NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !

मङ्लबार कार्तिक २७ , २०८१
Reading Time: 1 min read
A A
भ्रष्टलाई हेर्दै नहेर्ने ओली क्याविनेटमा भ्रष्टचारी मन्त्री !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ कार्तिक , काठमाण्डौ ।

भ्रष्टचार गर्दै नगर्ने र भ्रष्टचारीलाई हेर्न समेत नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेट मन्त्रीमाथि खुलमखुला भ्रष्टचारको गम्भिर आरोप लागेको छ । र यो आरोप अरु कसैले नभएर उनी मन्त्री भएकै सत्तारुढ दलका सांसदले लगाएका छन् ।

यसले सत्तारुढ दलभित्र मात्रै होइन गठबन्धनको सरकारभित्र समेत कम्पन्न पैदा गरेको छ । नेपाली कांग्रेसबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका बद्री पाण्डेमाथि उनकै दलका सांसद राजेन्द्र बजगाईँले घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् ।

रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले लगाएका हुन् । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’

बजगाईँले क्यासिनो सञ्चालन अनुमतिपत्र समेत सार्वजनिक गर्दै भनेका छन्– एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको पुष्टि गरे । मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देशन ग¥यो । उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थेँ सभापति र उहाँको परिवारले दिएनन् भन्दै हिँड्छ । यो झुट हो किनभने सभापति ,गृह ,परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्दै गर्दा १५ सांसद साक्षी छौं ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोले उक्त रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो । त्यतिबेला नयाँ गठबन्धन अन्तर्गत सरकार गठन भएर पाण्डे पर्यटनमन्त्रीमा नियुक्त भएको दुई साता भएको थियो ।

त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि. क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको थियो । रुपन्देहीस्थित तत्कालीन टाइगर हेरिटेज रिसोर्ट अहिले दुई कारणले विवादित छ ।

पहिलो उक्त रिसोर्टको १६ बिघा जग्गामध्ये केही जग्गा सरकारी स्वामित्वको क्षेत्रमा रहेकोले मिचिएको उक्त जग्गामा बनेको संरचना भत्काउन स्थानीयबासीले माग गर्दै आएका छन् । यो विषयमा २०७८ सालमै अदालत अन्तरिम आदेश समेत सुनाएको थियो ।

उक्त आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै यथास्थितिमा राख्नु भन्ने उल्लेख छ । सांसद बजगाईँ अहिले पनि अदालतको आदेश कायमै रहेको र यो अवस्थामा नयाँ स्वामित्व हस्तान्तरण र नयाँ लाइसेन्स दिनै नमिल्ने बताउँछन् ।

अर्को चाहिँ यो रिसोर्टको सञ्चालक कम्पनीको अफसोर कारोबारमा करोडौँको कर छली भएको आरोप समेत लाग्दै आएको छ । सिल्भर हेरिटेज लिमिटेड नामक कम्पनीले सञ्चालन गर्दै आएको एक्त होटलको स्वामित्व होटलमा यसअघि हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानीमा थियो ।

अघिल्लो वर्ष साउनमा यसको स्वामित्व हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक नामक कम्पनीमा सारिएको छ । सांसद बजगाईँले पछिल्लो समय आफ्नो भनाइ तोडमोड गरेर आफूमाथि गलत प्रचार चलाएको समेत उल्लेख गरेका छन् ।

उनी भन्छन्, ‘मन्त्री पाण्डे र अधिकारीले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईँको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन् ।’

अहिले उक्त रिसोर्टमा बुद्धिसागर सुवेदी र दीपक गौतमको स्वामित्वमा छ । उनीहरू अमेरिकी नागरिक गैर आवासीय नेपाली हुन् । स्वामित्व परिवर्तन भएसँगै अहिले विभिन्न बैंकमा रहेका कर्जा समेत गैरकानुनी रुपमा नयाँ कम्पनीको नाममा ट्रान्सफर भएको पाइएको छ ।

यसमा पर्यटन मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालयदेखि बैंकसम्मको गतिविधिमा कैफियत देखिएको छ । मन्त्री पाण्डेले कांग्रेसका कुन नेताको घरमा पैसा पठाउन लगाए भन्ने सांसद बजगाईले खुलाएका छैनन् ।

मन्त्री पाण्डेमाथि पर्यटन बोर्डको सिइओ नियुक्तिमा समेत पैसा खाएको आरोप छ । यद्यपी पाण्डेले भने गुटको नेताले भनेर नियुक्ति गरेको भन्दै पैसा आफूले नलिएको जिकिर गरेको बताइन्छ। बजगाईँ भने चर्चित पर्यटन व्यवसायीसहित गोरखा १ बाट निर्वाचित सांसद हुन् ।

पाण्डे भने डा.शेखर कोइराला र गगन थापा समूहको कोटाबाट मन्त्री बनेका हुन् । उनले कर्मचारीहरुलाई भने पटक पटक काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट नभएको बताउँदै आएका छन् ।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली#भ्रष्टचार

लोकप्रीय

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

विचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

थप समाचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने
आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.