NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

अध्यादेश पास गर्न सरकारलाई धौंधौं

आइतवार माघ २७ , २०८१
Reading Time: 1 min read
A A
अध्यादेश पास गर्न सरकारलाई धौंधौं
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ माघ , काठमाण्डौ ।

आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ः०० बजे बोलाईएको छ । तर सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आजको कार्यसूचीमा परेका छैनन् ।

हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकमा टेबुल भएका अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन् । ती सूचनासहित अध्यादेशलाई तत्कालै निर्णयार्थ पेश गरी प्रतिस्थापन विधेयक ल्याउने तयारी सरकारले गरे पनि पछिल्ला बैठकमा अध्यादेश कार्यसूचीमै पर्न छाडेका हुन् ।

LS Auto

हिउँदे अधिवेशनअन्तर्गत दोस्रो दिनको बैठकमा कार्यसूचीमा राखेर हटाइएका अध्यादेश त्यसपछिका बैठकमा राखिएको छैन । प्रतिनिधिसभामा दुई तिहाई बहुमत नजिक रहेको सरकार राष्ट्रिय सभामा अल्पमतमा हुँदा अध्यादेश कार्यसूचीमा नपरेका हुन् ।

राष्ट्रियसभाबाट पारित गर्नका लागि जनता समाजवादी पार्टी जसपा नेपालसँग छलफल भए पनि कुरा नमिल्दा अध्यादेश अन्योलमा पुगेका हुन् । यता जसपा नेताहरूले भने आफ्नो पार्टीले उपयुक्त समयमा निर्णय लिने प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभामा ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकार प्रस्ताव दर्ता भएकोमा राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुग्दा अध्यादेश प्रक्रियामा जान सकेको छैन । संविधानको धारा ११४ मा संसद्मा पेस भएको ६० दिनभित्र अध्यादेश स्वीकृत भई प्रतिस्थापन विधेयक ल्याएर पारित गरिसक्नुपर्छ ।

१८ माघबाट ६० दिन भन्नाले १८ चैतसम्म अध्यादेशका प्रावधान संस्थागत गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएर संसद्ले पास गर्नुपर्छ । अन्यथा अध्यादेश स्वतः खारेज हुनेछ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले अध्यादेशमा दलहरूसँग सहमतिको प्रयास भइरहेको बताए ।

‘दलहरूसँग सहमति नभएकाले केही दिन धकेलिएको छ । सहमतिका लागि प्रयास भइरहेको छ । सहमति भयो भने चाँडै हुन्छ, भएन भने पनि अधिकतम सहमतिमा पेस गर्छाैँ,’ उनले भने । मन्त्री चौरासियाले सदनले कुन कार्यसूचीमा राख्ने भन्ने निर्णय कार्यव्यवस्था परामर्श समितिबाट हुने बताए ।

तत्कालै अध्यादेशमा छलफल हुने सम्भावना नरहेको र सहमति जुटेपछि कार्यसूचीमा राख्न संसद्लाई अनुरोध गरिने मन्त्री चौरासियाको भनाइ छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले माघको अबको कार्यसूचीमा अध्यादेश समावेश नहुने बताए ।

‘प्रतिनिधिसभामा २७, २८, २९ को कार्यसूची राखिसकेका छौँ । अब अध्यादेशमा छलफल गर्न करिब ६ घण्टा समय लाग्छ । तीन घण्टा अस्वीकार प्रस्तावको छलफलमा लाग्छ । दुई घण्टा मन्त्रीको जवाफमा जान्छ । अन्य प्रक्रियामा एक घण्टा लाग्छ । त्यसैले सबै सेट भइसकेका कार्यसूची हटाएर सहज हुँदैन । भइसकेको कार्यसूचीमा राख्दा अरू प्रभावित हुने भएकाले अब फागुनमै अध्यादेश प्रक्रियामा जान्छ,’ उनले भने ।

बर्ताैलाले ३० गते कार्यव्यवस्था परामर्श समिति बसेर नयाँ कार्यसूची हुने र सरकारको तयारीका आधारमा अध्यादेशको प्रक्रिया निर्धारण हुने बताए ।‘माघभित्रको कार्यसूचीमा पर्दैन,’ उनले भने ।राष्ट्रिय सभामा तीन सिटसहित निर्णायक रहेको जसपा नेपालले अध्यादेशको पक्ष वा विपक्ष कुन कित्तामा रहने भनेर निर्णय गरेको छैन ।

अध्यादेश अध्ययन गर्न उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल नै बनाएको जसपा नेपालले अध्ययन सकिएर प्रतिवेदन प्राप्त भइसक्दा पनि निर्णय होल्ड गरेको छ । सत्तापक्ष संकटमा परेका वेला निर्णय होल्ड गरेर जसपा नेपालका पदाधिकारी सरकारसँग बार्गेनिङमा छन् ।

मधेशको मुख्यमन्त्री र संघ सरकारमा एक मन्त्रालय बटम लाइन बनाएको छ । जसपा नेपालका उपाध्यक्ष यादवले सरकारले अध्यादेशमा प्रक्रिया अगाडि बढाए आफूहरूले पनि निर्णय दिने बताए ।

‘हामी निर्णय गरिहालौँ भन्नेमा थियौँ । तर, सरकार नै पछि हट्यो । त्यसपछि किन हतारिने, सरकारले जहिले ल्याउँछ, त्यसको अगाडि गर्ने भन्ने भयो । अध्यक्षज्यूले त्यतिखेरसम्म अध्ययन गरिरहनुस् भन्नुभयो,’ यादवले भने, ‘सरकारले कार्यसूची ल्याओस् । हाम्रो निर्णय हुन्छ ।’

यादवले सत्तासँग बार्गेनिङ गरेको आरोप मिथ्या भएको र जसपा नेपालमाथि दबाब बढाउन यो प्रचार गरिएको टिप्पणी गरे । अध्यादेशमा एमालेले प्रमुख प्रतिपक्षी दल माओवादीसँग सहयोग मागेको छ ।
एमाले महासचिव शंकर पोखरेलले माओवादी उपहासचिव वर्षमान पुनलाई टेलिफोन गरेर सहयोग मागेको पुनले बताएका छन् । अहिले अध्यादेश स्वीकृत गर्न सघाउन अनुरोध गर्दै पोखरेलले प्रश्न उठेका विषय प्रतिस्थापन विधेयकमार्फत सच्याएर जान सकिने आश्वासन दिएको पुनले बताए ।

‘दुईतिहाइको दुहाई दिने सरकारले अध्यादेशबाट शासन गर्न खोजेको छ । संविधान संशोधनको सहमति गर्दा दुईतिहाइ छ भनेर हामीलाई बाइपास गर्न खोज्नुभयो । राष्ट्रिय सभामा बहुमत नभएपछि अहिले हारगुहार गर्दै हुनुहुन्छ,’ माओवादी गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई शनिबार सम्बोधन गर्दै पुनले भने, ‘आज मात्रै एमाले महासचिव शंकर पोखरेलजीले फोन गरेर अध्यादेशमा सहयोग गर्न भन्दै हुनुहुन्थ्यो । अस्तिसम्म दुईतिहाइको धाक लगाउँदै हिँड्नुभएको थियो । अहिले सहयोग गर्नुहोस् भनेर अनुरोध गर्ने ठाउँमा पुग्नुभएको छ ।’

तर पुनको यो अभिब्यक्तिको पोखरेलले खण्डन गरेका छन्, उनले वर्षमानसँग सहयोगको याचना नमागेको भन्दै माग्नैपर्ने भए अध्यक्ष प्रचण्डसँग माग्ने बताएका छन् । उनले दुईनेताको शिष्टाचारवस गरिएको कुराकानीको महासचिवको याचना भन्दै प्रचारगरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।

पोखरेलले पुनसँगको कुराकानीको अन्र्तय कार्यकर्ताको मन जोडेर बलियो कम्युनिष्ट आन्दोलनका लागि वातावरण तयार गर्नु हुन् सक्ने पनि बताएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि बहुमत अर्थात् ३० सांसद चाहिन्छ ।

अध्यादेशको पक्षमा कांग्रेस १६, एमाले १०, मनोनीत (वामदेव गौतम र अन्जान शाक्य) दुई र लोसपाका एक गरी २९ सांसद छन् । विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका आठ र राष्ट्रिय जनमोर्चाका एक गरी २६ सांसद छन् ।

निर्णय थाती राखेको जसपा नेपालका तीन सांसद छन् । जसपा नेपालले साथ दिए बहुमत पुग्छ भने विपक्षमा उभिए दुवैतिरको मत २९÷२९ बराबर हुनेछ । निर्णायक मत राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले दिनुपर्नेछ ।

राष्ट्रपतिबाट मनोनीत दाहाल यसअघि माओवादीबाट प्रतिनिधित्व गरेकाले विपक्षमा मत दिँदा अध्यादेश फेल हुनेछ । यो सरकारका लागि ठूलो नैतिक संकट हुन्छ ।

Tags: #अध्यादेश पास गर्न सरकारलाई धौंधौं#एमालेले खोज्यो माओवादीको साथ

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?
ताजा समाचार

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.