NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’ बुधबार पुस २ , २०८२
जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ? बुधबार पुस २ , २०८२
जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह बुधबार पुस २ , २०८२
एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो बुधबार पुस २ , २०८२
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
Next
Prev

समाचार

स्रोत नखुलेको पैसा बोक्नेलाई पनि जेल, मंसिरमा पनि घट्यो बैंक ब्याज

शुक्रबार कार्तिक ३० , २०८१
Reading Time: 1 min read
A A
जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० कार्तिक , एजेन्सी ।

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दाको दायरालाई प्रस्ट पार्दै फैसला गरेको छ । सो फैसला अनुसार कसैले अर्काकै भए पनि स्रोत नखुलेको रकम बोकेको भएमा सजायको भागिदार हुने अदालतले प्रस्ट पारेको छ ।

भारतीय नागरिक रविशचन्द्र पाठक पुनरावेदक प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २ गते फैसला सुनाएको थियो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सुनाएको उक्त फैसलाको पूर्णपाठ हालै प्रकाशित भएको छ ।

पुनरावेदक प्रतिवादी रविशचन्द्र र बाँके जिल्लाको नेपालगञ्ज उपमहानगर–१६ बस्ने १२ वर्षीय नितेश तिवारीको साथबाट २०७५ फागुन २२ गते प्रहरीले ३५ लाख ४४ हजार रकम फेला पारेको थियो ।

उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो । रविशचन्द्रले आफू १५÷२० दिनदेखि मासिक १० हजार पारिश्रमिक पाउने गरी धिरज तिवारी नाम गरेका व्यवसायीको किराना पसलमा काम गर्दै आएको र उक्त रकम आफूलाई निज साहुले नै दिएर पठाएको बयान अधिकारप्राप्त अधिकारीसमक्ष दिएका थिए ।

उक्त मुद्दामा विशेष अदालतले २०७७ चैत १७ गते फैसला सुनाउँदै स्रोत नखुलेको सो रकमको साहु धिरज तिवारीलाई बिगोको दोब्बर जरिवानासहित ३ वर्ष कैद सजाय सुनाएको थियो । रविशचन्द्रलाई भने मतियारका रूपमा दोषी ठहर गर्दै मुख्य कसुरदार धिरजलाई हुने सजायको आधा अर्थात् बिगो बराबर जरिवाना र डेढ वर्ष कैदको फैसला सुनाएको थियो।

विशेष अदालतको सो फैसला चित्त नबुझी रविशचन्द्रले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सोही पुनरावेदनको सम्बन्धमा फैसला गर्दै सर्वोच्च अदालतले विशेष अदालतकै फैसलालाई सदर गर्दै सम्पत्ति शुद्धीकरणको मामिलामा केही व्याख्यासमेत गरेको छ ।

सर्वोच्चले फैसलामा प्रतिवादीले आफ्नो साथबाट बरामद भएको रकमको स्रोत पुष्टि गर्न नसकेको अवस्थामा सो रकम गैरकानुनी तरिकाबाट आर्जन गरी शुद्धीकरण गर्ने प्रयोजनले साथमा राखी अन्त कतै लैजाने क्रममा प्रतिवादीलाई प्रहरीले रकमसहित बरामद गरेको देखिने ठहर गरेको छ । फैसलामा कसुरको मुख्यकर्ताको रूपमा साहु धिरज तिवारी देखाएको भएता पनि रविशचन्द्रले गरेको कार्य कानुनतः क्षम्य हुने प्रकृतिको नदेखिने पनि उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा बरामद रकमको वैधानिक स्रोत पुष्टि गर्ने भार प्रतिवादीमै निहीत रहेको अवस्थामा रविशचन्द्रले सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३ ले निषेधित कार्यमा मुख्य कसुरदारलाई गैरकानुनी रूपमा आर्जित रकम लुकाउने, छिपाउने, एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने कार्यमा सहयोग गरी उक्त कसुर सम्पन्न गर्नका लागि मतियारको भूमिका निर्वाह गरेको अवस्थामा बरामद गरिएको रकमका सम्बन्धमा प्रमाणको भार स्वयं आफैँले पु¥याउनुपर्ने सर्वोच्चको ठहर छ ।

यसैबीच मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शुन्य छ । नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् ।

त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् । संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राख्दा र व्यक्तिगत मुद्दती खातामा ०.७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १.२५ प्रतिशत विन्दुले घटाएको छ । सिटिजन्स बैंक मंसिर महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ ।

एभरेस्ट बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने मुद्दती खाताका ब्याजदरलाई ०.१५ प्रतिशत विन्दुले घटाएको छ । ग्लोबल आईएमई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.५० र ०.७५ प्रतिशत विन्दुले घटाएको छ ।

हिमालयन बैंकले यो पटक बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ । कुमारी बैंकले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ ।

कात्तिक महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको हो ।लक्ष्मी सनराइज बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.५० प्रतिशत विन्दुले घटाएको छ ।

माछापुच्छ्रे बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः १.५० र १.०० प्रतिशत विन्दुले घटाएको छ । नबिल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएको छ ।

नेपाल बैंकले साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.१९ प्रतिशत विन्दुले घटाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले घटाएको छ।

नेपाल एसबीआई बैंकले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ भने व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदर दुवैलाई ०.३४ प्रतिशत विन्दुले घटाएको छ । एनआईसी एसिया बैंकले बचत खाता ब्याजदर ०.१७ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत र संस्थागत मुद्दती खाताको ब्याजदरलाई स्थिर राखेको छ ।

एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर घटाएको छ । बचत खातामा ०.०२ प्रतिशत, व्यक्तिगत र संस्थागत मुद्दती खातामा १.५० प्रतिशत विन्दुका दरले ब्याज घटाएको हो । प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

यस अनुसार आगामी महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशतमा यथावत रहनेछ ।राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाउँदा अन्य निक्षेप खाताको ब्याजदर यथावत् राखेको छ ।

सानिमा बैंक र सिद्धार्थ बैंकले सबै प्रकारका खाताको ब्याजदरलाई यसपटक स्थिर राखेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचत खाताको ब्याजदरलाई यथावत् राख्दा व्यक्तिगत र संस्थागत मुद्दती खाताका ब्याजदरलाई क्रमशः ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईशी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । साधारण बचत खातामा १२ वटा बैंकको ब्याज ३.०० प्रतिशत छ । त्यस्तै, व्यक्तिगत मुद्दती खातामा सिटिजन्स बैंकले तोकेको ५.७५ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ ।

Tags: #सम्पत्ति शुद्धीकरण मुद्दा#स्रोत नखुलेको पैसा

लोकप्रीय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

विचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२

थप समाचार

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’
अन्तर्राष्ट्रिय

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
ताजा समाचार

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
ताजा समाचार

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

विश्वकै सस्तो चीनको ह्युमोनोइड रोबोट ‘बुमी’

बुधबार पुस २ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

जेनजीले उठाएका माग पूरा गर्न नयाँ दल कि सरकार ?

बुधबार पुस २ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

जेनजी आयोगको म्याद एक महिना थपिदै, प्रधानमन्त्रीसँग आग्रह

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.