NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

जय ट्रफीका लागि पुलिस र आर्मी भिड्ने

आइतवार पुस २८ , २०८१
Reading Time: 1 min read
A A
जय ट्रफीका लागि पुलिस र आर्मी भिड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ पुष , काठमाण्डौ ।

दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । बागमती र मधेश प्रदेश सेमिफाइनलबाट बाहिरिएका छन् । आज दिउँसो भएको सेमिफाइनलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो ।

यससंगै प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । यसअघि त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । आज जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले दिएको ११६ रनको लक्ष्य पुलिसले २३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।

LS Auto

पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ५६ रन बनाए । उनले ४५ बलमा नौ चौका प्रहार गरे । यसबाहेक, कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले २० रन थपे । वाग्मतीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

नन्दन यादव, सूर्य तामाङ र प्रतिश जीसीले समान एक विकेट लिए । दोस्रो इनिङमा वाग्मतीका रित गौतम र सुभ कंसाकारले क्रमशः ५२ र ७० रन बनाए । सुभले ७४ बलमा १२ चौका र एक छक्का प्रहार गरे । रितले ९३ बलमा आठ चौका प्रहार गरे ।

यी दुईले ८–१ को स्थितिबाट १०७ रनको साझेदारी गर्दै वाग्मतीको इनिङ सम्हालेका थिए । यसबाहेक, कप्तान सन्दीप लामिछानले र सूर्य तामाङले समान १६ रन जोडे । उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १४ रन थप्दा रिजन ढकाल र नन्दन यादवले समान १० रन बनाए ।

दोस्रो इनिङमा पुलिसका ललित राजवंशीले तीन विकेट लिए । २० ओभर बलिङ गरेका ललितले ६ मेडन फ्याँक्दै ५९ रन खर्चिए । श्रवण यादवले दुई विकेट लिँदा गुल्सन झा, राशिद खान, कुशल भुर्तेल र प्रेम तामाङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले पहिलो इनिङमा ३३.२ ओभर खेल्दा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । जवाफमा पुलिसले पहिलो इनिङमा सबै विकेट गुमाउनुअघि १२५ रन बनाएको थियो ।

पहिलो इनिङमा १०३ रनले पछि परेको वाग्मतीले स्टम्प हुनुअघिसम्म चार ओभर समाप्त हुँदा विकेट नगुमाई आठ रन बनाएको थियो । त्यसअघि, पहिलो इनिङमा वाग्मतीका ओपनर इशान पाण्डेले अर्धशतक बनाएका थिए ।

उनले ९४ बलमा ७१ रन जोडे पनि टिमका अरू ब्याटरबाट गतिलो साथ पाउन सकेनन् । वाग्मतीबाट प्रतीक श्रेष्ठले १२ रन थपे । वाग्मतीका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । पहिलो इनिङमा वाग्मतीका कप्तान सन्दीप लामिछाने र सूर्य तामाङ ‘गोल्डेन डक’ भए ।

वाग्मतीलाई सस्तैमा रोक्न पुलिसका ललित राजवंशीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका ललितले दुई मेडन फ्याँक्दै २७ रन खर्चिए । श्रवण यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए ।

पहिलो इनिङमा पुलिसका दुई ब्याटरले अर्धशतक बनाए । पुलिसका अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्कासहित ७९ रन जोडे । अर्जुन साउदले ८२ बलमा आठ चौका र दुई छक्कासहित ७७ रन थपे ।

यी दुईले ३५–३ को स्थितिबाट चौथो विकेटका निम्ति १४८ रनको साझेदारी गर्दै पुलिसको इनिङ सम्हालेका थिए । गुल्सन झाले १७ रन बनाए । पहिलो इनिङमा पुलिसविरुद्ध वाग्मतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए ।

११.५ ओभर बलिङ गरेका सन्दीपले तीन मेडन फ्याँक्दै ६५ रन खर्चिए । नन्दन यादव र प्रतिश जिसीले समान दुई विकेट लिए । रिजन ढकालले एक विकेट हात पारे । जितसँगै फाइनलमा स्थान बनाएको पुलिसले अब उपाधिका निम्ति अर्को विभागीय टोली त्रिभुनव आर्मी क्लबसँग खेल्नेछ ।

पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ‘ड्र’ खेलेको थियो । पुलिसले दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको थियो । हारसँगै वाग्मती प्रतियोगिताको लिग चरणबाट बाहिरिएको छ ।

वाग्मतीले पहिलो खेलमा मधेस र दोस्रोमा आर्मीसँग ‘ड्र’ खेलेको थियो । यस्तै पाँचौ खेलमा आइतवार आर्मीले मधेशलाई ८ विकेटले पराजित गरेको हो । दोस्रो इनिङमा २८ रनको झिनो लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।

पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको थियो । मधेश पहिलो इनिङमा १ सय २३ रनले पछि पर्दै फलोअनमा परेको थियो । फलोअनमा परेर लगत्तै दोस्रो इनिङको ब्याटिङ गरेको मधेशले १ सय ५० रनमा सबै विकेट गुमाएको थियो ।

मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । त्यसपछि २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो । तृत राज दासले १३, इमरान शेखले नटआउट ८ र बसिर अहमदले नट आउट ४ रन जोडे ।

मधेशका लागि प्रदिप पासवानले २ विकेट नै आफ्नो नाम गरे । दोस्रो इनिङमा मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे । कप्तान हरिशंकर शाह २५, अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए । आर्मीका लागि बसिर अहमदले ४, साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि शनिवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९.३ ओभरमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो । आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए ।

उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए । भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए ।

ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिएका थिए । फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ ।

Tags: #जय ट्रफी एलिट कप#जय ट्रफीका लागि पुलिस र आर्मी#दुई विभागीय टीम

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.