधानमन्त्री ओलीको विरोध हुँदै आएको छ । यो क्रम पछिल्लो समय साफ महिला च्याम्पियनसिपको क्रममा दशरथ रंगशालामा देखिएको थियो । जहाँ प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

नेपालले फाइनलमा बंगलादेशसँग उपाधि भिड्न्तमा हार व्यवहोरेपछि सामाजिक संजालमा समेत प्रधानमन्त्रीमाथि आक्षेप लगाउदै आलोचना भएको थियो । यो घटनामा भने प्रतिपक्ष दल रास्वपाको भूमिका रहेको आक्षेप लागेको छ ।

यसअघि गौरा पर्वको अवसरमा काठमाडौकै टुंडिखेलमा प्रधानमन्त्री ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिविरुद्ध नाराबाजी भएको थियो । जसको आरोपमा तीन युवालाई पक्राउ गरी ४ दिन हिरासतमाख राखेर ९,९ हजार जरिवानासहित धरौटीमा छाडिएको थियो ।

युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन । त्यसपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको बताए ।

त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि देउवाले बोल्दा झनै धेरै नाराबाजी भएको थियो । त्यसपछि देउवाले दर्शकलाई भने, ‘‘कार्यक्रम बिथोल्ने, लाज छैन, यही हो नेपालको चलन ?’ विरोधका स्वर र असुरक्षाको डरले प्रधानमन्त्रीलाई नेपालमा मात्रै होइन अमेरिकामा समेत पछ्याएको थियो ।

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका क्रममा नेपालीहरुसँगको अन्तरक्रियाको कार्यक्रम असुरक्षाकै कारण स्थगित भएको सूचना त्याहा स्थित नेपाली वाणिज्यदूताबासले नै जारी गरेको थियो ।

यी विरोधका स्वरहरुले प्रधानमन्त्री सहभागि हुने कार्यक्रमहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने गरिएको छ । विरोध हुने डरले नै इन्द्रजात्राको अवसरमा काठमाडौंका मेयर बालेन्द्र शाह बालेनको तस्विर अंकित टिसर्ट लगायका युवाहरुलाई विरोश गर्ने शंकाको घेरामा राखी प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने भन्दै बाहिरने क्रममा अत्यन्त छोटो प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्रीलाई स्वागत गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

Tags: #पाइला पाइलामा असुरक्षा !#प्रधानमन्त्री केपी शर्मा ओली

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.