हुस्सु र कुहिरोले तराई ढाक्यो , कस्तो छ आज देशभरको मौसम ?

हुस्सु र कुहिरोले तराई ढाक्यो , कस्तो छ आज देशभरको मौसम ?

१५ माघ , काठमाण्डौ । 

तराईका धेरै ठाउँमा आज विहानैदेखि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा तराई÷मधेसमा जनजीवन प्रभावित बनेको छ । यद्यपि हिजो भने केही स्थानमा घाम लागेको थियो ।

आज भने कोशी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।

काठमाण्डौमा हिजोको भन्दा आज तापक्रम केही बढेको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

हिजो बिहान पौने ६ बजे काठमाडौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले नै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको हो । कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । यस्तै मधेस प्रदेशमा दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

राति पनि तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । बागमती प्रदेशमा पनि दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

राति पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । यसैगरी गण्डकी प्रदेशमा पनि दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि यही अवस्था रहने महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशमा पनि दिउँसो मौसम मुख्यतया सफा रहने सम्भावना रहने छ । राति पनि यही अवस्था रहने छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा दिउँसो मौसम मुख्यतया सफा रहने सम्भावना रहने छ । राति पनि यही अवस्था रहने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.