NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

सिटी खराब लयमै, चौथो हार

आइतवार मंसिर ९ , २०८१
Reading Time: 1 min read
A A
इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडीमा कोरोना संक्रमण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ मंसिर ,एजेन्सी ।
पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ । सिटीले शनिबार राति भएको खेलमा घरेलु मैदान इत्तिहाद रंगशालामै टोटनहमविरुद्ध ४–० को फराकिलो हार व्यहोरेको हो ।

टोटनहमको जितमा जेम्स म्याडिसनले दुई गोल गरे । पेड्रो पोरो र ब्रनान जोन्सनले समान एक गोल थपे । खेलको १३औँ मिनेटमा म्याडिसनले गरेको गोलमा टोटनहमले अग्रता बनाएको थियो । २०औँ मिनेटमा म्याडिसनले नै गोल गरेपछि टोटनहमले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

५२औँ मिनेटमा पोरोको गोलमा टोटनहमले अग्रतालाई ३–० मा पु¥यायो । यस्तै, इन्जुरी समयमा जोन्सनले गोल थपेपछि टोटनहमले ४–० को जित पक्का गरेको हो । सिटीको यो हारको शृंखला प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षण करियरकै सबैभन्दा खराब लय हो ।

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले प्रिमियर लिगका खेलमा लगातार तेस्रो हार बेहोरेको पनि यो पहिलोपटक हो । उनको प्रशिक्षण करियरमा यसअघि कुनै पनि टिमले घरेलु मैदानमै चार गोलको हार व्यहोरेका थिएनन् ।

प्रिमियर लिगमा लगातार तेस्रो हार व्यहोरेको सिटी तालिकामा भने दोस्रो स्थानमा छ । सिटीले १२ खेलबाट २३ अंक जोडेको छ । जुन शीर्ष स्थानको लिभरपुलभन्दा पाँच अंक कम हो । लिभरपुलले ११ खेलबाट २८ अंक जोडेको छ ।

१२ खेलबाट १९ अंक जोडेको टोटनहम भने तालिकाको छैटौँ स्थानमा छ । प्रिमियर लिगमा शनिबारै भएका अन्य खेलमा आर्सनलले नटिंघम फरेस्टविरुद्ध ३–० को र चेल्सीले लेस्टर सिटीविरुद्ध २–१ को जित निकालेको छ ।

यता स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ को बराबरीमा रोकिएको हो । खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदासम्म बार्सिलोनाले २–० को अग्रता बनाएको थियो ।

तर, अन्तिम ६ मिनेटमा दुई गोल फर्काउँदै सेल्टा भिगोले हेन्सी फ्लिकको टिमबाट एक अंक खोस्न सफल बनेको हो । खेलको १५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । ६१औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले पाहुना टिमको अग्रता दोब्बर बनाए ।

खेलको ८२औँ मिनेटमा मार्क कासाडोले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । त्यसको दुई मिनेटपछि नै सेल्टा भिगोले पहिलो गोल फर्कायो । घरेलु टिमका अल्फोन्सो गोन्जालेजले गोल गर्दै बार्सिलोनाको अग्रतालाई २–१ मा झारेका थिए ।

८६औँ मिनेटमा ह्युगो अल्भारेजको गोलमा सेल्टा भिगो खेलमा फर्कियो । बराबरीमा रोकिए पनि एक अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायमै छ । बार्सिलोनाले १४ खेलबाट ३४ अंक जोडेको छ ।

समान खेलबाट १८ अंक जोडेको सेल्टा भिगो तालिकाको ११औँ स्थानमा छ । शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड जितसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले डिर्पोटिभो अलाभेसविरुद्ध २–१ को जित निकालेको हो ।

खेलको पहिलो हाफमा जोन गुरिडीको गोलमा डिर्पोटिभो अलाभेसले अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा एन्टोइन ग्रिजमन र एलेसान्डर सोर्लोथले गोल गर्दै घरेलु टिमलाई जितसहित तीन अंक दिलाएका हुन् ।

जितसँगै १४ खेलबाट २९ अंक जोडेको एट्लेटिको तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोलाई पछ्याइरहेको रियाल मड्रिडको २७ अंक छ । तर, रियालले दुई खेल कम खेलेको छ ।

१४ खेलबाट १३ अंक जोडेको डिर्पोटिभो अलाभेस तालिकाको १६औँ स्थानमा छ ।

Tags: #इंग्लिस प्रिमियर लिग#सिटी खराब लयमा#लिग लिडर बार्सिलोना रोकियो

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.