सुन तस्करी प्रकरणः पूर्व डिआईजी गोविन्द निरौलालाई छोड्न आदेश

सुन तस्करी प्रकरणः पूर्व डिआईजी गोविन्द निरौलालाई छोड्न आदेश

विराटनगर,असोज १२
उच्च अदालत, बिराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्वडिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।

बिहिबार उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । निरौलाले २९ चैत ०७४ मा अवकाश पाएका थिए । उनले विमानस्थल प्रहरी प्रमुख रहेका बेला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क गरेको दाबी गरिएको थियो ।

साढे ३३ केजी सुन प्रकरणको छानविन गर्न गठित समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको दाबी गरेको थियो ।

यसअघि उच्च अदालतको आदेशले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, एसपी विकासराज खनाल लगायतलाई पनि छाड्ने आदेश दिइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.