NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

कसको कुरा पत्याउनु रविको कि प्रहरीको ?

सोमवार मंसिर २४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ मंसिर, काठमाण्डौ।

सहकारी प्रकरणमा डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिानेलाई चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा लैजाने क्रममा दुव्र्यवहार भएको भन्दै राजनीतिक दलका नेताहरुले समेत असन्तुष्टि जनाइरहेको बेला प्रहरीले भने रविमाथि कुनैपनि दुव्र्यवहार नभएको बताएको छ।

चितवन प्रहरीले भ्रामक र कपोकल्पित खबर रहेको दाबी गरिरहदा स्वयम रविले काकी अदालतका न्यायाधीश समक्ष भने आफूमाथि मादक पर्दाथ सेवन गरेका प्रहरीबाट दुव्र्यवहार भएको गुनासो पोखेका छन् ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले रविलाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्नुअघि रविलगायतको पछिल्लो अवस्थाबारे चासो राखेका थिए । रविका तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, हरि सुवेदी र अधिवक्ता नारायण कँडेलले ‘अन्याय भएको’ भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएका थिए ।

त्यसलगत्तै न्यायाधीश बेल्वासेले अन्य अभियुक्त जसरी नै रविको अवस्थाबारे सोधेका थिए । रविले आइतबार अदालतमा दुई पटक बोले । एक पटक आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको, औषधी खानसमेत नदिएको, बिरामी हुँदा रातारात पोखरा ल्याइएको बताएका थिए ।

राति ११÷१२ बजे ‘माथिको आदेश भन्दै मादक पदार्थ सेवन गरेका प्रहरीले झिंगलझ्याँगल पार्दै पोखरा ल्याइएको रविको दाबी थियो । ‘पोखराबाट ३ दिन काठमाडौं लगियो । काठमाडौंमा हिरासतको चिसो कोठामा सुत्न सकिरहेको थिइनँ, निद्रा परेको थिएन । त्यहाँबाट लगत्तै चितवन ल्याइयो । ८÷९ घन्टाको बयानमा मैले सहयोग गरेकै थिएँ । मेरो बिहानैदेखि टाउको दुखेको थियो,’ रविले अदालतमा न्यायाधीशसँग भने, ‘मलाई गाह्रो भएको छ । अस्पताल लगिदिनुस् भनेर पटक पटक आग्रह गरेँ । बयान सकिएपछि सुत्नका लागि तयार हुँदै थिएँ । त्यहाँका एसपीले आएर तपाईं पोखरा जानुपर्ने भयो भन्नुभयो ।’

भोलिपल्ट बिहान बरू ७ बजे नै जाऔंला आज आराम गर्न दिनुस् भनेर आफूले पटक पटक आग्रह गरेको रविको भनाइ थियो । पोखरा होइन, आफूलाई अस्पताल लगिदिन आग्रह गरेको रविले बताए । ‘मादक पदार्थ सेवन गरेका केही प्रहरीले आएर जबर्जस्ती उठाएर राख्न खोज्नुभयो, उहाँले मादक पदार्थ सेवन गर्नुभएको छ भनेँ ।

तपाईंहरूले मलाई कहाँ लैजाने हो, मेरो परिवार र कानुन व्यवसायीलाई फोन गर्ने अवसरमा दिन माग गर्न पनि सुनिएन र जबर्जस्ती गाडीमा राखियो,’ रविले भनेका थिए । पोखरा आउनेबित्तिकै अस्पताल गएको र प्रेसर बढेको देखिएको भन्दै कागजातसमेत रविले अदालतमा देखाए ।

प्रतिशोधको भावनाले आफूलाई ज्यादती गरिएको, परिवारमाथि पनि तनाव दिइएको रविले बताएका थिए । आफूले सहकारीको रकम हिनामिना नगरेको र अरुले गरेको गल्तीको भागीदार आफूलाई बनाइएको उनको भनाइ थियो ।

अहिलेसम्मको अनुसन्धानले नयाँ कुनै तथ्य नदेखाएको भन्दै आफूलाई गलाउनकै लागि देशैभरि डुलाउने, दुःख दिने काम भइरहेको इजलासमा रविले भनेका छन् । तर रविले न्यायाधीश समक्ष समेत यस्तो बताइरहदा चितवन प्रहरीले भने उनीमाथि कुनै दुव्र्यवहार नभएको दाबी गर्दै विज्ञप्ति नै जारी गरेको छ ।

भरतपुरमा बुधवार राति बयान सकिएपछि लामिछानेलाई हिरासत कक्षमा नलगेको, भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकसँग भेटवार्ता गरेको र भेटघाट कक्षबाटै राति १२ बजेर ५ मिनेट जाँदा पोखरा लगिएको चितवन प्रहरीको दाबी छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले निकालेको विज्ञप्तिमा भनिएको छ, चितवनमा भएको घटनाक्रमलाई विश्लेषण गरी भीडबाट लामिछानेमाथि सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको र मुद्दा अनुसन्धानका लागि सिमित हदम्याद रहेकाले राति नै लैजान परेको हो ।

पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट उठाएको,दुर्व्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरी कर्मचारीले जाँडरक्सी खाएको भन्ने आरोप भ्रामक, झुट्ठा र भ्रमपूर्ण रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले यस्तो दावी गरिरहदा राविको दल रास्वपाले भने उनीमाथि दुव्र्यवहार गरी मानवअधिकार हनन् भएको भन्दै जीवन रक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । गत कात्तिक २ गते रविलाई काठमाडौं पार्टी कार्यालयबाटै पक्राउ गरी पोखरा लगिएको छ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा अनुसन्धान भइरहेको छ । अब हिजो थपिएको ४ दिनको समयावधिमा रविमाथि वीरगन्जमा समेत बयान लिइनेछ ।

Tags: #रवि अदालतमा#सहकारी प्रकरण#सहकारी प्रकरणमा रवि

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.