NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

चीनसंग ऋण लिन हुने कि नहुनेः को नेताले के भने ?

सोमवार मंसिर १० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
चीनसंग ऋण लिन हुने कि नहुनेः को नेताले के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर , काठमाण्डौ।

अहिलेको काँग्रेस–एमालेको गठबन्धन सरकार त्यसमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक देखिएका प्रतिपक्षमा रहेका बामपन्थी दलहरु आज भने भिन्नरुपमा प्रस्तुत भए । प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा उनीहरु ओलीप्रति अलि नरममात्रै देखिएनन्, भ्रमणका लागि सुझाव र शुभकामना पनि दिए ।

ओलीले यही मङ्सिर १७ गतेदेखि हुने चीन भ्रमणको विषयमा छलफलका लागि आज सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई बोलाएर परामर्श लिएका छन् । सो क्रममा ओलीले आज प्रतिपक्षमा रहेका दलहरुबाट थोरै भएपनि न्यानो अनुभत गरेका छन् ।

LS Auto

जसमा प्रचण्ड र माधव नेपालसमेत रहेका थिए । जबकी ओलीको सत्ता साझेदार काँग्रेसका सभापति भने यो बैठकमा सहभागी नै भएनन् । ओलीले बोलाएको पूर्वप्रधानमन्त्रीको भेला छाडेर उनी जनकपुर आए । बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच मतभेद छ ।

यही विषयमा साझा धारणा बनाउन ओलीले बैठक राखे । तर, सत्ताको मुख्य घटक कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवा भने बैठकमा नगई सोमबार जनकपुर हानिए । र त्यहीबाट नेपालले बीआरआई अन्तर्गत रिण लिन नहुने स्पष्ट संदेश दिए ।

यता सिंहदरबारमा भने बामपन्थी नेताहरुले ओलीलाई चीनसंग रिण लिन नडराउन भन्दै सुझाव समेत दिएका छन् । यद्यपि, आजको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट गरेका छन् ।

बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । उनले भने, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’

पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकता राख्ने बताए । उनले थपे, ‘यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन ।  विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’

चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत् सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए । नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रूपमा कसैले लिन नहुने आग्रह गरे ।

त्यसपछि छलफलमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट गरेका थिए ।

उनले भने, ‘तपाईंहरू सबैले बुझ्नुभएकै छ । परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको हुँ ।’ गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

प्रचण्डले केही समयअघि भारतिय मिडियासँगको अन्तर्वार्ताको क्रममा ओलीले चीन भएर सरकार टिकाउन चिनियाँ कार्ड खेलाउन खोजेको टिप्पणी गरेका थिए । त्यसको चर्को आलोचना भएपछि आजको बैठकमा सवाल–जवाफ भएको हो ।

छलफलमा सहभागी भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री ओलीले जुन देशले पहिला निम्ता दिन्छ त्यही जानुपर्ने भन्दै वीआरआई स्वीकार्न आग्रह गरेका थिए ।नेपालले प्रधानमन्त्री ओली चीनसँगको बीआरआई परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरे ।

नेपालले सो परियोजना नेपालको हितमा रहेकाले त्यसबाट लाभ लिनुपर्ने बताए । सो परियोजना नेपालले यसअघि नै स्विकार गरिसकेकाले त्यसलाई अघि बढाउने कुरामा डराउन नहुने उनको भनाई थियो ।यस्तै झलनाथ खनाल छलफलमा काँग्रेसमाथि खनिएका थिए ।

उनले बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाए । खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने कुरामा जोड दिए ।

उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारेका छन् ।

सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो । बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले केपी ओली प्रधानमन्त्री भएर पहिलो पटक चीन भ्रमण जाँदा गरेका सम्झौताहरू ऐतिहासिक भएको बताए ।

उनले भने, ‘त्यसबेला पारवहन सन्धि गरेर ब्रेकथ्रु गर्नुभएको थियो । ती सम्झौतालाई थप कार्यान्वयन गर्न यो भ्रमण सहयोग पुगोस् ।’ यस्तै यो छलफलमा सहभागी एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने चीनबाट अनुदान मात्र लिनेभन्दा पनि स्पष्ट योजना बनाएर मात्र अनुदान लिनुपर्ने कुरामा जोड दिएका छन् ।

यस्तै पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले चिनियाँ विकास परियोजना अन्तर्गतका आयोजनामा ऋण लिनै हुन्न भन्ने विषयलाई सिद्धान्त नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसले बीआरआई परियोजना अन्तर्गत ऋण लिनै हुँदैन भन्ने अडान लिइरहेका बेला डा. लोहनीले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् । डा. लोहनी प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्देशन समितिको अध्यक्षसमेत छन् ।

यस्तै छलफलमा सहभागी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भने चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको छ र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिम रूप दिने बताइन् ।

यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताइन् । उनले भनिन्, ‘सरकारमा सहभागी दुई वटा मुख्य पार्टी बसेर सबै कुरा सल्लाह गरेर हामीले भ्रमणको तयारी गरेका छौं। भ्रमण सफल बनाउन हामी लागेको छौं । यो भ्रमणको पूर्व तयारीका लागि दुई दिनपछि म जाँदैछु ।’

प्रधानमन्त्रीले बोलाएको आजको छलफलमा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याललगायत सहभागी थिए ।

Tags: # बीआरआई#ओलीलाई माधव–प्रचण्डको ढाडस

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.