NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा सोमवार पुस २८ , २०८२
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

मंसिर १२ भित्र बक्यौता नतिरे २८ उद्योगको लाइन काटिने

बिहिबार कार्तिक २९ , २०८१
Reading Time: 1 min read
A A
प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ कार्तिक , काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।

“वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा आईआई र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला,” प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।

बिल अनुसारको बक्यौता महसुल १५ दिन (मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभए नियमानुसार प्रक्रिया अगाडि बढ्ने प्राधिकरणले चेतावनी दिएको छ ।

’वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला ।

अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने ब्यहोरा समेत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

हिजो मात्रै पत्रकार सम्मेलन गरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका थिए ।

उनले भनेका छन्, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

विद्युत् महसुल उठाउने विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घसिङले जनताको साथ पनि खोजेका छन् । बक्यौता विद्युत् महसुल उठाउने विषय अब विद्युत् प्राधिकरण, मन्त्रालय वा सरकारको विषय मात्रै नभएको भन्दै उनले जनताको तहमा पुगिसकेको बताएका हुन् ।

अहिले बक्यौता भुक्तानीका लागि दिएको १५ दिनभित्र पनि बक्यौता रकम नतिरे यसमा सर्वसाधारणकै तहबाटै आवाज उठ्ने उनले अपेक्षा गरेका छन् । उनले डेडिकेडेट विवाद समाधानको अन्तिम चरणमा आइसकेको थियो भन्दै उनले सरकारको निर्देशनका कारण फेरि लाइन जोडेको बताए ।

उनले आफूले पुरानो बक्यौता नतिरी लोड स्वीकृत नै नगर्ने नीति लिइएको भए पनि दोस्रो कार्यकाल सुरु हुनुभन्दा अगाडि थप लोड स्वीकृत भएको बताए । प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल दिएकाले त्यो सही भएको उनको भनाइ छ ।

प्राधिकरणले उद्योगीलाई अर्को बिल भने नदिने उनले बताएका छन् । घिसिङले ट्रक तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा आफूहरूले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको बताएका छन् ।

उनले नेपाल विद्युत् प्राधिकरणको नियमनकारी निकाय विद्युत् नियमन आयोग भएको भन्दै आयोगले प्राधिकरणले जारी गरेको बिलको पहिलो किस्ता तिरेपछि मात्रै लाइन जोड्न निर्देशन दिएको भन्दै अरू निकायले निर्देश दिने काम उपयुक्त नभएको बताएका छन् ।

पछिल्लोपल्ट त्यस्ता बक्यौता रहेका उद्योगहरूको संख्या ४९ वटा थियो। तीमध्ये ३४ वटाको लाइन काटिएको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले ती उद्योगमा बिजुलीको लाइन जोडिदिएको छ। कात्तिक ८ गते मध्यरातिदेखि ३४ उद्योगहरुमा लाइन काटेको थियो।

यसबीच केहि उद्योगले प्राधिकरणले दिएको किस्ताको उपभोग गर्दै पहिलो किस्ता तिरेर आफ्नो उद्योगमा लाइन जडान गरिएपछि लाइन काटिएका र पछिल्लो पटक लाइन जोडिएका उद्योगको संख्या २८ मात्र छन्।

Tags: #नेपाल विद्युत् प्राधिकरण#कुलमान

लोकप्रीय

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२

विचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२

थप समाचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?
समाचार

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?
समाचार

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.