NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

बलियो लिभरपुल, सिटी हारेको हार्यै

सोमवार मंसिर १७ , २०८१
Reading Time: 1 min read
A A
बलियो लिभरपुल, सिटी हारेको हार्यै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ मंसिर , एजेन्सी ।

लिभरपुलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता नौ अंकले बढाएको छ । यो जितमा मोहम्मद सलाहले एक गोल गर्दै अर्को गोलको लागि पास दिए ।

यता घरेलु समर्थकहरूले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलामाथि कटाक्ष गर्दै बर्खास्तीको माग गरेका थिए । यस हारसँगै सिटीले सन् २००८ पछि पहिलो पटक लगातार चार प्रिमियर लिग खेलमा पराजय भोगेको छ ।

LS Auto

लिभरपुलले १३ खेलपछि आर्सनललाई ९ अंकले पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको छ । लिभरपुलको ३४ र समान खेल खेलेको आर्सनल र चेल्सीको २५ अंक छ । लिभरपुलका नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा यो २० खेलमा १८औं जित हो ।

उनले भने, ‘आर्सनल र चेल्सीजस्ता टोलीले पनि जितको लय बनाउन सक्छन् । त्यसैले एक–दुई जितपछि उत्साहित हुनु आवश्यक छैन।’ त्यस्तै, म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमले प्रिमियर लिगको पहिलो खेलमै शानदार जित निकाल्दै एभर्टनलाई ४–० ले हराए ।

मार्कस रासफोर्ड र जोशुआ जिर्कजीले दुई–दुई गोल गरेका थिए । यो जितसँगै युनाइटेड अंक तालिकामा तीन स्थान उक्लिएको छ । युनाइटेड चौथो स्थानको ब्राइटनभन्दा मात्र चार अंकले पछि परेको छ ।

खेलको ३४औं मिनेटमा रासफोर्डले युनाइटेडका लागि पहिलो गोल गरेका थिए । ४१औं मिनेटमा अमाद डायलोले गोल गर्दै अग्रता दोब्बर बनाए ।जोशुआ जिर्कजीले दोस्रो हाफमा अर्को गोल थप्दै नतिजा युनाइटेडको पक्षमा सुनिश्चित गरे ।

अमोरिमले जितपछि भने, ‘यो जितले हामीलाई आत्मविश्वास दिएको छ । समर्थकले पनि हाम्रो प्रदर्शनमा गर्व गर्न सक्छन्, तर अझै धेरै गर्न बाँकी छ।’ यसैगरी, चेल्सीले एन्जो मारेस्काको नेतृत्वमा एस्टन भिल्लालाई ३–० ले हराउँदै अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

निकोलस ज्याक्सन, एन्जो फर्नान्डेज र कोल पामरले चेल्सीका लागि गोल गरेका थिए । चेल्सी अहिले लिगका पाँच खेलमा अपराजित छ । अर्को खेलमा टोटेनह्यामले फुलह्यामसँग १–१ को बराबरी खेलेको थियो ।

ब्रेनन जोन्सनले टोटेनह्यामका लागि अग्रता दिलाए पनि टम केर्नीले फुलह्यामका लागि बराबरी गोल गरे । टोटेनह्याम २० अंकसहित सातौं स्थानमा छ ।यो सिजन लिभरपुल शीर्ष स्थानमा बलियो देखिएको छ भने सिटीको खराब प्रदर्शनले लिग दौड थप रोचक बनेको छ ।

उता केलियन एमबाप्पेले रियल मड्रिडका समर्थकसामू आफ्नो प्रदर्शन सुधारको संकेत दिएका छन् । स्पेनिस ला लिगाअन्तर्गत रियलले आइतबार राति गेटाफेमाथि २–० को सहज जित निकाल्दा एमबाप्पेले गोल गरे ।

यो सिजन रियलमा आबद्ध भएयता उनी आलोचनाको सामना गरिरहेका थिए । उनले ३८औं मिनेटमा गोल गर्दै सान्टियागो बेर्नाबेउ रंगशालामा रियलको जित सुनिश्चित गरे । यसअघि बुधबार च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध एमबाप्पेले पेनाल्टी गुमाएका थिए ।

पछिल्ला केही खेलमा खराब प्रदर्शन देखाइरहेका जुड बेलिङ्घमले ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि उनले एमबाप्पेको गोलमा पनि सहयोग गरे ।एमबाप्पेले पछिल्ला ६ खेलमा मात्र एक गोल गरेका थिए ।

तर, यस खेलमा उनको प्रदर्शन प्रभावशाली देखियो । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘उनले निकै राम्रो खेले । सक्रिय थिए र सधैंजस्तै खतरनाक देखिए । उनले गोल गरे र अवसर सिर्जना गरे। हामी उनलाई यस्तै देख्न चाहन्छौं।’ तर, एमबाप्पे आफ्नो उत्कृष्ट लयमा अझै फर्किएका छैनन् ।

पेनाल्टी किक बेलिङ्घमले लिएका थिए । प्रशिक्षक एन्सेलोट्टीले पेनाल्टीको प्राथमिकता एमबाप्पे र भिनिसियस जुनियरलाई दिइएको बताए । भिनिसियस अनुपस्थित हुँदा बेलिङ्घमले जिम्मेवारी लिएका थिए । यो जितसँगै रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अंक तालिकामा एक अंकले पछि परेको छ ।

बार्सिलोनाले शनिबार लास पाल्माससँग २–१ को हार बेहोरेको थियो। बार्सिलोनाको १५ खेलबाट ३४ अंक छ । एक खेल कम खेलेको रियलको ३३ अंक छ । रियलका डिफेन्डर एन्टोनियो रुडिगरले भने, ‘ला लिगामा पछिल्लो जितले हाम्रो आत्मविश्वास बढाएको छ।

तर, रियलले सधैं उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ। हामीलेअझै सुधार गर्नैपर्छ।’ त्यस्तै, एथ्लेटिको मड्रिडले भालाडोलिडलाई ५–० को फराकिलो अन्तरले हरायो । एथ्लेटिकोले च्याम्पियन्स लिगका पाँचमध्ये तीन खेलमा हार व्यहोरेको छ भने ला लिगामा लगातार तीन जित हात पारेको छ ।

अन्य खेलमा भिल्लारियलले जिरोनासँग २–२ गोलको बराबरी खेलेको छ । एथ्लेटिक बिल्बाओले रायो भालेकानोमाथि २–१ को जित निकाल्दा रियल सोसिडाडले रियल बेटिसलाई २–० ले पराजित ग¥यो ।

Tags: #इङ्लिस प्रिमियर लिग#लयमा फर्किँदै एमबाप्पे

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.