बलात्कारको आरोपमा विवाह मण्डपबाटै दुलाहा पक्राउ परेपछि…

बलात्कारको आरोपमा विवाह मण्डपबाटै दुलाहा पक्राउ परेपछि…

दोलखा : विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।

बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्ने बित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान्ति पक्राउ परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउने प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।

ती किशोरीले आफूलाई विहेको प्रलोभनमा पारेर शान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.