NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

सरकारलाई प्रचण्डले भन्नुसम्म भने, माफियाको टेस्टमा सरकार

बिहिबार माघ २४ , २०८१
Reading Time: 1 min read
A A
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ माघ ,काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले जिल्ला जिल्लाको मर्निंग वाकमा त कहिले आफ्नोसहित प्रतिष्पर्धीहरुको समेत किल्लाबाट हालको सत्ता गठबन्धन टुट्नै लागेको र ओली नेतृत्वको सरकार ढल्नै लागेको दाबी पछिल्ला महिनाहरुमा गर्दै आएका छन् ।

जसको खण्डनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस–एमालेका नेताहरुले समय खर्च गर्दै आएका छन् । यता क्रमभंगता रुचाउँदै आएका प्रचण्डले भने आफ्नो सोही दाबीलाई आज संसदमा पनि निरन्तरता दिए ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सरकार लामो समय टिक्छ भन्ने विश्वास स्वयं ओलीलाई नभएको दाबी गरे । त्यसको पुष्टि ओलीले पटक पटक समयअघि नै शेरबहादुर देउवालाई कुर्सी सुम्पिन्छु भन्ने कुराले गरेको प्रचण्डको भनाइ थियो ।

यस्तै वर्तमान सरकार असफल भइसकेको, माफियाको टेस्टमा परेको दाबी गरे । ‘प्रचण्ड’ले आजको बैठकमा सम्बोधन गर्ने क्रममा कम्तीमा ७९ वटा प्रश्न गरेका छन् । उनले एमाले, केपी शर्मा ओली र कांग्रेसमाथि प्रश्नको वर्षा गरे ।

सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्तिको अपराधीकरण गर्न खोजेको देखि जनताको मुख थुनेर विवेक नै बन्धक बनाउने नियत देखिएको भनी सरकारको आलोचना गरे । यस क्रममा उनले ओलीको नियत त पहिलादेखि नै प्रस्ट भइसकेको तर अहिले आएर कांग्रेस पनि विवेकहीन समाज बनाउन लागिपरेको त होइन भनेर प्रश्न गरे ।

संविधान संशोधनको एजेन्डामा सरकार बनाइएको तर अहिले प्रधानमन्त्रीले नै यो एजेन्डा छाडेकोमा पनि उनले प्रश्न उठाए । दाहालले सरकारले अपराधी धुने डिटर्जेन्ट बनाइरहेको आरोप लगाए ।

वर्तमान सरकारले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारेको भन्दै आपत्ति जनाए । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो ।

मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा,’उनले भने, ‘अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान ।

अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’

सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो भनेरसमेत दाहालले सरकारलाई सोधेका छन् । त्यस्तै बिचौलियाहरूलाई नयाँ स्टक एक्सचेन्ज दिन लागिएको उनको दाबी छ । सात महिनाको अवधिमा सरकारका कामले गति नलिएको उल्लेख गर्दै सर्वसाधारणमा निराशा बढ्दै गएको बताए ।

सम्बोधनकै क्रममा उनले सहकारी ठगीमा छानबिनका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिरक्षा गरे । उनले सत्ता साझेदार कांग्रेसले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा मौन बसेको आरोप पनि लगाए ।

अभिव्यक्ति स्वतन्त्रतामाथि हनन हुने खालको विधेयक आउँदा पनि कांग्रेस नबोलेको भन्दै आलोचना गरे । अध्यक्ष दाहालले कांग्रेस नेताहरूको विवेकमाथि पनि प्रश्न उठाए । उनले प्रधानमन्त्री केपी ओलीले विरोध सहन नसक्ने भए पनि कांग्रेसमा भने त्यस्तो किन भयो भनेर प्रश्न गरे ।

कांग्रेसलाई प्रश्न गर्दै अध्यक्ष दाहालले सोधे, ’के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो ।

आज कता हुनुहुन्छ ? तपाईंहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरुको वैचारिकी ?’ यस्तै ’प्रचण्ड’ले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सरकारमाथि माफियाको ठूलो टेस्ट भएको आरोप लगाएका छन् ।

“डेडिकेटेड तथा ट्रंकलाइनबाट उपभोग गरेको उद्योगहरूले प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्री तहबाटै भएको अवरोधले के प्रमाणित गरेको छ भने माफियाहरूको शक्ति र सरकारको निरीहता स्थापित भएको छ,” उनले भने, यसबीचमा के भएन ?

प्रधानमन्त्रीले रोस्ट्रमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ? महसुल उठ्ने सुनिश्चिता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यलाई बर्खास्त गर्नुभएन कि ? विद्युत् नियमन आयोगको दुरुपयोग गरिएन कि ?” यस्तै, ऊर्जामन्त्री दीपक खड्काले रातारात प्राधिकरणमा कार्यकक्ष बनाउने र पटकपटक स्पष्टीकरण सोध्दै कुलमान घिसिङमाथि अपमान गरेको आरोप लगाए ।
अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताए । उनले किसानको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पु¥याउने वातावरण तयार गर्न खोजिएको बताए ।

यस्तै अहिलेको सरकारले नागरिकलाई दुःख दिइरहेको आरोप पनि प्रचण्डको छ । सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा पनि कडा–कडा मुद्दा लगाइरहेको उनको गुनासो छ । प्रचण्डले भने, ‘सम्झाइबुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा–कडा मुद्दा लगाइँदैछ ।

यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’ प्रचण्डले पनि त्यसै घटनाप्रति संकेत गर्दै सरकार निरंकुश ढंगले अघि बढ्न खोजेको र नागरिकलाई दुःख दिन खोजेको आरोप लगाएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशोध साँध्ने र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको टिप्पणी समेत गरे ।

यता पाथीभरा केवलकारको विवादमा झडप हुँदा प्रहरीले गोली चलाएको र सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोजेको घटनासमेत जोड्दै प्रचण्डले सरकार दमनको बाटो हिँडेको आरोप लगाए ।

प्रचण्डले प्रश्न गरे, ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?’ यसक्रममा ’प्रचण्ड’ले नुवाकोटको शेरा दरबारमा प्रकरणमा आफूलाई जोड्न सकिन्छ कि भनेर प्रधानमन्त्री नै लागेको दाबी गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पनि चासो रहेको सुनाए । शेरा दरबारमा आफू जोडिए छानबिन गर्न उनले चुनौती दिए । “शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् । बेला–बेला क्यान्टोनमेन्ट भनेर गीत गाएको सुन्छु । छानबिन गरे भयो त,” प्रचण्डको भनाइ छ ।

Tags: #प्रचण्ड#प्रचण्डले एमाले–कांग्रेसको झाँको झारे#माओवादी अध्यक्ष प्रचण्ड#माफियाको टेस्टमा सरकार#सरकारलाई प्रचण्डले भन्नुसम्म भने

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?
ताजा समाचार

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.