NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV मङ्लबार साउन ६ , २०८२
चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास मङ्लबार साउन ६ , २०८२
विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन् मङ्लबार साउन ६ , २०८२
सी र पुटिनपछि ओली ? उनीहरुले जे गरे, ओली पनि त्यही गर्दैछन् ? मङ्लबार साउन ६ , २०८२
Next
Prev

समाचार

रवि पक्षमा आधा दर्जनबढी अधिवक्ताले बहस गर्दै

सोमवार पुस २२ , २०८१
Reading Time: 1 min read
A A
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ पुष , काठमाण्डौ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा आज पनि जिल्ला अदालत कास्कीमा प्रतिवादी पक्षको बहस सुरु भएको छ । आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् ।

जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस सुरु गरेका हुने । यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।

Advertisement

यसअघि लिला पछाईं र छविलाल जोशीका कानुन व्यवसायीलेहरुले सहकारीको पूरक अभियोगपत्र हदम्याद नाघेपछि दर्ता भएकोले खारेज हुनुपर्ने माग गरेका छन् । छविको पक्षमा बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले जोशीको पक्षबाट बहस गर्दै सहकारी ऐन अनुसार पूरक अभियोग ३५ दिने हदम्याद नाघेर आएकाले अभियोगपत्र नै बदर हुनुपर्ने माग राखेका हुन् ।

पहिलो अभियोग २०८० असोज १८ गते दर्ता भएको थियो । उक्त मुद्दामा थप प्रतिवादी रहेको र पुनः अनुसन्धान हुनुपर्ने भन्दै पीडितहरूले पूरक जाहेरी दिए । प्रहरीले पूरक जाहेरीकै आधारमा अनुसन्धान सकेर सरकारी वकिललाई बुझाएको हो ।

उक्त अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले पुस ५ गते र ७ गते अभियोगपत्र दायर गरेको छ । पूरक अभियोगपत्र हदम्याद भन्दा ढिलो आएकोले बदर गर्नुपर्ने थापाको जिकीर छ । ‘पहिलो अभियोग दर्ता गर्दा १९ जना प्रतिवादी थिए ।

उक्त अभियोगभन्दा फरक तथ्य पछि फेला परेको छैन । मुद्दामा अनुसन्धान प्रक्रियामा नयाँ तथ्य फेला परे कसैलाई प्रतिवादी बनाउन सकिने उल्लेख छ । त्यो पनि ३५ दिनभित्रको हदम्याद उल्लेख छ,’ उनले भने, ‘यो पहिले नै उठिसकेको मुद्दा हो । नयाँ फ्याक्ट होइन, पूरक अभियोग चलाउनुपर्दैन । हदम्यादको हिसाबले पूरक अभियोग बदर हुनुपर्छ ।’

उनले पैसा लगेर मासिएको भनिएको गोर्खा मिडिया र नेचर हब्स जस्ता कम्पनीहरूलाई प्रतिवादी नबनाइएको भन्दै प्रश्न गरे । तर अभियोगपत्रमा दुवै कम्पनीलाई प्रतिवादी बनाइएको छ । थापाले राजनीतिक प्रतिशोध राखेर मुद्दा दायर भएको बताए ।

‘सहकारीबाट ऋण लिन नियमावली अनुसार सदस्य हुनुप¥यो । त्यो भित्र नभएको मान्छेले ऋण खाने कुरै भएन,’ उनी भन्छन्, ‘अभियोगपत्र नै गलत मनसायका साथ आयो । राजनीतिक प्रतिशोध राखेर आयो।’ उनले अदालतमा विचाराधीन मुद्दामा संसदीय छानविन विशेष समितिको औचित्यमाथि समेत प्रश्न उठाएका छन् ।

उनले बदलनियत राखेर यो मुद्दा हालिएको र प्रतिवादीविरुद्ध जालसाझी गरिएको तर्क गरेका थिए । उनले पोखरा महानगरको प्रतिवेदनपछि किन गोर्खा मिडियालाई प्रतिवादी नबनाइएको भन्दै प्रश्न उठाएका छन् ।

छवि पक्षका २ जनाले आइतबार बहस गरेका छन् । आज रविका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने छन् ।

रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् । उनीहरुले रवि निर्दाेष रहेको तर्क अदालत समक्ष प्रस्तुत गर्नेछन् । रवि पक्षको बहस सम्भवत भोलिसम्म लम्बिने सम्भावना रहेको छ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

आजै काठमाडौंको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत रवि छविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन्।

सहकारी पीडितहरूको सर्वत्र आन्दोलन चलिरहेका बेला आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताएका छन् । अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून व्यवसायीले बताउँदै आएका छन् ।

Tags: #अधिवक्ताले बहस गर्दै#आज रवि पक्षको बहस#रवि पक्ष#सूर्यदर्शन ठगी प्रकरण

लोकप्रीय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

विचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

थप समाचार

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने
अन्तर्राष्ट्रिय

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV
अन्तर्राष्ट्रिय

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी
अन्तर्राष्ट्रिय

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२

हालका पोस्टहरू

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

मङ्लबार साउन ६ , २०८२
पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

पुटिनले देखाए विश्वकै ठूलो ड्रोन फ्याक्ट्री, बालक नै बनाउँछन् UAV

मङ्लबार साउन ६ , २०८२
अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

मङ्लबार साउन ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.