NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
चोर शब्दमा संसदमा बबाल, रेकर्डबाट हटाउन माग, भयो चर्काचर्की आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

तिब्बतमा ७ रेक्टरको भूकम्प, ५ देशमा धक्का, नेपालमा कति क्षति ?

मङ्लबार पुस २३ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ पुष , काठमाण्डौ।

चीनको तिब्बत केन्द्रबिन्दु बनाएका आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

Advertisement

भूकम्पको धक्का चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ ।

यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ ।

तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल–चीन सीमामा पर्ने दिङ्गे काउन्टीमा रहेको थियो, जुन दक्षिण नेपालको सङ्खुवासभा, ताप्लेजुङ र भारतको सिक्किम राज्यसँग सीमामा जोडिएको स्थान हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यका, तराई र पूर्वी नेपालका विभिन्न जिल्ला, जस्तै झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङमा महसुस गरिएको थियो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालले भूकम्पको धक्का महसुस गरिएको र यसबाट जिल्लामा के–कति क्षति भयो भन्ने एकीन गर्न स्थानीय तह, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी विवरण सङ्कलन गर्ने काम सुरु भइसकेको बताएका छन् ।

यस्तै सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भूकम्पबाट अहिलेसम्म भौतिक तथा मानवीय क्षतिको सूचना नआएको बताएका छन् । पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु कोइरालाले भूकम्पबाट मानवीय र भौतिक क्षति के कति भयो यसका लागि सुरक्षा निकायलाई परिचालन गरिसकेको बताएका छन् ।

नेपालमा तिब्बतको सिमाना जोडिएको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने बताएका छन् ।

भूकम्पको धक्का महसुस भएपछि नागरिकहरू घरबाहिर खुला स्थानमा निस्किएका थिए। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार दिङ्गे काउन्टी नेपालका पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा रहेको छ।

केंद्रका अनुसार, छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प मानिन्छ। यसअघि २०७२ वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर सात दशमलव छ रेक्टर स्केलको भूकम्प आएको थियो। यस भूकम्पले ठूलो जनधनको नोक्सानी पुर्याएको थियो।

केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्पका धक्काहरू महसुस भइरहेको छ, जसले नागरिकमा चासो र चिन्ता बढाएको छ। नागरिकलाई भूकम्पको जोखिम र सम्भावित प्रभावका बारेमा सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

नेपाल भूकम्पीय दृष्टिकोणले अत्यन्तै संवेदनशील देश हो। ०७२ को भूकम्पले हामीलाई भयानक क्षति र मानविय पीडा दिएको थियो, र त्यो अनुभवले हामीलाई भूकम्पको सम्भावनालाई नकार्न नसक्ने कुरा सिकाएको छ।

यद्यपि, भूकम्प र त्यसको प्रभावलाई रोक्न सकिदैन् तर पूर्वतयारी र सतर्कता बढाएर यसबाट उत्पन्न हुने जोखिमलाई कम गर्न सकिने भूकम्पविद्हरुले बताएका छन् ।

Tags: #तिब्बतमा ७ रेक्टरको भूकम्प#भूकम्प

लोकप्रीय

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

विचार

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

थप समाचार

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
ताजा समाचार

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’
ताजा समाचार

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र
ताजा समाचार

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.