इएफएल कपको चौथो चरणमा म्यानचेस्टर सिटी

इएफएल कपको चौथो चरणमा म्यानचेस्टर सिटी

एजेन्सी, असोज १०
म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेको छ । इएफएल कप अन्तर्गत मंगलबार राति भएको तेस्रो चरणको खेलमा अक्सफोर्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै सिटीले चौथो चरणका स्थान पक्का गरेको हो ।

अक्सफोर्डको घरेलु मैदान कासाम स्टेडियममा सिटीलाई जिताउन गाब्रियल जेसस, रियाद महारेज र फिल फोडेनले गोल गरे । एकपक्षीय बनेको खेलमा सिटीले ३६औं मिनेटमा जेससको गोलबाट खेलमा शुरुवाती अग्रता लिन सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ७८औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटी खेलमा २–० ले अघि बढेको थियो । ९०औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.