NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

भारतसँग ओलीले खेले ‘चिनियाँ कार्ड’!

बिहिबार कार्तिक २९ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२९ कार्तिक , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन जाँदैछन् । उनको चीन भ्रमणको तयारी सवरुप नै एमालेका ईश्वर पोखरेलसहितको उच्चस्तरीय नेताहरु चीन भ्रमणमा छन् । यस्तै उनको भ्रमणलाई सफल पार्न परराष्ट्र मन्त्री डा आरजु राणा समेत चनि जाने कार्यक्रम छ ।

यस्तो अवस्थामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलिरहेको आरोप लगाएका छन् । भारतले ओलीलाई भ्रमणका लागि निमन्त्रणा नगरेपछि उनले चीनको भ्रमण तय गरेको टिप्पणी भइरहेका बेला भारतीय संचारमाध्याम द हिन्दूमा एक अन्तर्वार्ता दिँदै प्रचण्डले ओलीले चिनियाँ कार्ड खेलिरहेको आरोप लगाएका हुन्।

अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको समेत बताएका छन् । प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो १८ महिने सरकारको कार्यकालमा नेपाल–भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पु¥याएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली छिट्टै बेइजिङ जाँदैछन् र अधिकारीहरूले भारतले अहिलेसम्म उनलाई कुनै निमन्त्रणा नदिएको उल्लेख गरेका छन् । समस्या कहाँ छ? भन्ने द हिन्दुको प्रश्नमा प्रचण्डले यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण हो।

उनीहरूले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउनुपर्थ्यो। केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो।

हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो भनेका छन् ।

प्रधानमन्त्रीले लामो समय भारत भ्रमणको प्रतिक्षा गरे । तर अहिलेसम्म उनलाई भारत भ्रमणको निम्तो आएको छैन् । भारतको भ्रमणका लागि उनले नेपाल आएका भारतीय विदेश सचिव मार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो गरे ।

त्यसलगत्तै भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री मार्फत पनि मोदीलाई निम्ता पठाए तर भारतका तर्फबाट ओलीलाई भ्रमणको ग्रिन सिगनल मिलेन । यद्यपि ओली र मोदीबीच अमेरिकामा भेटवार्ता भएको थियो ।

राष्ट्रसंघको महासभामा दुई नेताबीच भेटवार्ता भएको थियो । त्यसक्रममा पनि ओलीले मोदीका तर्फबाट भ्रमणको निम्तो पाउन सकेनन् । त्यस पश्चात नै प्रधानमन्त्रीको चीन भ्रमणको पहल सुरु भएको थियो ।

सरकारले पोखरा विमानस्थलको ऋणलाई अनुदानबाट मिलाइदिन गरेको अनुरोधमा चीनले कुनै प्रतिक्रिया नदिए पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा सकारात्मक सन्देश पाउने अपेक्षा राखिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्रीको भ्रमणअघि बेइजिङ जाने तय भइसकेको छ । चिनिया पक्षसँग निरन्तर संवादमा रहेका नेपाल सरकारका उच्च अधिकारीहरूका अनुसार जनस्तरदेखि सरकारी तहबाट समेत चीनका विभिन्न तहका प्रतिनिधिसँग पोखरा विमानस्थलको बारेमा कुरा भएको छ ।

चीनले ५ वर्षअघि नै प्रतिबद्धता जनाएको तर सहयोग परिचालन नभएको करिब ३९ अर्ब अनुदान रकमबाटै ऋण मोचन गर्ने विकल्पमाथि समेत छलफल भइरहेको छ । चीनले ऋणलाई अनुदानमा परिणत गर्ने नीति नरहेका कारण नेपालको प्रस्तावलाई स्वीकार गरिसकेको छैन ।

यद्यपि यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको चीन भ्रमणका बेला समेत योसहित विभिन्न विकास आयोजनाहरूको कामका बारेमा विस्तृतमा छलफल भएको थियो ।अर्थ मन्त्रालयले चीनले अनुदान,ऋण र ठेक्कामा काम गरिरहेका विकास आयोजनाका साथै सम्भावित परियोजनाहरूको लिस्ट बनाएको छ।

परराष्ट्र मन्त्रालयले पनि दुई देशबीचका आर्थिक,व्यापारिक र कूटनीतिक कार्यसूची तयार पारेको छ । अहिले बढी चर्चा चाहिँ पोखरा विमानस्थलको चिनिया ऋणको भइरहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालले चीनको एक्जिम बैंकबाट करिब २६ अर्ब रुपैयाँ लिने सम्झौता गरेको थियो ।

२०७२ साल चैतमा ऋण सम्झौता भएपछि २०७३ पुसदेखि निर्माण भई अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । नेपाल सरकारले उक्त ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई औपचारिक आग्रह नै गरिसकेको छ ।

तर भारत नेपाल बीआरआईमा नेपाल आवद्ध नहोस् भन्न् पक्षमा रहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको भ्रमण अघि नै भारतका स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख अमृतमोहन प्रसाद पनि नेपाल आउने तय भएको छ।द्विवेदी चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ मा नेपाल आउन लागेका हुन्। नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेना प्रमुख जनरल द्विवेदीलाई काठमाडौँ ओर्लेको भोलिपल्ट अर्थात् मंसिर ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगीअड्डाले विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै एसएसबीका प्रमुख कात्तिक ३० मा नेपाल आउनेछन्। सीमा सुरक्षासँग सम्बन्धित रहेर समन्वयात्मक बैठकका लागि उनी नेपाल आउन लागेका हुन्। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठक यो पटक काठमाडौँमा हुने भएकाले उनी नेपाल आउन लागेका हुन्।

समन्वय बैठक दुई दिनसम्म चल्नेछ। भदौ ५, ६ र ७ गते काठमाडौँमा तय गरिएको सीमा सुरक्षासम्बन्धी आठौँ समन्वय बैठक बंगलादेशको राजनीतिक घटनाक्रमलाई देखाएर भारतका तर्फबाट स्थगित गरिएको थियो।

यतिबेला भारतीय सशस्त्र सीमा बलका महानिर्देशकको समय मिलेको जानकारी आएपछि मंसिर १ र २ गते काठमाडौँमा बैठक गर्न लागिएको हो। यी दुई सुरक्षा अधिकारीको नेपाल भ्रमणलाई समेत महत्वका साथ हेरिएको छ।

Tags: #प्रचण्डले ओलीको पोल खोलिदिए#प्रधानमन्त्री केपी शर्मा ओली

लोकप्रीय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

विचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

थप समाचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.