NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

पहिला धम्की, अहिले निम्तोः सीसंग के चाहान्छन् ट्रम्प ?

बिहिबार मंसिर २७ , २०८१
Reading Time: 1 min read
A A
एकअर्का देशका नागरिकलाई प्रवेश भिसा नदिने चीन र अमेरिकाको घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ मंसिर , विराटनगर।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिंगपिंगलाई अमेरिका भ्रमणका लागि निम्ता पठाएका छन् । आउँदो २० जनवरीमा ट्रम्पले आफ्नो नयाँ कार्यकालका लागि शपथ ग्रहण गर्दैछन् ।

सीबीएस न्यूजले बताएको छ कि ट्रम्पले नोभेम्बरको सुरुवातमा नै चिनियाँ राष्ट्रपतिलाई निमन्त्रणा गरेका थिए । यद्यपि, सीले यो निमन्त्रणलाई स्वीकार गरे नगरेको अहिले नै स्पष्ट छैन । हालै ट्रम्पले चीनलाई ट्यारिफमा बृद्धि गर्ने अर्थात चिनियाँ समानमा कर बृद्धि गर्ने चेतावनी दिएका थिए ।

यसको बावजुद ट्रम्पले सीलाई निमन्त्रणा पठाएका हुन् । यता वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले भने यस मामिलामा तत्काल टिप्पणीका लागि अस्वीकार गरेका छन् । ट्रम्पको सपथ ग्रहणका दिन जनवरीमा हुन लागेको कार्यक्रमका लागि नवनिर्वाचित राष्ट्रपतिको टीम जोडतोडले तयारी गरिरहेको छ ।

सो कार्यक्रममा कयौं देशका नेताहरु र राष्ट्राध्यक्ष अमेरिका पुग्दैछन् । सीलाई पनि सोही कार्यक्रमका लागि निम्ता गरिएको हो । तर हालै ट्रम्पले चीनबाट आयातित सामानहरुमा कर बढाउने धम्की दिएपछि दुई देशबीचको सम्बन्धमा थप चिसो बढेको छ ।

टिकटकका लागि पनि चीनलाई धम्की दिइएको छ । त्यसमा भनिएको छ, अमेरिकी सरकारले टिकटकको चिनियाँ मुलको कम्पनी बाइटडान्सका लागि १९ जनवरीको समयसीमा निर्धातिर गरिएको छ ।

कम्पनीलाई भनिएको छ कि उसले या त सोशल मिडियामा आफ्नो एपलाई बेचोस वा अमेरिकी प्रतिबन्धको सामनाका लागि तयार होस् । सीबीएस न्यूजका अनुसार, टिकटक हालको अवस्थामा अदालतमा प्रतिबन्धबाट बच्नका लागि कानूनी लडाई लडिरहेको छ ।

यो मामिला सुप्रिम कोर्टमा पुगेको छ । तर धम्कीका बावजुद चिनियाँ राष्ट्रपतिलाई ट्रम्पले बोलाएका छन् । आफ्नो दोस्रो कार्यकालमा ट्रम्प खासगरी अमेरिका–चीन सम्बन्धलाई सन्तुलनमा राख्न र अमेरिकी राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न केन्द्रित हुने विश्लेषण गरिएको छ ।

ट्रम्पले आफ्नो कार्यकालमा व्यापार असन्तुलनलाई ठूलो मुद्दा बनाएका थिए। उनले चीनसँग अमेरिका अनुकूल व्यापार सम्झौताहरू गर्न र चीनमा अमेरिकी निर्यात बढाउन चाहन्छन्। ट्रम्पले अमेरिकी प्रविधि क्षेत्रमा चिनियाँ प्रभाव कम गर्न चाहन्छन्, विशेष गरी ५जी, एआई, र स्याटेलाइट प्रविधिमा उनी हावी हुन् चाहान्छन् ।

सँगै हुवावे र अन्य चिनियाँ कम्पनीमाथि लगाइएको प्रतिबन्धलाई थप सुदृढ बनाउने उनको रणनीति रहने विश्लेषण गरिन्छ । अर्काे मुल विषयमा ताइवान र दक्षिण चीन सागरको मुद्दा रहेको छ। ट्रम्प प्रशासनले ताइवानलाई समर्थन गर्ने आफ्नो अडानलाई जारी राख्न चाहन्छ।

यसका लागि चीनको सैन्य विस्तारलाई रोक्नका लागि कूटनीतिक र सैन्य दबाब दिने प्रयास उनले गर्नेछन् । सहकार्यका सवालमा भने चीन र अमेरिकाले मिलेर हरित ऊर्जा र प्रदूषण घटाउने प्रयास गर्न सक्ने सम्भावना देखिएको छ ।

यस्तै ट्रम्पले चीनलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पारदर्शी र जिम्मेवार भूमिकामा ल्याउन चाहन्छन् भने उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनले अधिक सक्रिय भूमिका खेलोस् भन्ने ट्रम्पको अपेक्षा रहने समेत विश्लेषण गरिएको छ ।

यता भारतीय प्रधानमन्त्री र सीबीचको सम्बन्धमा आएको बदलावका बारेमा पनि चर्चा बढेको छ । यसबीच चीनको सत्तारूढ कम्युनिस्ट पार्टी (सीपीसी)का एक वरिष्ठ नेताले भनेका छन्, रूसमा अक्टुबरमा प्रधानमंत्री नरेंद्र मोदी र राष्ट्रपति शी जिनपिंगबीच भएको सफल भेटवार्ताले भारत–चीन सम्बन्धहरुमा नयाँ शुरुआत गरेको थियो ।

सीपीसीको आतंरिक विभागका मंत्री लियू जियानचाओले चीनमा भारतीय राजदूत प्रदीप कुमार रावतसंग छलफलका क्रममा मोदी–शीबीच रूसको कजानमा ब्रिक्स शिखर सम्मेलन इतर भएको भेटवार्ताको चर्चा गरेका हुन् ।

चीनको आधिकारिक मिडियाका अनुसार, लियूले यो कुराकानीका दौरान भने, चीन–भारत सम्बन्धलाई पुन सुरु गर्नुले दुवै देशको २.८ अर्ब मानिसहरुको आधारभूत हितहरुलाई पुरा गर्छ । यो वैश्विक दक्षिणको आम अपेक्षाहरु र इतिहासको सही दिशाको अनुरूप पनि हो ।

लियूले अगाडी भने चीन, भारतमा सबै राजनीतिक दलहरुका साथ मैत्रीपूर्ण आदान–प्रदानलाई बलियो बनाउन, दुवै देशका नेताहरुका बीच बनेको महत्वपूर्ण सहमतिलाई संयुक्त रूपले लागू गर्न र यस अनुसार, द्विपक्षीय सम्बन्धहरुलाई स्थिर र विकासको पथमा शीघ्र फिर्ता ल्याउन इच्छुक छ ।

खासमा पूर्वी लद्दाखमा चार वर्षभन्दा लामो समयदेखि चलिरहेको सैन्य गतिरोधका कारण दुई देशबीच द्विपक्षीय सम्बन्ध लगभग ठप्प भएको थियो । सो गतिरोधलाई समाप्त गर्नका लागि दुवै देशहरु सहमतिमा पुगेपछि २४ अक्टूबरमा मोदी र शीले कजानमा भेटवार्ता गरेका थिए ।

मोदी–शीबीचको बैठकपछि, विदेश मंत्री एस जयशंकर र चीनी विदेश मंत्री वांग यीले ब्राजीलमा जी २० शिखर सम्मेलनका क्रममा छलफल गरेका थिए । यसपछि चीन–भारत सीमा मामिलाहरुमा परामर्श र समन्वयका लागि कार्यविधिमा चर्चा भएको थियो ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प#मोदी–सी वार्ता#चीन–भारत सम्बन्धमा ब्रेकथ्रु#चिनियाँ राष्ट्रपति सी जिंगपिंग

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.