NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

ट्रम्प–मस्क युग ः प्रशासन सुधार कि अमेरिका कब्जा ?

बुधबार माघ ३० , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० माघ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वव्यापी शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ। कहिले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने योजना त कहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गर्ने नीति, ट्रम्पका कदमहरू लगातार विवादको केन्द्रमा छन्।

पत्रकारिता माथिको हस्तक्षेप, प्रशासनिक तहमा कठोर निर्णय र एलन मस्कलाई सरकारी दक्षता सुधार्ने जिम्मेवारी—यी सबै कारण ट्रम्प प्रशासनको शैलीलाई ’आतंक’ का रूपमा हेरिँदैछ। ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने बताएसँगै अमेरिकी रिपब्लिकन पार्टीका एक सांसदले त्यसलाई साथ दिने विधेयक दर्ता गराएका छन् ।

LS Auto

मङ्गलवार दर्ता गराइएको विधेयकले डेनमार्कको भूमि ग्रिनल्याण्ड किन्ने, नयाँ नाम राख्ने बताइएको छ । ग्रिनल्याण्डको नयाँ नाम ‘रेड, ह्वाइट, ब्लूल्याण्ड’ राख्ने सांसद बडी कार्टरले उल्लेख गरेका छन् ।ट्रम्पकै कार्यकालमा अमेरिकाको भूमि बढ्ने भन्दै कार्टरले ग्रिनल्याण्ड नाम हटाएर अमेरिकी नाम राख्ने विधेयकमा उल्लेख गरेको अमेरिकी च्यानल फक्सले उल्लेख गरेको छ ।

ट्रम्पले बारम्बार ग्रिनल्याण्ड अमेरिकाले लिने बताएसँगै डेनमार्कले त्यो सम्भव नभएको बताउँदै आएको छ । केहि हप्ता अगाडि एक रुसी सांसदले ग्रिनल्याण्डको भाषा र संस्कृति रुसी नागरिकहरूसँग मिल्ने भन्दै रुसमा गाभिने तर्क गरेका थिए ।

युरोपेली युनियनका अधिकारीहरूले भने ग्रिनल्याण्ड डेनमार्ककै हुने बताउँदै आएका छन् । अमेरिकी तथा डेनमार्कका विभिन्न संस्थाहरूले सर्वेक्षण गरिरहेका छन् । अमेरिकीले गरेको सर्वेक्षणमा अमेरिकामा गाभिन तयारहरू धेरै र डेनमार्कले गरेको सर्वेक्षणमा डेनमार्कमै बस्न तयारहरूको संख्या धेरै देखाइँदै आएको छ ।

अहिले पनि ग्रिनल्याण्डमा अमेरिकी सेनाको शिविर रहेको छ । यस्तै अमेरिकी सहयोग नियोग (युएसएआइडी)माथि कठोर देखिएका ट्रम्पले युएसएआइडीका महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन्। मंगलबार युएसएआइडीको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने भनेर ह्वाइट हाउसबाट मार्टिनलाई इमेल पठाइएको थियो।

उनलाई किन जिम्मेवारीबाट हटाइएको हो भनेर कारण भने नखुलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। महानिरीक्षकको कार्यालयले युएसएआइडीका कार्यक्रमहरूको निरक्षण गर्छ। सोमबार यसले एक प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी कटौती गर्ने ट्रम्प प्रशासनको आलोचना गरेको थियो।

ट्रम्प र इलन मस्कले भनेजस्तो युएसएआइडी आपराधिक संगठन नभएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यसरी प्रतिवेदन सार्वजनिक भएको एक दिनमै महानिरीक्षकलाई ट्रम्पले बर्खास्त गरेका हुन्। ट्रम्प प्रशासनले युएसएआइडीका सबै कर्मचारीहरूलाई बिदा दिइसकेको छ।

अर्काेतर्फ ’गल्फ अफ मेक्सिको’लाई आफ्ना समाचारमा ’गल्फ अफ मेक्सिको’ नै लेख्ने भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेस (एपी) का रिपोर्टरहरूलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका छन्।

मंगलबार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा एपीका प्रतिनिधिलाई प्रवेश रोक लगाइएको हो। उक्त घटनापछि एपीले सम्पादकीय लेखेर ट्रम्पको कार्यकारी आदेशअनुसार ’गल्फ अफ मेक्सिको’लाई ’गल्फ अफ अमेरिका’ नलेख्ने भनेकै कारण ह्वाइट हाउसको समाचार संकलन कक्षमा प्रवेश गर्न आफूहरूमाथि रोक लगाइएको जानकारी दिएको छ।

सरकारको खर्च कटौतीका लागि संघीय एजेन्सीहरूलाई इलन मस्कसँग मिलेर काम गर्ने कार्यकारी आदेशमा ट्रम्पले मंगलबार हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रमको समाचार संकलनका लागि पुगेका एपीका पत्रकाहरूलाई प्रवेश रोक लगाइएको थियो।

’हामीलाई गल्फ अफ मेक्सिकोलाई कार्यकारी आदेशअनुसार गल्फ अफ अमेरिका नलेखेसम्म ह्वाइट हाउसमा प्रवेश नदिइने भन्ने सन्देश प्राप्त भएको छ,’ एपीको सम्पादकीयमा भनिएको छ। एपीले यसलाई स्वतन्त्र पत्रकारीतामाथिको प्रहार भनेको छ।

एपीमाथिको कारबाहीलाई ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि ’गल्फ अफ मेक्सिको’ लाई ’गल्फ अफ अमेरिका’ नामाकरण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

ट्रम्पको कार्यकारी आदेशअनुसार गुगलले पनि नाम परिवर्तन गरी ’गल्फ अफ अमेरिका’ राखेको थियो। यद्यपि उक्त नाम अमेरिका भित्रबाट हेर्दा मात्रै देखिने र अन्य मुलुकबाट दुवै नाम देखिइने बनाइएको गुगलले बताएको थियो।

यस्तै अमेरिकी सरकारमा एलन मस्कले जवरजस्ती हस्तक्षेप गरेको आरोप लागिरहेको छ । ट्रम्पले संघीय सरकारको आकार र खर्च घटाए सरकारी दक्षता सुधार्ने जिम्मा दिएपछि मस्कले अहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गरिरहेका छन् ।

मंगलबार पहिलो पटक ह्वाइट हाउसमा पुगेको समयमा जर्बजस्ती सरकार कब्जा गरेको आरोपको मस्कले खन्डन गरेका हुन् । ओभल अफिसमा ट्रम्पले मस्कको डजका नाममा एउटा आदेशमा हस्ताक्षर गरेका छन् । यसमा संघीय सरकारका कर्मचारी कटौतीका लागि डजलाई बढी अधिकार दिइएको छ ।

यसले सरकारी निकायका प्रमुखहरूलाई डजको आदेश अनुपालना गर्न पनि भनेको छ । पारदर्शिता नदेखाएको र कानूनी चुनौतीहरूमा खलल पु¥याएको भन्दै एजेन्सीले डेमोक्रेटहरूको आलोचना गरेका थिए । तर मस्कले भने गत महिना ट्रम्पले कार्यभार सम्हालेयता सरकारमा व्यापक कटौती गरिएको र यो कठोर वा कठ्ठरपन्थी दुबै नभएको उनको भनाइ थियो ।

जनताहरूले मुख्य सुधारकै लागि सरकारलाई मत दिएको र उनीहरूले यही पाउने पनि उनले बताए । काम गर्ने क्रममा अरुले आफूमाथि पूरै निगरानी राख्छन् भन्ने आशा आफूले गरेको अनि मन लाग्दी गरेर बच्न सक्छु भन्ने आफूले नसोचेको पनि उनले भनेका छन् ।

डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका नयाँ सत्ता अभ्यासको मोडमा छ, जहाँ व्यक्तिगत निर्णय, प्रशासनिक हस्तक्षेप, र विश्व राजनीतिमा आक्रामक रणनीति प्रमुख विशेषता बनेका छन्। ग्रिनल्याण्ड कब्जाको योजना होस् वा संघीय सरकारको खर्च कटौती, ट्रम्प प्रशासनका निर्णयहरूले अमेरिकी आन्तरिक प्रशासनदेखि अन्तर्राष्ट्रिय कूटनीतिसम्म प्रभाव पारेका छन्।

एलन मस्क जस्ता उद्यमीलाई सरकारी ढाँचामा ल्याएर खर्च कटौती गर्ने नीतिले अमेरिकाको प्रशासनिक क्षमता सुधार्ने लक्ष्य राखे पनि, यसले संघीय निकायहरूको स्वायत्तता खतरामा पारेको आरोप लाग्न थालेको छ। अर्कोतर्फ, पत्रकारहरूलाई निषेध गर्ने ट्रम्प प्रशासनको शैलीले प्रेस स्वतन्त्रताको गम्भीर प्रश्न उठाएको छ।

Tags: #’गल्फ अफ अमेरिका’ नलेख्ने#अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प#ट्रम्प–मस्क युग#ट्रम्पको आदेशविरुद्ध एपीको विद्रोह

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?
ताजा समाचार

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.