NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ? आइतवार पुस ६ , २०८२
बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै आइतवार पुस ६ , २०८२
‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

विराटनगर पोखरासँग सुपर ओभरमा हार्याे, प्लेअफबाट बाहिरियो

बिहिबार मंसिर २७ , २०८१
Reading Time: 1 min read
A A
विराटनगर पोखरासँग सुपर ओभरमा हार्याे, प्लेअफबाट बाहिरियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ मंसिर , काठमाण्डौ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ। पाँचौं खेलमा पोखराको यो दोस्रो जित हो। विराटनगर भने पाँच मध्ये चार खेलमा पराजित भइसकेको छ।

चार खेलमा पराजित भएसँगै विराटनगर लिग चरणबाट बाहिरएको छ । यसअघि लुम्बिनी प्लेअफबाट बाहिरिएको थियो । एनपिएलकै पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराका लागि आन्द्रेस गौस र रेमन्ड रेइफरले ब्याटिङ गरेका थिए।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने थिए। जसमा रेइफरले सुरुवाती दुई बलमा छक्का प्रहार गरे। तेस्रो बल डट भयो। चौथो बल चौका भयो। पाँचौ बलमा रेइफरले एक रन लिए। छैटौं बलमा गौसले एक रन लिए।

सुपर ओभरमा पोखराले १८ रन जोड्यो। सुपर ओभरमा १९ रनको लक्ष्य पाएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलास किर्टोन ब्याटिङमा थिए। बलिङमा पोखराका रेइफर थिए। पहिलो बलमा गप्टिलले ब्याट घुमाए पनि एक रन लिन सके।

दोस्रो बलमा पनि किर्टोनले एक रन लिए। तेस्रो बलमा पनि गप्टिलले एक रन मात्र लिन सके। चौथो बल डट भयो। पाँचौ बलमा किर्टोनले एक रन लिए। त्यसपछि बल वाइड भयो। छैटौं बलमा गप्टिलले कुनै रन लिन नसक्दा विराटनगरले सुपर ओभरमा ५ रन मात्र जोड्न सक्यो।

त्यसअघि दुवै टोलीले २० ओभरमा १३९–१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। १४० रनको लक्ष्य पछ्याउने क्रममा १९औं ओभरमा विराटनगरका प्रतिश जिसीले पोखराका माइकल लिक्सलाई ११ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक मोडमा पुग्यो।

पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको थियो। ब्याटिङमा रेमन्ड रेइफर र नारायण जोशी थिए। बलिङमा बसिर अहमद आएका थिए। पहिलो बलमा नाराणयले रन लिन सकेनन्। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा रेइफरले छक्का प्रहार गरे।

चौथो बल डट भयो। पाँचौ बलमा पनि डट नै भएको थियो। अन्तिम बल छक्का भएसँगै दुवैको टोलीको स्कोर बरारबी भयो। खेलमा रेइफरले २३ बलमा ३४ रन जोडे। पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे।

उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए। ४७ रनको ओपनिङ साझेदारी गरेपछि खरेल आउट भएका थिए। खरेल र गौस दुवैलाई विराटनगरका देब्रे हाते प्रतिश जिसीले आउट गरे।

जिसीले पोखराका जेन मलिङकलाई पनि ४ रनमा बोल्ड गरेका थिए। पोखराका कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए। उनलाई विराटनगरका क्रिस सोलले आउट गरे लगत्तैको बलमा त्रितराज दास एलबिडब्लूको धरापमा परेका थिए।

बलिङमा विराटनगरका प्रतिश जिसीले ४ र क्रिस सोलले २ विकेट लिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो।

विराटनगरका लागि डेब्यू गरेका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपिएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले १९औं ओभरमा एलबिडब्लूको धरापमा पारे।

त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड रेइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए।

गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे। नरेन भट्टले ४ रन मात्र जोड्न सके। उनलाई दिनेश खरेलले सागरबाट क्याच गराए। निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए।

किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन जोडे। अन्तिम ओभरको पहिलो बलमा रेइफरले विराटनगरका क्रिस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए। चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगेका थिए।

विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट ४ रन जोडे। बलिङमा पोखराका सागर ढकाल र रेइफरले २–२ विकेट लिए। सागरले ४ ओभरमा १५ रन र रेइफरले ३३ रन दिए।

जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार चार खेल खेल्दा एक एक खेलमा मात्र जित निकालेका थिए । अब पोखराले प्लेअफको संभावना बढाएको छ भने विराटनगर प्लेअफ होडबाट बाहिरिएको छ ।

विराटनगर तालिकाको अन्तिममा छ । ५ खेल खेलिसक्दा विराटनगरले एक मात्रै जित हासिल गरेको छ ।

Tags: # विराटनगर पोखरासँग हार्याे#नेपाल प्रिमियर लिग (एनपिएल)

लोकप्रीय

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै
अन्तर्राष्ट्रिय

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.