क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, लाखौं मानिस प्रभावित

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प, लाखौं मानिस प्रभावित

२१ मंसिर ,एजेन्सी ।

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । उत्तरी क्यालिफोर्नियामा नेपाली समयअनुसार शुक्रबार बिहान आएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।

भूकम्पको केन्द्रकृत स्थान क्यालिफोर्नियास्थित पेट्रोलिया सहर नजिकको प्रशान्त महासागर रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । भूकम्पको केन्द्र सो सहरबाट ४० माइलको दूरीमा थियो ।

भूकम्पले लाखौं मानिसलाई प्रभावित गरेको अनुमान गरिएको छ । भूकम्प आएलगत्तै सुनामीको चेतावनी दिइएको छ । कबिर ५३ लाख मानिस सुनामीको जोखिम रहेको बताइएको छ । सुनामीको चेतावनी जारी गरिएको थियो ।

भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो । स्थानीय अधिकारीहरूका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन । यद्यपि भूकम्पका कारण त्यहाँका सडक र अन्य संरचनामा क्षति पुगेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा अहिले उद्धार कार्य भइरहेको बताइएको छ । अधिकारीहरूले आम मानिसलाई उच्च भूकम्प र सुनामीको जोखिमबाट बच्न आवश्यक कदम चाल्न सचेत गराएका छन्। यसअघि, बिहीबार बिहान सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसलाई पछिल्लो भूकम्पले पछ्याएको हो।

भूकम्पका कारण केही भवन र जमिनमा चिरा परेको, विद्युत आपूर्ति बन्द भएको, र ठाउँठाउँमा आगलागी भएका घटनाहरू रिपोर्ट भएका छन्। यद्यपि, ठूलो मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

भूकम्पपछि १,४०० भन्दा बढी पराकम्पहरू मापन गरिएको छ। क्यालिफोर्निया राज्य भूकम्पको उच्च जोखिममा रहेको मानिन्छ, जहाँ जमिनमुनि धेरै धाँजाहरू रहेका छन् र टेक्टोनिक प्लेटहरू टकराइरहन्छन्।

क्यालिफोर्निया राज्यले प्रभावित क्षेत्रहरूमा आपतकालीन सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.