बेलायती राजदूतको जनकपुरमा वैवाहिक वर्षगाँठ

बेलायती राजदूतको जनकपुरमा वैवाहिक वर्षगाँठ

१३ पुष ,काठमाण्डौ।

नेपाल विविधता र परम्पराको अद्भुत संगम हो । हिमालको काखमा बसेको यो सानो देशले आफ्नो पहिचान सँधै गर्वका साथ संसारभर फैलाउँदै आएको छ। यहाँका भाषा, धर्म र सांस्कृतिक अभ्यासहरू मात्र होइन, यहाँका परम्परागत पोशाकहरू पनि नेपालका गौरवशाली इतिहास र जीवनशैलीको प्रतिबिम्ब हुन्।

पुरुषहरूको लागि दौरा सुरुवाल, जसले नेपाली सौम्यता र आत्मीयताको प्रतीक बोकेको छ। यससँगै टोपी र कोटले गर्दा यसको गरिमा अझै बढ्छ। महिलाहरूको लागि साडी, जसले नेपाली महिलाहरूको सहजता, सौन्दर्य र परिष्कारको प्रतिनिधित्व गर्छ।

यी पोशाकहरू केवल लुगामात्र होइनन्, यी नेपाली आत्मा र राष्ट्रिय गौरवका जिउँदा चिनारी हुन्। यी पोशाकहरूको सांस्कृतिक महत्व, इतिहास र नेपाललाई विश्वको अगाडि छुट्टै परिचय दिलाउन खेलेको भूमिकालाई आत्मसात गर्दै नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेन यही पोशाकमा सजिएका छन् ।

उनीहरुले दौरा सरुवाल र साडीमा सजिएर हिन्दू संस्कारअनुसार जनकपुरमा २२ औं वैवाहिक वर्षगाँठ मनाएका छन्। मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन्।

त्रेतायुगमा रामजानकीले जनकपुरमै विवाह गरेकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको उनीहरुको भनाइ छ। फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुलहीले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी छिन्।

बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुलाह,दुलही झै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गरेका थिए। फेनले जुलियालाई अँगुठी पनि पहिराएका थिए।

उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.