NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

राज्य सत्ता धरमराएको छ, मक्किएको छ

मङ्लबार कार्तिक २७ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
पोखरा अशान्त, प्रहरीले हान्यो अश्रुग्यास, रविका लागि सोविता लड्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२७ कार्तिक , काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेलाई अन्यायको चक्रब्यूहमा फसाइएको निष्कर्ष दोहो¥याएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका लामिछाने र अन्य शीर्ष नेताहरूबीच भएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले तयार पारेको सन्देशमा उक्त दाबी गरिएको छ ।

राज्यसत्ताको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर कसैलाई बुझाइराख्नु नपर्ने गरी छर्लङ्ग देखिएको, अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको सन्देशमा उल्लेख छ । देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका लागि मात्र हो भन्ने आभास पनि रास्वपाले गरेको छ ।

यद्यपि रास्वपा सभापति हतास नभएको बरु आफ्नो मनोबल उच्च राख्दै सबैको हौसला बढाइरहेका रास्वपाले सन्देशमार्फत भनेको छ । सभापति लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाइँमा लड्ने प्रस्ट पारेको छ ।

मंगलबार हिरासतमा लामिछानेसँग गरिएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गर्दै रास्वपाले यस्तो बताएको हो । ‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन ।

तर सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन,’ रास्वपाले भनेको छ । लामिछानेले हिरासतभित्रबाट आफूमाथि शुभेच्छा राख्ने सबैमाथि आभार सुनाइदिन पनि आग्रह गरेको रास्वपाले बताएको छ ।

सरकार र पुराना दलहरूका कारण नेपालमै केही गरौँ भन्ने सोच भएका नेपालीहरूमा पनि निराशा बढ्दै गएको रास्वपाले बताएको छ । त्यस्तै, सभापति लामिछानेले आफू कानुनी लडाइँ लड्न सक्षम भएको पनि भेट्न पुगेका नेताहरूलाई बताएको रास्वपाले बताएको छ ।

‘इतिहास साक्षी छ, देश होस् या व्यक्ति लडेरै माथि उठ्छ । अनि झुटा कुराको आयु जति नै लामो होस्, त्यसलाई सत्यले नै बदल्छ। यही विश्वासको जगमा टेकेर राज्य व्यवस्थाको शक्ति पृथकीकरणमा अझै पनि विश्वास गर्दै यो अन्यायविरुद्धको कानुनी लडाइँमा हाम्रा सभापति अटल, अडिग र अविचलित भएर लड्नुहुनेछ,’ रास्वपाले भनेको छ ।

अन्यायको सन्देश प्रवाह गर्दै उनले अवसर गुम्ला भन्ने डर नराखी बोलिरहेको रास्वपाले उल्लेख गरेको छ । देशको अवस्था बेहाल रहेको, जनता निराश हुँदै गएका तर कुशासन र भ्रष्टाचारमा लिप्त रहेको आरोप रास्वपाको छ ।

कुनै एजेन्डा र आँट नभएको दुई तिहाइको सरकार बरु दल फुटाउने र नेताहरू तर्साउने तिकडमतिर केन्द्रित रहेको रास्वपा सन्देशमार्फत उल्लेख गरेको छ । यस्तै सन्देशमा भनिएको छ, अहिलेको सरकार हाम्रा सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्र डराएको छैन ।

हातमा मोबाइल बोकेर सामाजिक सञ्जाल प्रयोग गर्ने हरेक नागरिकसँग सरकार डराएको छ । वैकल्पिक मिडियाको उपयोग गर्दै बेथिति विरुद्ध आवाज उठाउन थालेपछि राज्य सत्ता धरमराएको छ, मक्किएको छ। रास्वपाले अन्त्यमा भनेको अब जागौं,उठौं । नेपाललाई समुन्नत बनाउन अभूतपूर्व जनजागरणको खाँचो छ । विचार मिल्ने व्यक्ति र समूहहरु गोलबद्ध भएर एउटा वृहत् अभियान अघि बढाऔं।

” यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता–कार्यकर्ताले रुपन्देहीको भैरहवामा प्रदर्शन गर्दै राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै विरोध गरेका छन् । प्रदर्शनकारीले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेपनि लामिछानेमाथि अन्याय भएको भन्दै सरकारको विरोधमा लगातार नारावाजी गरिरहेका छन् ।

बिहानैदेखि विमानस्थल अघि जम्मा भएर प्रदर्शनमा उत्रिएका उनीहरुले भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयको उत्तरपट्टीको भित्री सडक र बजारमा प्रदर्शन गरेका छन् । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरमा अनुसन्धान रहेको सभापति लामिछानेको समर्थनमा पार्टीको तर्फबाट प्रदर्शन गरेको भन्दै आलोचना भएपछि भैरहवामा भने पार्टीको झण्डा प्रयोग भएको छैन तर आन्दोलनको नेतृत्व पार्टीकै नेताहरुले गरिरहेका छन् ।

रास्वपा कार्यकर्ताले भैरहवाको बुद्धचोकमा भेला भएर सभापतिको रिहाई माग गर्नुका साथै पक्राउको विरोध गरेपछि नाराबाजीसहित विरोध गर्दै सरकारी वकिल कार्यालय नजिक पुगेका छन् । रास्वपाले सरकारमाथि प्रतिशोध साधेको आरोपसहित आन्दोलन जारी राख्दा उता उसका नेताहरुविरुद्ध अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न सर्वोच्चले आदेश गरेको छ ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ ।

Tags: #राज्य सत्ता धरमराएको छ#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.