NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
माधवले आफ्नै पार्टीमा आगो लगाए, झलनाथसँग मागे राजीनामा  शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

एनपिलको प्रत्यक्ष प्रशारण रोक्ने प्रपञ्च,पत्रमाथि पत्र

आइतवार मंसिर ९ , २०८१
Reading Time: 1 min read
A A
एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

९ मंसिर , काठमाण्डौ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको पहिलो ऐतिहासिक हुने अनुमान गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) एकपछि अर्काे विवादमा परेको छ । सुरुवातामा नै एनपिएलको स्वमात्विका विषयमा देखिएको विवाद अदालतबाट किनारा लागेपनि अहिले फेरि खेलको प्रत्यक्ष प्रशारणको विषयलाई लिएर विवाद देखिएको छ ।

एनपिएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौतामाथि विज्ञापन बोर्डले समेत प्रश्न उठाएको छ । एनपिएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले सात दिनभित्र जवाफ मागेको हो ।

सञ्चार क्षेत्रका तीन संस्था (नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स) गत मंगलबारले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता अवैधानिक भनिरहेका बेला विज्ञापन बोर्डले मंसिर ७ गते क्यानलाई पत्र लेख्दै जवाफ मागेको हो।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानुनी प्रावधान सम्झाउँदै बोर्डले क्यानलाई सोधेको छ, ‘एनपीएलका खेलहरु ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत् स्टार स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्दा उल्लिखित कानुनी प्रावधान बमोजिम गरिएको छ वा छैन?’ प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरिद सम्झौता वा एमओयु भएको भए सोको प्रमाणितप्रति समेत संलग्न गरी विस्तृत व्यहोरासहित सात दिनभित्र जवाफ पेश गर्न भनिएको छ।

यसअघि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप लगाएका थिए। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् ।

एनपिएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ। विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा प्रतियोगिताका खेलहरुको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा विनाप्रतिस्पर्धा एउटा विदेशी एजेन्सी ट्वान्टी फर्स्ट सेन्चुरीमार्फत स्टार स्पोर्ट्सलाई प्रतिखेलको १० लाख भारुमा दिने सम्झौता गरिएको जानकारी नेपाल क्रिकेट संघको प्रेस कन्फरेन्समार्फत जानकारी प्राप्त भएको उल्लेख छ ।

यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाई लागेको हो भने पनि अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स नै किन ? वा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तर्राष्ट्रिय च्यानललाई किन मौका दिइएन र विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केही छ कि? छानबिनको विषय हो कि होइन ? फेरि नेपाल क्रिकेट संघले प्रत्येक खेलको प्रत्यक्ष प्रसारणमा १० लाख दिने कुरा प्रेसमार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक खरिद ऐनले विनाप्रतिस्पर्धा भुक्तानी गर्न मिल्छ ? र विदेशी मुद्रामार्फत गरिने यस्तो भुक्तानीको लागि नेपाल राष्ट्र बैंकले विनास्वीकृति, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसविना भुक्तान गर्न सक्छ ? वा सार्वजनिक खरिद ऐनविपरीत एउटा संस्थाको भुक्तानी अर्को विदेशी संस्थालाई गर्न मिल्ला ? यसमा विदेशी मुद्रा अपचलन आकर्षित होला कि नहोला ? वा अन्य कुनै माध्यमबाट भुक्तानी गर्ने योजना हो ? विज्ञप्तिमा भनिएकोछ ,हाम्रो जिज्ञासा यतिमात्रै हो यसअघि क्यानमा सचिव पारस खड्काले बाध्यतार्क कारण पनि स्टार स्पोर्ट्समै लाइभ गर्नुपरेको बताएका थिए । क्यानसँगको सम्झौतापछि स्टार स्पोर्ट्सबाट एनपिएलको प्रचार समेत सुरु भइसकेको छ ।

स्टार स्पोर्टसमा प्रत्यक्ष प्रशारण गर्दा यसका अन्तर्राष्ट्रिय दर्शक वर्गले एनपिएललाई ग्लोबल स्तरमा प्रचार गर्न मद्दत गर्ने, ठूलो मञ्चमा देखिएपछि एनपिएलको ब्रान्डको प्रतिष्ठा बढ्ने तथा व्यवसायिक प्रायोजक र लगानीकर्तालाई आकर्षित गर्न सहयोग गर्ने केहीको विश्लेषण गरिएको छ ।

यसका साथै नेपाली क्रिकेटरहरूको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढ्ने समेत अपेक्षा राखिएको छ । एनपिलको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। जसमा पहिलो खेल मंसिर १५ मा विराटनगर र जनकपुरबीच हुनेछ ।

Tags: #नेपाल क्रिकेट संघ#नेपाल प्रिमियर लिग

लोकप्रीय

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै
ताजा समाचार

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल
ताजा समाचार

८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.