NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ

बिहिबार पुस २५ , २०८१
Reading Time: 1 min read
A A
हेटौँडा सिमेन्टको मूल्य घट्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ पुष , विराटनगर ।

पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् भने हार्डवयेर संघमा आवद्ध व्यवसायीहरु आन्दोलित बनेका छन् । निर्माणको मुख्य सिजनमा नै सिमेन्टको मूल्य बढेको भन्दै उनीहरू आन्दोलनमा होमिएका छन् ।

निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेको छ । अहिले पीपीसी सिमेन्टको मूल्य औधोगिक नगरी विराटनगरमा प्रतिबोरा ७९० रुपैयाँ छ भने ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८५० रुपैयाँ पुगेको छ ।

LS Auto

यो मूल्य पछिल्लो २ महिनामा अत्याधिक बढेको छ । २ महिनामै सिमेन्टको मूल्य प्रतिबोरा २ सय ७५ रुपैयाँ पुगेपछि आफूहरु आन्दोलित भएको विराटनगर हार्डवेयरसंघका अध्यक्ष प्रमोदकुमार अग्रवालले बताएका छन् ।

कुनै पनि आधार विनानै सिमेन्टको भाउ घटाउने सहमतिको विपरित गएर सिमेन्ट उत्पादकहरुले मनोमानी रुपमा सिमेन्टमा अभाव सृजना गर्ने उद्धेश्यले हप्तामा ५० रुपैयाँ सम्म सिमेन्टको भाउ बढाउदै आएको उनले बताएका छन् ।

बजारमा न पेट्रोलको भाउ बढेको छ, न डिजेल, न लोडसेडिङ न क्लिङकरको समस्या सबै अनुकुल रहदा पनि उद्योगीहरुले सिमेन्टको भाउ बढाएको उनले बताएका छन् । सिमेन्ट उत्पादनमा कार्टेलिङ गरिएको भन्दै अग्रवालले सिमेन्ट माग गरेको ४ दिनपछि सिमेन्ट लोड हुने र ४ दिनकै अन्तरमा भाउ बढाएर पठाउने गरेको गुनासो गरेका छन् ।

मनोमानी रुपमा सिमेन्टको भाउ बढाएका कारण निर्माणकार्य ठप्प जत्तिकै भएको भन्दै उनले यसैकारण आफूहरुले व्यापारीहरले कालोबजारी गरेको भन्दै व्यापारी चोरसम्मको आरोप सुन्नु परेको दुखेसो गरेका छन् ।

सिमेन्ट उत्पादकहरुले भएको सहमति कार्यान्वयन नगरी भाउ घटाउनुको साटो उल्टो मनोमानी रुपमा बढाउदा समेत सरकारले चासो नदिएको भन्दै असन्तुष्टि पोखेका छन् ।आर्थिक वर्ष २०८१÷०८२ को बजेट विश्लेषण गर्ने क्रममा अधिकांश ठाउँमा सिमेन्टको मूल्य पीपीसीको प्रतिबोरा ४०० रुपैयाँ र ओपीसीको ५०० रुपैयाँ मूल्य कायम थियो ।

अधिकांश आयोजना सोही मूल्यअनुसार ठेक्का लागेर निर्माणको क्रममा छन् । पछिल्लो समय निर्माण सामग्रीको मूल्य बढ्दा आफू मर्कामा परेको निर्माण व्यवसायी बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्य बढेपछि उद्योग मन्त्रालयमा भएको छलफलमा सरकार र उद्योगीबिच मूल्य घटाउन सहमति भएको बताए ।

तर उद्योगीहरूले सहमतिअनुसार मूल्य कायम नगरेको सिंहको भनाइ छ । उनीहरुले पुस २७ गतेदेखि आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । अध्यक्ष सिंहले अब आन्दोलित भएर सडकमा जानुपर्ने अवस्था आएको बताएका छन् ।

सरकारका सबै निकायहरु सबैलाई जानकारी दिएका छौँ । सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर कालोबजारी गरेर ५ सय रुपैयाँ रहेको सिमेन्टको मूल्य आज ७७० रुपैयाँसम्म पु¥याएको छ । उनले भनेका छन्, त्यो विषयमा पनि आन्दोलित भएका छौं ।

सिमेन्ट उद्योगीले गत मंसिरदेखि सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँभन्दा माथि मूल्य वृद्धि गरेका थिए । सोही बेला अत्यावश्यक निर्माण सामग्री फलामे छडको पनि मूल्य वृद्धि भएको थियो । निर्माणको सीजनमा निर्माण सामग्रीको मूल्य बढेको भन्दै निर्माण व्यवसायीहरूले विरोध जनाए ।

यसपछि मंसिर २७ गते उद्योगमन्त्री, वाणिज्य विभागका महानिर्देशक, सचिवहरू लगायत र सिमेन्ट उद्योगीबिच छलफल भएको थियो । उक्त छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहको भनाइ छ ।

सिंहका अनुसार मन्त्रालयमा भएको छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा ५६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य ४६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएको सिंहको गुनासो छ ।

उद्योग मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारी मन्त्रालयले सिमेन्ट उत्पादक संघलाई बोलाएर छलफल गरेको तर मूल्य निर्धारणको सहमति नभएको बताएका छन् ।यता सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारु पनि मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति नभएको बताएका छन् ।

यसअघि सिमेन्ट विक्री नभएर उत्पादन लागतभन्दा कम मूल्यमा विक्री गर्नु परेको र अहिले माग बढेकाले मूल्य समायोजन गरेको अध्यक्ष मारुको भनाइ छ अध्यक्ष मारुका अनुसार सिमेन्टको मूल्य गुणस्तरअनुसार फरक–फरक छ ।

अहिले पीपीसी सिमेन्ट प्रतिबोरा ५२५ रुपैयाँदेखि ६५० रुपैयाँ मूल्य छ । यसैगरी ओपीसी सिमेन्ट प्रतिबोरा ६५० देखि ७५० सम्म छ । यो मूल्यभन्दा घटाएर विक्री गर्न नसकिने अध्यक्ष मारुले बताएका छन् ।

विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दा दैनिक उत्पादनमा कमी आएसँगै मूल्य वृद्धि गरिएको उनको भनाइ छ । अहिले सिमेन्ट उद्योगमा दैनिक १० घण्टा लोडसेडिङ हुने गरेको उद्योगी बताउँछन् ।

साथै प्राधिकरणले सिमेन्ट उद्योगलाई आवश्यक पर्ने पावरभन्दा कम पावर विद्युत् पठाएकाले सिमेन्ट उत्पादनमा अवरोध भइरहेको उद्योगीको गुनासो छ । तर विद्युत प्राधिकरण भने उद्योगीहरुको लोडसेडिङ गरिएको भन्ने आरोप स्वीकार गर्न तयार छैन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह नेपालमा भन्दा भारतमा सिमेन्टको मूल्य सस्तो भएको बताउँछन् । नेपालमा महँगो दरमा सिमेन्ट विक्री गर्दै आएका उद्योगीले भारतमा सस्तो मूल्यमा निर्यात गर्दै आएको उनको भनाइ छ ।

सिमेन्ट उद्योगीहरूका अनुसार नेपालमा वार्षिक साढे ३ करोड टन सिमेन्ट उत्पादन क्षमता छ । कुल क्षमताको ४० प्रतिशतमात्रै सिमेन्ट उत्पादन हुने गरेको छ । वार्षिक १ करोड टन सिमेन्ट स्वदेशीमा खपत हुने गर्दछ । सानो परिमाणमा भारततर्फ सिमेन्ट निर्यात हुने गरेको छ ।

चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म (५ महिना)मा एक अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार १ अर्ब ४ करोड ४३ लाख बराबरको ६ लाख ९९ हजार ५१० मेट्रिक टन सिमेन्ट भारततर्फ निर्यात भएको हो ।

जसमध्ये ३८ करोड ८२ लाख ६२ हजार रुपैयाँको ४ लाख ३६ हजार ९०६ मेट्रिक टन क्लिङ्कर निर्यात भएको छ । यसैगरी ६५ करोड ६० लाख ४० हजार रुपैयाँको २ लाख ६२ हजार ६०४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा ३ अर्ब ८५ करोड २८ लाख २४ हजार रुपैयाँको २८ लाख ३९ हजार २१७ टन सिमेन्ट र क्लिङ्कर निर्यात भएको थियो । जसमध्ये १ अर्ब ९७ करोड ८ लाख १७ हजार रुपैयाँको सिमेन्ट र १ अर्ब ८८ करोड २ लाख ८ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको थियो ।

नेपालले सिमेन्ट उत्पादनमा आत्मनिर्भरता हासिल गरेको छ। हाल देशभर ६५ सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमा ४४ वटा क्लिङ्करमा आधारित र २१ वटा चुनढुंगामा आधारित छन्। यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता २५ मिलियन टन रहेको छ, जबकि वार्षिक माग करिब १० मिलियन टन मात्र छ।

नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार, सञ्चालनमा रहेका ५५ सिमेन्ट उद्योगमा कुल लगानी रू. १ खर्ब २२ अर्ब ३३ करोड पुगेको छ। यसमा होङ्सी–शिवम्, अर्घाखाँची, र मारुती सिमेन्ट उद्योगहरूमा करिब रू. ५७ अर्बको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ।

सिमेन्ट उद्योगहरूको स्थापनासँगै नेपालले सिमेन्टमा आत्मनिर्भरता हासिल गरेको भए पनि, उत्पादन क्षमताको पूर्ण उपयोग हुन सकेको छैन। उद्योगहरूले आफ्नो क्षमताको करिब ८० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्।

नेपालले सिमेन्ट उत्पादनमा आत्मनिर्भरता हासिल गरेको छ र निर्यातमा पनि प्रगति गरिरहेको छ। तर, भएका सहमति कार्यान्वयन नहुदा र मनोमानी ढंगले मूल्यबृद्धि गर्दा समेत सरकार नै मुखदर्शक भन्दा आम उपभोक्तासहित समग्र निर्माण क्षेत्रनै मारमा परेको छ । यसमा तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #नेपाल टाइम्स ट्रेन्डिङ#नेपाल टाइम्स स्पेशल#बजारमा सिमेन्टको हाहाकार#सिमेन्टको भाउ बढ्यो#सिमेन्टको मूल्य वृद्धि#सिमेन्टमा भयो कार्टेलिङ

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.