NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

रवि रिहा हुँदा सूर्य थापा सबैभन्दा दुःखी, बाबुरामदेखि माओवादीसम्म खुशी

शुक्रबार पुस २६ , २०८१
Reading Time: 1 min read
A A
बयान दिन संसदीय छानबिन समितिमा पुगे रवि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ पुष, काठमाण्डौ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज स्वयम काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

कास्की अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएपछि आफूविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

LS Auto

हिजो अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर रविलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।

थुनामुक्त भएपछि लामिछानेले न्यायालयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । रिहापछि प्रतिक्रिया दिँदै उनले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् । सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेशपछि उनी ८४ दिनपछि रिहा भएका हुन् ।

उनीसँगै उक्त मुद्दाका अन्य ५ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति रविलाई ६५ लाख, छविलाललाई ८८ लाख, लीलालाई ३७ लाख, मीनालाई पाँच लाख, रामबहादुरलाई १५ लाख, आरतीलाई पाँच लाख र कृष्णबहादुरलाई एक लाख रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिवादी लीलाले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ । अदालतमा दश दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा रविसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए । काठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।

आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

केन्द्रीय सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कास्कीले सत्यको जित भएको बताएको छ । रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।

यस्तै लामिछाने धरौटीमा रिहा भएकामा पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई पनि खुसी भएका छन्। उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले रविका लागि रुपन्देही, पर्सा, चितवन र काठमाडौँमा पनि यस्तै आदेश आउने आशा व्यक्त गरेका छन्। तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेप्रति सरकारले दुःख दिने नियत राखेको प्रस्ट भएको टिप्पणी गरेका हुन्।

योसँगै उनले अब रुपन्देही, पर्सा, चितवन र काठमाडौँका आरोपमा पनि यस्तै आदेश आउने अपेक्षा पनि व्यक्त गरेका छन्। ‘हामीले प्रस्ट भनेका थियौँ– रवि दोषी छन् वा निर्दोष? त्यसको फैसला अदालतले गर्नेछ।

तर, रविलाई जसरी दुःख दिने नियत राखियो र दिइयो, त्यो बदनियतपूर्ण छ। थुनछेक बहसपछि कास्की जिल्ला अदालतको आदेश आएको छ’, उनले लेखेका छन्, ‘आशा राखौँ– रुपन्देही, पर्सा, चितवन र काठमाडौँबाट पनि यही प्रकृतिको आदेश आउनेछ। उनले हिरासत बाहिरै बसेर मुद्दाको अन्तिम किनारा लगाउन पाउनेछन्।’

लामिछाने धरौटीमा रिहा भएपछि उनका समर्थकले खुसियाली मनाइरहेका बेला संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा भने निकै दुःखी देखिएका छन् । रवि रिहा भएयता छानबिन समितिका सभापति थापाले शुक्रबार बिहानसम्म फेसबुकमा लगालग तीनवटा स्टाटस लेखिसकेका छन्।

सबैभन्दा पहिला हिजो नै उनले कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा भन्ने स्टाटस लेखेका छन् ।

भने त्यस लगत्तै अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ। त्यसनिम्ति ७३नं. को व्यवस्था मौजुद नै छ! भन्ने स्टाटस लेखेका छन् । त्यसपछि आज विहानै उनले व्याग्यात्मक कवितात्मक शैलीमा लेखेका छन्, रवी जिम्मेवार÷कारबाहीको सिफारिस–क्लिन चिट !!

रवी निर्दोष छन्– हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ– सरकार म–यो÷जुठो बार !!
अनुसन्धान–अभियोजन–हिरासत– राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई– न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा– सफाई÷चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन– हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग– छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!

पछिल्लो स्टाटसमा थापाले कास्की अदालतले धरौटीमा छाडे पनि अझै काठमाडौँ, रुपन्देही, चितवन र पर्सामा सुनुवाइ बाँकी नै रहेको बताएका छन्। धरौटीमा रिहा हुनुलाई रवि–समर्थकले सफाइ नै पाएजस्तो प्रचार गरिरहेको भन्दै थापाले आक्रोश पनि पोखेका छन्।

सूर्य थापाकै संयोजकत्वको संसदीय छानबिन समितिको प्रतिवेदनबमोजिम रविविरुद्ध सहकारी ठगी आरोपको अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम, पर्साको सानो पाइला, चितवनको सहारा चितवन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप पनि लागेको छ।

Tags: #रवि ८४ दिनपछि रिहा#रवि रिहा

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.