NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?

शुक्रबार पुस ५ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
६२ लाखको कार कसलाई ?दीपेन्द्र, ललित,रोहित कि अरु कोही ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ पुष ,काठमाण्डौ।

नेपालको पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिगको उपाधिको छिनोफानो हुन् अब एकरात मात्रै बाँकी छ । भोलि मध्यान्न सुरु हुने सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेलमा उपाधि कसले जित्ला भन्ने आआफ्नै अनुमान छ । सुदूरपश्चिम र जनकपुरमा आआफ्नै समर्थकहरु आफ्नो रोजाईमा रहेको टिमले जित्ने दावी गरिरहेका छन् ।

केहीले यसअघिका खेल जस्तै सुदूरले सहज जित निकाल्दै उपाधि जित्ने दावी गरिरहेका छन् भने केहीले जनकपुरले तेस्रो भेटमा बदला लिदै उपाधि उचाल्ने दावी गरिरहेका छन् । तर यी सबै दावी र अनुमान मात्रै हुन् । यसको वास्तविक परिणामका लागि भने भोलि सम्म नै कुर्नुपर्नेछ ।

LS Auto

यी दुवै टोली फाइनलमा भिड्दा तेस्रो पटक भेट हुन लागेका हुन्। यसअघिका दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी छ। सुदूरपश्चिम जनकपुरलाई फाइनलमा हराउँदा ह्याट्रिक जितसहित पहिलो उपाधि उचाल्नेछ। तर जनकपुरलाई भने लिग चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला उपाधि भिडन्तमा लिने मौका छ।

एनपिएल उपाधिसँगै उत्कृष्ट नेपाली खेलाडीले पाउने करिव ६२ लाखको ओमोडाको कार कसले जित्ला भन्ने कौतुहल्ता क्रिकेटप्रेमीहरुमा देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग सुरु हुनु अघि नै शारदा ग्रुपसँग एनपिएलको ‘ड्रिभन बाई’को रुपमा ओमोडा एण्ड जेइको सँग सम्झौता गर्दै प्लेअर अफ दि सिरिज हुने नेपाली प्लेअरलाई कार पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

यसका लागि फाइनलमा पुगेका दुई टिमका उत्कृष्ट खेल प्रर्दशन गर्ने दुई खेलाडी र समूह चरणबाटै बाहिरिएपनि ब्यक्तिगत रुपमा उत्कृष्ट खेल प्रर्दशन गर्ने लुम्बिनीका कप्तानलाई संभावित उत्कृष्ट खेलाडीका रुपमा हेरिएको छ ।

जसमा उपाधि भिड्न्त गर्ने सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी ,जनकपुर बोल्ट्सका स्पीनर ललित राजवंशी वा नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान समेत रहेका रोहित पौडेल मध्ये कुनै एक खेलाडीले कार चढ्ने आंकलन गरिएको छ ।

लिग चरणमा रोहितको टिम लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिएपनि उनले सर्वाधिक रन बनाएका छन् । लुम्बिनीले हारिरहँदा पनि कप्तान रोहितले ब्याट र बलबाट सफल भए । अझै पनि नेपाली खेलाडीमध्ये धेरै रन बनाउनेमा रोहित नै सबैभन्दा अघि छन् ।

यसबाहेक दीपेन्द्रले बल र ब्याट मात्र नभई मैदानमा नेतृत्व गर्नेदेखि फिल्डिङ पनि उत्कृष्ट गर्दै सबै क्षेत्रमा लिड लिएर आफ्नो टिमलाई उपाधि नजिक पुर्याएका छन् । अब उनले उपाधि समेत दिलाए भने उनको संभावना झनै अधिक बन्न जान्छ ।

यसबाहेक जनकपुरको फाइनल यात्रा योगदान धेरै दिने खेलाडीमा अगाडि रहेका छन् जनकपुरमा ललित राजवंशी । ललितले सुदूरपश्चिमका स्कट कुगेलेइनसँगै सर्वाधिक १६ विकेट लिएका छन् । जनकपुरका विदेशी खेलाडीहरु नै हावी बन्दा बलिङमा ललित र किशोरको जोडी जमिरहेका छन् ।

सुदूरपश्चिमलाई फाइनल पु¥याउन नेतृत्व गर्नेका साथै मैदानमा सबै क्षेत्रमा छाएका दीपेन्द्र सिंह ऐरी कारको दाबेदारको रुपमा छन् । कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् ।

यसैले त उनले भोलिको उपाधि भिड्न्तमा दबाबरहित रुपमा खेल्ने बताएकाछन् । दीपेन्द्रले ८ खेलमा १ अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए ।

त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे । काठमान्डु गुर्खखाज विरुद्ध ४३ रन बनाएका उनले लुम्बिनीविरुद्ध अविजित ४३ रन जोडे । चितवन विरुद्ध १ रनमा आउट भएका उनले जनकपुरविरुद्ध खाता खोल्न सकेनन् ।

पोखरा विरुद्ध २०, कर्णाली विरुद्ध ३८ रन बनाए । क्वालिफायर वान मा जनकपुर विरुद्ध २० रन बनाएका थिए । साथै उनले जनकपुरविरुद्ध ३ विकेट समेत लिए जुन उनको बेस्ट बलिङ फिगर समेत हो । दीपेन्द्रले बलिङमा कुल ८ विकेट लिएका छन् ।

ललितले विकेटबाट जनकपुरलाई उपाधि यात्रासम्म डोर्याएका छन् । उनी सुरूवातदेखि नै जनकपुरको मुख्य विकेट–टेकरको रुपमा रहेका छन् । स्पीनमा ललित र मिडियम पेसमा किशोर महतोले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई सुरूवाती चार खेलमा लगातार जिताउन सहयोग गरे ।

ललितलाई मोहम्मद मोहसिन र हर्श थाकरले स्पीनमा सहयोग गरेका थिए । ललितले एक खेलबाहेक सबैमा विकेट लिएका छन् । एनपिएलमा स्पीनरमध्ये सबैभन्दा अघि र सर्वाधिक विकेट लिनेमा पनि अघि छन् । जनकपुरलाई फाइनल पु¥याउन बलिङबाट राम्रो योगदान दिइरहेका छन् ।

जनकपुर बोल्ट्सका ललित राजवंशीले सुदूरका स्कट कुगेलेनसङ्गै १६ विकेट लिएर सर्वाधिक विकेट लिनेमा अघि छन् । फाइनलमा कसले धेरै विकेट लिने भन्ने होड पनि कायम छ । यस्तै कारको पुरस्कारमा पनि ललितको दाबेदारी छ ।

उनले अहिलेसम्म ९ खेल खेल्दा एक खेलमा मात्र विकेट लिन सकेनन् । त्यो खेल सुदूरपश्चिम विरुद्ध नै रहेको थियो । लगमा विराटनगर, पोखरा र काठमान्डु विरुदध ३–३ विकेट लिएका ललितले चितवनसँग र क्वालिफायर टु मा कर्णालीसँग समान २ विकेट लिए ।

यस्तै लिगमा कर्णाली र लुम्बिनी सहित क्वालिफायर वानमा सुदूरविरुद्ध समान १ विकेट लिएका थिए । काठमान्डु विरुदध ४ ओभरमा २ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो ।यस्तै कारका अर्का दाबेदारका रुपमा जनकपुर रहेका छन् ।

लिग चरणलाई मात्र खेल्न पाएका रोहितको ब्यक्तिगत प्रदर्शनका रुपमा उनलाई कारको दाबेदारका रुपमा हेरिएको हो । रोहितले रन बनाउने मत्र नभई विकेट लिने समेत काम गरे । उनले दुई अर्धशतक समेत बनाएका छन् । चितवन विरुद्ध एकै खेलमा अर्धशतक र ४ विकेट लिएर प्लेअर अफ दि म्याच बने ।

रोहितले पोखरा विरुद्ध सर्वाधिक ९५ रन बनाएका थिए भने चितवन विरुद्ध ८० रन बनाएका थिए । यस्तै चितवन विरुद्धको जितमा उनले ४ विकेट समेत लिएका थिए । यसैगरी विराटनगर विरुद्ध ४६, जनकपुर विरुद्ध ३५ रन बनाउँदा कर्णाली विरुद्ध १०, काठमान्डौं विरुद्ध ८ र सुदूरपश्चिम विरुद्ध ८ रनमा आउट भएका थिए ।

७ मध्ये ६ खेलमा बलिङ गरेका उनले ४ खेलमा विकेट लिएका थिए । चितवनविरुद्ध ४÷१७ उनको बेस्ट बलिङ प्रदर्शन हो । यस बाहेक एलिमिनेटरबाट बाहिरिएका कुशल मल्ल नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउनेमा दोस्रोमा छन् ।

उनले एक अर्धशकका साथ २२३ रन बनाएका छन् । यस्तै बलिङमा उत्कृष्ट प्रदर्शन गरेका चिवनकै लेफ्ट आर्म मिडियम पेसर रिजन ढकालले १३ विकेट लिएका छन् । कर्णालीका ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन प्रसाद शर्माले पनि १३ विकेट लिएका छन् ।

एनपिएलले उद्घाटनदेखि नै हजारौँ दर्शकलाई आकर्षित गर्दै आएको छ । फाइनल खेलमा झन् ठुलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठुलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् जसको छिनोफानो भइसकेको छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

रोमाञ्चक खेलको प्रतीक्षामा रहेका नेपाली क्रिकेट प्रेमीहरूलाई यो फाइनल खेलले अविस्मरणीय अनुभव दिने निश्चित छ । भोलिको उपाधि भिड्न्त र संभावित कारका विजेता बारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #नेपाल टाइम्स अनलाइन#नेपाल प्रिमियर लिग

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

World News:Israelसंग भड्कियो Saudi, Xi-Trump वार्ता, Iran आफ्नो अडानमै || Nepal Times

00:12:06

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.