NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

भित्र रविको बयान बाहिर ‘रवि दाइलाई रिहा गर’को नारा

शुक्रबार मंसिर १४ , २०८१
Reading Time: 1 min read
A A
स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ मंसिर, काठमाण्डौ।

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ । आज उनको करिब साढे ६ घण्टा लामो बयान लिइएको हो । जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । साढे ६ घण्टा लामो बयान गराएर उनलाई फर्काइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले बताएका छन् ।

६ घण्टा बयान गर्दा पनि नसकिएपछि उनलाई अब आइतबार पुनः सरकारी वकिल कार्यालयमा लगिने छ। शनिबार बिदा भएकाले उनको बयान हुनेछैन। स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा उनीसँग बयान गराएपछि पुनः पोखरा नै फर्काइने छ।

उनीविरुद्ध ५ वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। पोखराको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा कात्तिक २ काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो। पोखरामा अझै अनुसन्धान सकिएको छैन।

प्रहरीले उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यी कसुरमा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यो उनलाई यसअघि बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धानका लागि लगेर फर्काइएको थियो।

यस्तै, सहारा चितवन सहकारी र वीरगञ्जको सानापाइला सहकारी ठगीको आरोपमा पनि अनुसन्धान हुँदैछ। चितवनमा पुरक जाहेरी दर्ता भइसकेको छ । सभापति लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने भएपछि हिजो साँझ र आज बिहानदेखि रास्वपाका नेता कार्यकर्ता जिल्ला सहकारी वकिलको कार्यालय माइतीघर पुगेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन् ।

केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि यसअघि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ । पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ ।

काठमाडौंको बयान सकिएपछि उनलाई कास्की लगिने छ भने उनीमाथि चितवनमा पनि पक्राउ पुर्जी जारी भएकाले कास्कीबाटै चितवन लैजाने प्रहरीको तयारी छ ।

Tags: #रवि लामिछाने#रविको बयान#राष्ट्रिय स्वतन्त्र पार्टी

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.