यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

यू–१९ एशिया कप क्रिकेटका लागि शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडौँ, असोज १०
यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ ।

बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

टोलीमा कमलसिंह ऐरी (उपकप्तान), रोहितकुमार पौडेल, रवी साह, नन्दन यादव, रित गौतम, पवन सर्राफ, रवीन्द्रजङ्ग शाही, रशिद खान, भीम सार्की, अरुण ऐरी, तीर्थराज दास, सन्दीप जोरा, सागर ढकाल र सूर्य तामाङ रहेका छन् ।

टोलीको व्यवस्थापकमा शक्ति गौचन, मुख्य प्रशिक्षकमा विनोद दास तथा सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । नेपाली टोली बिहीबार ढाका प्रस्थान गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.