NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ? आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव आइतवार अशोज २६ , २०८२
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु शनिबार अशोज २५ , २०८२
चीनमाथि १३०% कर, ट्रम्प–सी बीच व्यापार यु द्ध फेरी च र्कि यो शनिबार अशोज २५ , २०८२
Next
Prev

समाचार

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने

आइतवार मंसिर ९ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ मंसिर , काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत पु¥याइएको छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको हो ।

लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पु¥याइएको छ । प्रहरीले अनुसन्धान बाँकी रहेकोले म्याद थप मागेको छ । रविलाई म्याद थपेपछि काठमाडौँ लैजाने तयारी छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि लगिएको हो ।

यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौँ लगिने भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेका थिए ।

बिहीबार बयान सकेर शुक्रबार पोखरा नै फिर्ता पठाएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताएका छन् । विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् ।

सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् । लामिछाने पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए । त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो ।

लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की फर्काइएको थियो । काठमाडौं महानगरपालिका– १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएपछि छानबिनका क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको सहकारी छानविन प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको भनिएको छ । सोही घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो । लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् । यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रविमाथि वीरगन्जको साना पाइला सहकारीमा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ । यो सहकारीबाट जीबी राईले वचत रकम गोर्खा मिडियामा लगेर ठगी गरेको आरोप छ।

लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था÷ कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पुरक जाहेरीको आधारमा थप अनुसन्धान सुरु गरेको हो । यसअघि यही मुद्दामा जीबी भन्ने गितेन्द्रबाबु राईसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो । ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

Tags: #अदालत खुल्नासाथ रवि अदालतमा#रवि अदालतमा

लोकप्रीय

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२

विचार

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२

थप समाचार

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली
ताजा समाचार

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित
खेलकुद

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२
नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु
समाज

नेपाललाई विश्वमा चिनाउने जैविक विविधता र वन्यजन्तु

शनिबार अशोज २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

World News: Pakistanलाई Americaको घात*क मिसाइल, कार्नी अमेरिकामा–स्टार्मर भारतमा || Nepal Times

00:17:20

World News: जर्जियाको प्रदर्शनमा नेपाली झण्डा, इजिप्ट वार्ता जारी || Nepal Times

00:22:34

World News: Bangladeshले तैनाथ गर्यो यु*द्धपोत, चटगाउँ हिं*साबारे Indiaको खण्डन || Nepal Times

00:18:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

आज गुण्डुमा एमालेको श क्ति प्र द र्श न, प्रमुख वक्ता ओली

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

आइतवार अशोज २६ , २०८२
विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

आइतवार अशोज २६ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आइतवार अशोज २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.